back
CTIZAN AD

जे कुरामा पनि अवरोध गर्नेहरू सचेत होउन्

वि.सं.२०७६ फागुन १९ सोमवार

738 

shares

नेपालका अधिकांश राज्य संयन्त्र र पदाधिकारी बिकास बिरोधी बनिसकेका छन् । कुनै काम सुरू गर्यो कि नानाभाँती फतुरलाउने, शंका गर्ने, बिरोध गर्ने, काम गर्नेमाथि सजिलै आरोप आक्षेप लगाउने, निरूत्साहित गर्ने, बदनाम गर्ने, अधिकारप्राप्त अख्तियारवालाको विवेकी विकल्पसहितको निर्णय र अधिकार प्रयोग गरेकोमा किन अर्को विकल्प नअपनाएको भन्दै काल्पनिक मुल्यांकन गर्दै भ्रष्टाचार भएको रकम आँकलन गर्ने वा निकाल्ने, काम हुन थाल्न के पाएको हुदैन स्यालहुईयाँ गर्दै कामै रोक्न आदेश दिने र बिकास र कार्यान्वयन प्रकृयालाई ठप्प पार्ने हुदै आएको छ ।

काम गर्दा अनियमितता वा भ्रष्टाचार भएछ भने काम सकिएपछि जहिले पनि पाताल पुगेर भए पनि सजायको भागी बनाउन सकिन्छ, आर्यघाट पुगेसम्म पनि समातेर जेलमा कोच्न सकिन्छ, यसमा कुनै समस्या हुने हुदैन । तर काम रोक्न आदेश दिदा मुलुकलाई पर्ने संभावित समय र लागतको नोक्सानी र क्षति कसले भर्पाई गर्छ ? त्यसरी काम रोक्न आदेश वा निर्देशन दिने निकाय र पदाधिकारीका कारण पर्ने अपरच्युनिटी समय र लागतको नोक्सानी भएमा त्यसको मूल्यांकन गरी काम रोक्नेहरूबाट असुलउपर गराउनु गर्नु पर्दैन ? काम गरेर नोक्सान पार्ने मात्र हैन, काम रोकेर नोक्सान पार्ने पनि सजाय र दण्डका भागिदार हुनैपर्छ । नभए काम गर्नेहरू चाहीं जहिल्यै फसिरहने, काम रोक्ने गैरजिम्मेवार जवाफदेहीहिनहरू उम्किरहने हुन्छ । भ्रष्टाचार गरेर काम गर्ने भन्दा काम गर्न नदिएर राज्यलाई खति पार्न काम रोक्नेहरू झन् ठूला अपराधी घोषित गर्नुपर्छ । बिकासका काममा बाधा हाल्ने, रोक्नेहरूलाई जवाफदेही बनाइनै पर्छ । काम रोक्नेहरूले नै मुलुक निरन्तर चलाउदै जानुबाट देशको हिडाई नर्कको यात्रा बनेको छ । समय सबैभन्दा ठूलो फास्ट पेरिशेबल गुड्स हो, खेर फालिएको समयको भर्पाई कहिल्यै हुन सक्दैन । समयलाई ठप्प पार्ने गरी कामनै रोक्ने मुलुकको भविष्य नै हुदैन ।

त्यस्तै, शिक्षामा बबन्डर गरिदैछ । कसले आफ्ना बच्चा कहाँ पढाउने भन्ने बहस वा नीति नै वाहियात हो । यस्ता नचाहिने कुरामा अल्झेर किन सरकार लुतो कन्याईरहन्छ म बुझ्नै सकिन छाडेको छ । सरकारी स्कूल अब्बल बनाउनतिर लागियो भने पशुहरू पनि त्यही स्कूलमा पढ्न भनेर कुदेर आउनेछन्, मान्छेको के कुरा ! ती त हाम्फाली हाल्छन् । नभए सबै निजी स्कूललाई सामुदायिकरण गरे भयो । कसले कहाँ पढाउने भन्ने मूर्ख कुरामा समय वर्वाद किन गरिरहने ? हजारौं अरू महत्वका काम छन् जनताका निम्ति, त्यसमा पो लाग्नु ! नेपालको शासन प्राथमिकताच्युत हुदैछ, त्यसको उपचार गरौं । कहिले सोसल मिडिया नियन्त्रण त, कहिले सरकारी स्कूलका बकवासे बकम्फुसे कुरा फलाक्दै उफ्रेर सिन्को भाँचिनेवाला छैन । समय र स्रोत बर्वाद हुनुका साथै अन्यौल र अस्थिरता मात्र बढ्दै रहने छ ।

