back
CTIZAN AD

उपत्यकामा खानेपानीको अभाव

वि.सं.२०७६ चैत १८ मंगलवार

966 

shares

१८ चैत्र, काठमाडौँ । यो महिना वर्षको सबैभन्दा कम पानी उत्पादन हुने महिना भए पनि काठमाडौँ उपत्यकामा खानेपानीको अभाव यो वर्ष अघिल्ला वर्षहरुमा भन्दा कम भएको छ । कोभिड–१९ को त्रासका कारण धेरैले सरकारले ‘लकडाउन’ घोषणा गर्नु पहिले नै उपत्यका छाडेकाले यो वर्ष पानीको अभाव कम भएको हो ।

काठमाडौँ उपत्यकामा हालको स्रोतले वर्षामा समेत मागअनुसार पानी वितरण हुन सक्दैन । चैत, वैशाखको महिना वर्षभरमै सबैभन्दा कम पानी हुने महिना भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ । लिमिटेडले हाल क्षमतानुसार पानी वितरण गरिरहेको प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

भूकम्पका समयमा घरभित्र जान त्रासका कारण ट्याङकरबाटै बढी पानी वितरण गरिएकामा लिमिटेडले अहिले भने घरमै पानी पु¥याउन लागिपरेको छ । लिमिटेडले सार्वजनिक ट्याङ्कीबाट पनि पानी ग्राहकका घर घरमा जाने पाइपमै पठाउने गरेको छ । उनले भने, “सार्वजनिक धारामा मानिसको भीडभाड हुनसक्ने भएकाले हामीले सकेसम्म बढी पानी घर घरमै पठाइरहेका छौँ ।”

कर्मचारीलाई आवश्यक सावधानी अपनाएर फिल्डमा काम गरिरहेको उनले बताए । कर्मचारी फिल्डमा जान जोखिमपूर्ण भएकाले उपलब्ध भएसम्ममा सुरक्षा सामग्री दिइएको उनले बताए । उनले भने, “हामीले मास्क र पञ्जा र सेनिटाइजर दिए पनि एप्रोन दिन सकिएको छैन ।” काठमाडौँ उपत्यकामा अहिलेको अवस्थामा सुख्खा मौसममा दैनिक नौ करोड लिटर पानी लिमिटेडले वितरण गर्दै आएको छ ।(रासस)

वि.सं.२०७६ चैत १८ मंगलवार १५:५४ मा प्रकाशित

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

डाडाखेत-राहुघाट प्रसारण लाइन आयोजना : निर्णय भएको दुई वर्षपछि रुख कटान आदेश

म्याग्दी । म्याग्दीमा निर्माणाधिन १३२ केभी क्षमताको डाडाखेत–राहुघाट प्रसारण लाइन...

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

निरन्तर तेस्रो पटक शून्य बेरुजु बन्न सफल महाभारत गाउँपालिका

धुलिखेल (काभ्रेपलाञ्चोक) । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिकामा यसवर्ष पनि शून्य...

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ

झापा । पूर्वीनाका काँकरभिट्टामा खटिएको सशस्त्र प्रहरीको टोलीले एक करोड...

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

काठमाडौँ । बजारको मागअनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न...

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

राष्ट्रियसभाका सांसद : सीमान्तकृत समुदायलाई प्राथमिकतामा राख्न आग्रह

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रस्तुत गरेको विनियोजन...

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

राष्ट्रियसभा शून्य समयः ‘हत्या, हिंसा बढ्यो, सुरक्षाको सुनिश्चितता होस्’

काठमाडौँ । सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट,...