back
CTIZAN AD

नेपालमा सनातन हिन्दू धर्मको अहित कसैले नगरून्

वि.सं.२०७६ चैत १८ मंगलवार

879 

shares

 

विसौ सताब्दीको आधासम्म विश्वमा ईसाईहरू ठूल्ठूला विश्वयुद्ध वा अन्य युद्ध गर्दै निरन्तर आपसमा लड्दै मरे र ध्वस्त वने । बिसौं सताव्दीको उत्तरार्द्ध देखि हालसम्म करोडौं ईस्लामहरू मध्यपूर्व र अफ्रिकामा लड्दै÷मर्दै छन् । हिन्दू धर्मवालम्बी इतिहासमा यसरी लड्दै भिड्दै कहिल्यै ध्वस्त भएनन् । बरू ईस्लामहरू यता आएर हिन्दूका पवित्र स्थल ध्वस्त पार्दै हिन्दूलाई लखेट्दै जनै काट्दै गए । अंग्रेजहरूले शिक्षाप्रणाली र हाम्रा धर्मग्रन्थलाई अपभ्रंश पारेर हिन्दूहरूको ब्रेनवास गरेर आफैप्रति घृणा गर्ने विष पिलाए । जसको स्वाभाविक प्रतिक्रिया स्वरूप अहिले भारत हिन्दूबादी बिजेपीद्वारा लगभग सवै क्षेत्र शासित छ र हिन्दू पुनर्जागरण हुदैछ । यसको प्रत्यक्ष प्रभाव निकट भविष्यमा नेपालमा पनि अवश्य पर्नेछ र यसले नेपालमा कसैकसैलाई दुःखान्त जीवनमा घचिट्ने संभावना पनि छ । यदि यहाँका सरकार र जनता आपसमा मिलेर सद्भाव र आपसी सम्मानका साथ शान्तिपूर्ण सहअस्तित्व कायम गर्न चुकेर पश्चिमा चतुरहरूको लहलहमैं भड्काउबादी रवैया कायम गर्ने र सरकार मुकदर्शन हुने भैरहेमा दुखद तर स्वाभाविक परिणति बेहोर्नु पर्नेछ । यस्तोमा सरकार मात्रै हैन पूरा शासन प्रणाली पनि दुर्घटनामा फस्ने छ ।

चाडपर्व परम्परा संस्कृति र संस्कृत साहित्य भाषा वेद पुराण उपनिषदले आकार दिएको मुलुकमा १०० जना मन्त्रीमा एकजना मन्त्री पनि संस्कृत भाषा बुझ्ने वा बोल्न सक्ने भेटिदैन । सस्कृत भाषामा रूचि नभएका, यसका साहित्य बिज्ञान कला संगीत प्रविधिको ज्ञान नभएकाले नेपाल हाँकेर समृद्ध र खुशी मुलुक बनाउने कठिन छ ।

यो मुलुक धार्मिक कर्मकाण्डीय मात्र हैन देव/ऋषि भूमि हजारौं वर्षदेखि रहदै आएको हो । यो मुलुकको पर्यटनको मुख्य केन्द्र भनेको धार्मिक तथा आध्यात्मिक र प्राकृतिक रमणीयता नै हुन् । कुनै ऐतिहासिक खोज गर्नुपर्यो भने वा उत्खनन् गरियो भने पनि संस्कृत भाषाकै शिलालेख वा लिपीमा प्राप्त हुनेछन् , महाभारत रामायण वा प्राचीत सभ्यता बुझ्न पर्ने हुन्छ । विश्वलाई नेपालले कुनै योगदान दिने कुरा यदि केही छ भने यही आध्यात्मिक ज्ञानमार्फत मात्र नेतृत्व दिन सक्नेछ । तर पहिचान र भविष्यबिहीन मुलुक बनाउनमैं मुलुक हाँक्ने जिम्मा पाएका सबैजसो जान÷अन्जानमा एकोहोरिएका देखिन्छन् । यो मुलुकको पहिचान र अस्तित्वमा खतराको मडारिएको संकेत हो ।

राजनीतिलाई नै प्रमूख मान्दै हामीले धैर्य गर्दै अरू सबै धरोहरहरू गुमाएका हौं, एकदिन त कसो समृद्ध नभईएला नि भन्दै । तर, अहिले हामी न घरका, न घाटका गधा हुने दिशामा कुद्न थालेको आभाष हुन्छ । आफ्नो मौलिकता नासिसकेका छौं, युवाजमात अनाहकको विषयमा बिद्रोही र असहिष्णू बन्दैछन्, तिनलाई सही बाटो देखाउन सक्ने आध्यात्मिक क्षमताका नेताहरूको ठूलो खडेरी छ । हाम्रो बल नै आध्यात्म रहिआएको हो, तर त्यसलाई नाश गर्नमा हामी बहादुरी देखाउदै आफ्नै खुट्टामा बन्चरो हान्दै गयौं । ‘गाँठ भी गुमाना बेउकूफ भी बनना’ भईसक्यौं । यहाँ सचेतना र जागरूकताको अहिले जस्तो बढी खाँचो पहिले कहिले रहेन भन्ने महसूस भैरहेको छ ।

सबै श्रोत हुदाहुदै पनि नेपालीहरू अविकासले पहिले नै ज्यादै पीडित र थलिएका छन् । तसर्थ सबै नेपाली जो जे आस्थाका भए पनि एक जुट होऔं, सचेत सचेष्ट रहौं । विवेकको बिर्को खुलोस्

 उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

नेपाली युवा पुस्तामा सांस्कृतिक पहिचानबिहीनताको समस्या

 

वि.सं.२०७६ चैत १८ मंगलवार १४:१५ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...