मेरी आमा स्वोर्गीय भएकी आज तेश्रो दिन !
लामो समय आइसीयुमा राखेपछि स्थितिमा अलि सुधार भएर General ward मा सार्यों । त्यसपछि पनि निकै सुधार भएर डिस्चार्ज हुने अगिल्लो दिन आमासंग बिदा भएर एक हप्ता आगाडी मात्र मस्को फर्केको थिए । त्यै भेटनै आमासंगको अन्तिम भेट रह्यो । आमालाई डिस्चार्ज गरेर घरमा नै रेखदेखमा राखेका थियौं । भाइ, भतिजा, भान्जी परिवारमा धेरै डाक्टर भएकोले आमाको रेखदेख तथा उपचारमा केहि कमि हुदैन भन्नेमा ढुक्क थिए । अघिल्लो दिन डाक्टर भतिजोसँग कुरा गरेर आमाको स्वास्थको बारेमा जानकारी लिए । स्थिति सामान्य नै छ भन्यो, ढुक्क भए ।
भोलिपल्ट चाडै उठे । मन बेचैन थियो । घरमा कल गर्छु भनेर सम्झेको मात्र थिए, एक्कासी भतिजा, भान्जा र भन्जिले एकै पटक भाइबर र मेसेन्जरमा कल गरे, उनीहरुले केहि बोल्नु भन्दा अगाडिनै घर परिवारमा कोलाहलको आबाज सुने । मैले उत्तर फर्काउनु अगाडिनै आमाको अन्तिम अवस्था भयो भन्ने मैले बुझीहाले । भिडियो अन गर भने, मैले आमालाई देख्दा घर अगाडिको तुलसीको मोठ्मा आमा सुतिसकेकी थिइन् । मनलाई थाम्न सकिनँ, भाइ आमाको अगाडी पलेटी कसेर बसीरहेको थियो । आमाको अनुहार पहेलो कपडाले ढाकिसकेको थियो । अनुहार देखाऊ भने, भाइले कपडा उघारेर अनुहार देखाई दियो । त्यहिनै मेरो आमासँगको अन्तिम दर्शन रह्यो ।
कोरोनको कारणले संसारनै ठप्प छ । म नेपाल जान असम्भब भएपछी म बिनानै अन्तिम संस्कार गरियो । आमाको अन्तिम संस्कार भिडियो मार्फत हेरे, मैले आफूलाई संसारकै सबैभन्दा दुःखी र निरह महसुस गरे । हे भगवान, यस्तो परिस्थिति संसारमै कसैलाई नआवोस् ।
आमा गुमाउनुको आफ्नो पिडा छ, त्यसमाथी पनि अन्तिम संस्कारमा सम्मिलित हुन सकिनँ, आमालाई अन्तिम श्रदान्जली दिन पाइनँ, एक थुंगा फूल पनि अर्पण गर्न सकिनँ र साथमा काजक्रियामा पनि सम्मिलित हुन नसकेर तड्पी रहेको छु, धुरु धुरु भित्रै देखि रोहिरहेको छु ।
मेरो यस दुखद घडीमा बिभिन्न सामाजिक संजाल, मेल, मेसेन्जर, भाइबर तथा कल गरेर समबेदना ब्यक्त गर्नुहुने, सान्त्वना दिनुहुने, सम्झाउनुहुने सम्पूर्ण मान्यजन, आफन्त, इस्टमित्र, साथीभाइ, गैरआबासीय नेपाली संघका अध्यक्ष लगायत सम्पूर्ण साथीहरु, रसियाबासी साथीहरु, बिदेशी साथीहरु र सहपाठी साथीहरुलाई हार्दिक नमन तथा धन्यबाद दिन चाहन्छु्र तपाईहरुको सद्भावना र सान्त्वनाले मेरो पीडा अबस्यनै कम हुनेछ र धैर्यधारण गर्ने शक्ति मिल्नेछ्र सबैलाई ऊतर फर्काउन सकेको छैन, मेरो बाध्यतालाई बुझ्नु हुन्छ भन्ने ठानेको छु्र ।
गैरआवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष डा. बद्रि केसीकी ममतामयी आमाको यहि शनिबार दिउँसो मृत्यु भएको थियो । कोरोनाको महामारीका कारण विश्व लकडाउनका कारण रसियामा रहेका उनी आमाको दाहसंस्कारमा उपस्थिति हुन सकेका थिएनन्
वि.सं.२०७६ चैत १८ मंगलवार १४:३७ मा प्रकाशित





























