back
CTIZAN AD

नेपाली युवा पुस्तामा सांस्कृतिक पहिचानबिहीनताको समस्या

वि.सं.२०७६ फागुन २३ शुक्रवार

840 

shares

नेपाली राजनीतिमा देखिएका आजका युवाहरू अनलाईन, सोसल मिडिया वा रेडियो, टेलिभिजनमा चिच्याउने बाहेक कुनै समयसापेक्ष सिद्धान्त प्रतिपादन वा सिर्जनात्मक, जनता जगाउन सक्ने संगठन पुननिर्माण गरेर नयाँ युग हाक्न सक्ने क्षमताका देखिने गरेको पाईदैन। तिनले बिपी, पुष्पलाल, माओ, लेनिन, माक्र्स, मदन भण्डारी, प्रचण्ड, बाबुराम जस्ता राजनीतिक व्यक्तित्वका युवाकालका ईतिहाँस निर्माणकर्ताको कामको जीवनी गंभीर भएर पुनः अध्ययन गर्ने खाँचो छ। तिनकौ कुरामा हाँ मा हाँ लगाएर हैन क्रिटिकल भएर जीवनी पढ्नु पर्छ ।

युवाहरूमा नविन केही गर्न सकिदैन भन्ने लाग्छ भने कसैको पुच्छर बनेर बस्नुभन्दा राजनीतिको खेलमैदान छोडेर बन्द व्यापार गर्न तिर लाग्दा राम्रो हो । मुलुकलाई अहिले नविन, सिर्जनात्मक, आधुनिक बिज्ञान, प्रविधि र समाज अनुकूलको विश्वरंगमन्चमा काँधमा काँध मिलाएर कुदाउन सक्ने नेतृत्वशैली र जनता जगाउने, सहभागी गराउने नेता र नयाँ प्रभावकारी राजनीतिक संगठनको खाँचो हो । अहिले पुरातन र पारम्परिक नेताहरू, संगठनहरू सबैमा कुनै प्राण बाँकी रहेको देखिन्न । हिजोको निरन्तरता र कामचलाउ सोच र शैलीकै हैकम रहेको पाईन्छ । यसको कारण सांस्कृतिक ऐतिहासिक संस्कार र गौरवबाट बिमूख हुनाले जराबिहीन रूख हुर्किएकौले नै हो । स्वामी विवेकानन्द भन्छन्, जसको ईतिहास छैन उसको भविष्य हुदैन । जसले आफ्नो सनातनी संस्कृति, धर्म वा इतिहास मास्यो उसले आफ्नो पहिचान मास्यो, विश्व र समाजमा होमिदै गयो ।

सनातनी हिन्दू परम्परा र संस्कारमाथि धर्म निरपेक्षताको आडमा गरिदै आएको राजनीतिक अपहेलना र कुदृष्टिका कारण कहिल्यै धर्मलाई राजनीतिसंग नजोडेको हिन्दू समाज राजनीतिक मैदानमा धकेलिदै गएको देखिदैछ । हिन्दूको बिरोध, हिन्दू परम्पराको उछित्तो काढ्ने, हिन्दू संस्कार संस्कृति, बिश्वास, पर्व चाडहरूलाई निरन्तर अवमूल्यन गर्ने राजनीतिक प्रणाली र नेताहरू, जसलाई हिन्दु सनातन विषयमा कखरा पनि थाहा छैन, न तिनलाई त्यसमा लगाव वा राग छ, ती आफै उपबुज्रुक बनेर स्टेज वा माईक पायो कि व्याख्यान गरिहाल्दै यस्तो हुनुपर्छ , उस्तो हुनुपर्छ भन्दै मूर्खता प्रदर्शन गरिरहेका पाईन्छन् । तथापि सनातन हजारौं प्रागऐतिहासिक हिन्दू परम्परामा बिकसितहरू यसबाट बिचलित छैनन्। त्यस्ता अनर्गले मान्छेहरूको पनि मति जीवनको कुनै न कुनै कालमा अवश्य पलाउने छ भन्ने विश्वासले गर्दा निरन्तर आफ्नै अहित चिताउनेहरुको पनि तिनले अहित चिताउदैनन् ।

नेपाली हिन्दूहरूले आफ्नै अहित गर्नेहरूलाई पनि पटकपटक सत्तामा विजयी गराएर शासनाधिकारको दण्डक सुम्पिदै आएका छन् । यो भन्दा असल, महान संस्कृति र संस्कार अरू कुन धर्मावलम्बीहरूमा पाईदैन।

मानिस कर्म हो, कोही सुरूदेखि त कोही जीवनको उत्तरार्धमा सही सत्यसंग जम्काभेट वा साक्षात्कार भएर जीवन सहज र अर्थपूर्ण जिउछन् । अध्यात्मिक ज्ञानको बोध जति चा‘डै भयो आनन्दमयी जिवन जिउने अवधि त्यति नै लामो समय रहने न हो । नेपालमा हिन्दू सनातनीले राजनीति गर्ने दिन सुरू गर्ने बाध्यता कहिल्यै नआओस् । सनातनी हिन्दू समाजका परम्पराको बिरोध गरेर कोही पण्डित बनेको छु भन्ने भ्रममा छन् भने त्यसले सूर्यलाई टुकी देखाएर जिस्काएको जस्तो मात्र हुन्छ। किनभने यो संसार आदिदैविक, आदिभौतिक र अध्यात्मिक जीवन पद्दति हो। जीवनलाई पूर्णतामा संचालन गर्ने समग्र ज्ञान, विज्ञान र सस्कृति अनुरूपको संस्कार हो । जन्मनुअघि गर्भाधान देखि मृत्युसम्म र त्यस उपारान्तको जीवनसमेतको संचालन गर्ने संस्कार र संस्कृति सनातन हो ।

युवाहरूमा आफ्नो धर्म संस्कार संस्कृति ईतिहास मातृभाषा संस्कृत भाषा साहित्य बिज्ञान प्रविधि संगित मन्त्र तन्त्र यन्त्रको बारेमा स्खलित ज्ञान तथा शिक्षामा जोड दिन जरूरी छ। यस्तामा शिक्षित तथा दीक्षित युवावर्गको जमात नै मुलुकको पहिचान र मेरूदण्ड हुनेछन्, मुलुकका असल र सक्षम चालक बन्नेछन्। पेटपाल्न जिवनभरि लगाएर पाएको शिक्षा वा तालिमले असल आनन्दमयी जिवन जिउने कला सिकाउदैन। सबै पाएर पनि जिवनपर्यन्त गरिब र शून्य अनुभूति मात्र हुने गर्छ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

जे कुरामा पनि अवरोध गर्नेहरू सचेत होउन्

वि.सं.२०७६ फागुन २३ शुक्रवार ११:०४ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...