back
CTIZAN AD

टाइम्स र रोयल उपाधिनजिक

वि.सं.२०७६ फागुन १९ सोमवार

744 

shares

१९ फागुन, काठमाडौँ । टाइम्स इन्टरनेसनल र आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।

ललितपुरको सानागाउँमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा टाइम्सले कास्कीलाई ७३–३५ ले पराजित गर्यो । टाइम्सको जितमा आकाश नकर्मीले २४ अंक योगदान गरे । आकाशनै ‘म्यान अफ द म्याच’ घोषित भए । टाइम्सले चारै क्वाटरको नतिजा आफ्नो पक्षमा पायो । टाइम्सले पहिलोमा २१–७, दोश्रोमा १७–१०, तेश्रोमा २४–१४ र चौथोमा ११–४ अंक जोड्यो ।

दोश्रो सेमिफाइनलमा निश्चल महर्जनको २२ अंक सहयोगमा रोयलले गोल्डेनगेटलाई ७२–५१ ले हरायो । पहिलो क्वाटरमा २०–८ को अग्रता लिएको रोयलले दोश्रो र तेश्रोमा पनि अग्रतालाई जोगाइ राख्यो । दोश्रोमा १४–११ र तेश्रोमा २२–१४ को अग्रता लिएको रोयल चौथोमा १६–१८ ले पछि पर्यो । रोयलका अजय कुश्वा ‘म्यान अफ द म्याच’ चुनिए ।

फाइनल मंगलबार हुने छ । विजेताले ५० हजार नगद पुरस्कार पाउने छ । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरस्कृत गरिने छ ।

वि.सं.२०७६ फागुन १९ सोमवार १७:०६ मा प्रकाशित

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

राष्ट्रिय सतर्कता केन्द्रद्वारा ८,८३० कर्मचारी कारबाहीका लागि सिफारिस

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राष्ट्रिय सतर्कता केन्द्रले...

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

नर्सिङ काउन्सिलमा काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, रजिस्ट्रारमा पार्वती विष्ट

काठमाडौँ । नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ ।...

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

‘गेटामा यही शैत्रिकसत्रदेखि तीन सय शय्याको शिक्षण अस्पताल सञ्चालन हुने 

सुदूरपश्चिम । सहिद दशरथ चन्द स्वास्थ विज्ञान विश्वविद्यालयले यसै शैक्षिकसत्रमा...

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

राष्ट्रिय आमसञ्चार विधेयक तर्जुमा गर्न अवधारणापत्र सार्वजनिक

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले आमसञ्चार क्षेत्रलाई समयानुकूल, एकीकृत...

राष्ट्रियसभामा कसले के भनाई राखे ?

राष्ट्रियसभामा कसले के भनाई राखे ?

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरूले स्वास्थ्य बिमा, जातीय विभेद्,...

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चको पुनरावलोकन अनुमति

काठमाडौं । सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली कांग्रेसको आधिकारिकता सम्बन्धी...