back
CTIZAN AD

प्रधानसेनापति थापाद्धारा उच्चस्तरिय राष्ट्रिय सुरक्षा तालिमको उद्घाटन

वि.सं.२०७६ फागुन १९ सोमवार

825 

shares

१९ फागुन, काठमाण्डौं । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त संचालनमा गरेको सि.स ५ उच्च स्तरीय सुरक्षा( Advanced Course on National Security) तालिमको सुरुवात भएको छ ।

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आयोजित एक समारोहका बिच उक्त तालिमको प्रधानसेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका हुन् ।
उक्त समारोहको उद्घाटन गर्दै प्रधानसेनापति थापाले यस तालिमले नेपालको सुरक्षा संयन्त्रवीच भावि योजना, नीति निर्माण तथा कार्यान्वयनमा महत्वपूर्ण योगदान पुर्याउने बताए ।

उनले सुरक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको सहभागितामा संचालन भएको यस तालिमबाट वर्तमान तथा भविष्यको सुरक्षा चुनौतीहरुलाई पहिचान गरी आपसी सहयोग एवं समन्वयबाट निराकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

सोहि अवसरमा रक्षा मन्त्रालयका सचिव रेश्मी राज पाण्डेले हालको बदलिदो परिप्रेक्षमा देखापरेका सुरक्षा चुनौतीहरुको सामना गर्न सबै सरोकारवाला निकायहरु एकवद्ध भई लाग्नु पर्ने बताएका थिए ।

अन्तराष्ट्रिय परिस्थिती, राष्ट्रिय सुरक्षा, राष्ट्रिय शक्तिका तत्त्वहरु Elements of National Power लगायत क्षेत्रीय तथा राष्ट्रिय सुरक्षा परिस्थितीसँग सम्बन्धित विषयहरु समावेश गरी संचालन गरिएको यस तालिमको उद्देश्य सहभागीहरुलाई अन्तर्राष्ट्रय र क्षेत्रीय सामरिक चासोहरुको परिप्रेक्षमा नेपालले अवलम्बन गर्नुपर्ने राष्ट्रिय सुरक्षाको विस्तृत रुपमा ज्ञान आदान प्रदान गराई राष्ट्रिय सुरक्षा नीति कार्यान्वयन, राष्ट्रिय सुरक्षा रणनीति तथा रक्षा नीति तर्जुमा गर्न सबै पक्षहरु बीच समन्वयात्मक रुपमा कार्य गर्न सहज बनाउनु रहेको सेनाले जनाएको छ ।

वि.सं. २०७२ सालबाट शुरु गरिएको यस तालिममा हालसम्म ९३ जनाले सहभागिता जनाइसकेको बताइएको छ ।

चैत्र ६ गतेसम्म सञ्चालन हुने उक्त तालिममा नेपाल सरकारका विभिन्न मन्त्रालय तथा सुरक्षा निकायहरुका राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरु, विश्व विद्यालय तथा शिक्षण संस्थाहरु, उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी तथा संचारकर्मीहरु गरी २० जनाको सहभागीता रहेका बताइएको छ ।

उक्त कार्यक्रममा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी ईश्वर हमालको स्वागत मन्तव्य रहेको थियो ।

वि.सं.२०७६ फागुन १९ सोमवार १६:५९ मा प्रकाशित

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

नेपाल–बंगलादेशबीच मत्स्य क्षेत्रमा सहकार्य विस्तार गर्न राजदूत रहमानको जोड

काठमाडौं । नेपालका लागि बंगलादेशका राजदूत शफिकुर रहमानले नेपाल र...

बोराभित्र महिलाको शव फेला

बोराभित्र महिलाको शव फेला

मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र बाँधेर...

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो चौंथो त्रैमासिक प्रगति विवरण

काठमाडौं । सरकारले शासकीय सुधारलाई प्राथमिकतामा राख्दै आफ्ना सय बुँदे...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

सम्पत्ति शुद्धीकरण मुद्धामा ‘चक्रे मिलन’ दम्पत्तीले पाए सफाई

काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा मिलन गुरुङ ‘चक्रे...

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

प्रतिनिधिसभाः उठाइएका विषयमा स्पष्ट पार्न विपक्षीको आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलका सांसदहरूले लामो समयदेखि...