यी यस्ता कुशासनका कारण जुनसुकै क्षेत्र वा राजनीतिक दलका हुन्, नेपाली युवाहरूको छातीमा दनदनी आक्रोशको आगो बलिरहेको पाईनु मुलुकका लागि शुभ संकेत हैन, खतरनाक लक्षण हो ! युवाशक्तिलाई सदुपयोग गर्न सकिएन भने यसले महाभुकम्प र बिनास निम्ताउने देखिदैछ । झापड, जुत्ता प्रहार प्रारम्भिक संकेत मात्र हुन् । बमगोला बन्दुक पड्केको दुई दशक अघि देखिएको भोगेको बिर्सेका छैनौं । जनसंख्याको अनुपात सबैभन्दा धेरै भएको युवा प्रतिशत भएको मुलुकमध्ये एक नेपाल हो । युवाको अनुपात धेरै हुनु र तिनमा आक्रोश जाग्नु अस्थीरता, बिद्रोही, उथलपुथलको ज्वालामूखिमाथिको बस्ति हुन्छ । मुलुकको अत्यधिक संख्यामा रहेको युवाशक्तिको उर्जालाई बम बन्न हैन, सकारात्मक उर्जामा ढाल्न ढिला हुन दिन हुदैन ।

नेपालमा साधारण र उच्च शिक्षाको उत्पादन करिब करिब ९० प्रतिशत गुणस्तरीय छैनन् । यस्तो शिक्षा रोजगार योग्य हुने कुरै हुदैन । यस्ता ग्रेजुअटलाई समयसान्दर्भिक ब्यावहारिक सीपमुलक उद्यमशील प्रशिक्षण र तालिम दिएर रोजगार योग्य बनाउनु पर्ने देखिन्छ । नत्र कथित शिक्षित बेरोजगारको जमात निरन्तर बढ्दै जाने र यी शिक्षित बम हुने खतरा झन् झन् प्रबल हुने संभावना देखिदैछ । जसलाई राजनीतिक दलहरूले दुरूपयोग गर्दै स्वार्थमा प्रयोग गर्ने अवसर बढाउने छ ।

अबिकसित र बिकासशील मुलुकका कथित लोकतान्त्रिक सरकारहरू ईच्छाले हैन, बाध्यताले जनउत्तरदायी र जवाफदेही हुने गर्छन् । अहिलेको प्रविधि युगमा ती ढीट सरकारहरूको नाकमा नत्थी लगाएर लोकतान्त्रिक खेतमा हलो नार्ने काम सोसल मिडिया प्रविधि क्रान्तिले गर्दै लगेको छ कि– जन जवाफदेही बन, कि सत्ताबाट कुलेलम ठोक !
सोसल मिडियाप्रति गिद्दे नजर नलगाउ, लेनाको देना पर्ला । यो चेत सत्ताधारीमा चाँडै जागेमा मात्र सबैको भलो छ ।

बोलेको वा निर्णय गरेको कुरा पुर्याउन नसक्ने अक्षम संस्था रहेको मुलुकका पदाधिकारीले घोषणा गरेको कुनै पनि असल नीति वा योजना कार्यान्वयन हुन्छ भनेर जनतालाई बिश्वासै नहुदो रहेछ अनि त्यसले उत्साहित नगर्दो रहेछ । संस्थागत व्यवस्था र सक्षम कार्यसम्पादन शैली भएको मुलुकमा बिचार (आईडिया) सबैभन्दा बहुमूल्य हुँदोरहेछ । कार्यान्वयन क्षमतारहित मुलुकमा आईडिया रद्दीको टोकरीका ट्र्यास हुदो रहेछ । त्यसैले मुलुकको गति, गन्तब्य, यात्रा, दिशा, दशा र ग्रहगोचरको स्टेरिंग मोड्ने दह्रो नायकको खाँचो देखिदैछ ।

उपाध्याय, नेपाल सरकारका पूर्वसचिव हुन्

 

नेपाली राजनीतिमा संस्कारहिनता एवं संस्कृतिबिहिनता

वि.सं.२०७६ फागुन १९ सोमवार १६:२६ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...