२३ चैत्र । नेपाली काँग्रेसका नेता डा मिनेन्द्र रिजालले मोरंग क्षेत्र नं २ बसोबास गर्ने जोकोहीलाई केही समस्यामा परे आफूलाई सम्पर्क गर्न अनुरोध गरेका छन् ।
हामी अहिले कोरोना संक्रमणको उच्च जोखिममा रहेको र देशमा कोरोना भाईरसको विपद नियन्त्रण र रोकथाम गर्नका लागि सबै नागरिकहरुको पनि उतिकै भूमिका हुने भन्दै नेता रिजालले सबैलाई सरकारले लगाएको लकडाउनको पूर्ण परिपालना गर्न पनिअनुरोध गरेका छन् ।
यो समयमा सबैभन्दा प्रभावकारी भूमीका स्थानीय तहको हुने उल्लेख गर्दै उनले आफू पनि यो बेलामा स्थानीय तहका जनप्रतिनिधि साथीहरुसँग नियमित सम्पर्कमा रहेको बताएका छन् ।
उनले यो समयमा स्थानीय तहलाई विश्वास गरी आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न भनेका छन् । उनी भन्छन् ‘म सबै नागरिकलाई आग्रह गर्न चाहान्छु यतिबेला स्थानीय सरकारलाई विश्वास गर्नुहोस् : स्थानीय सरकारबाट राहत वितरणका कार्यहरु भइरहेछ। अब केन्द्र सरकारबाट थप सहयोग जुटाएर स्थानीय सरकारको कार्यलाइ अझ प्रभावकारी बनाउनुछ। अन्य जुनसुकै समस्या भए त्यसबारे स्थानीय सरकारको जनप्रतिनिधिहरुलाई बताउनुहोस। प्रदेश सांसदलाई बताउनुहोस। अझ सहजताका लागि तपाईंहरुले मसँग सिधा सम्पर्क गर्न सक्नुहुनेछ।’
उनले सम्पर्कका लागि नेपाली काङ्रेस तर्फबाट सो क्षेत्रभरका जनप्रतिनिधिको फोन नम्बर समेत राख्दै अप्ठ्यारोमा सम्पर्क गर्न भनेका छन् ।
डा मीनेन्द्र रिजालको फोन नम्बर ९८५१०३२३३९ र प्रदेश सांसद शिवनारायण सिंहको सम्पर्क नम्बर ९८५२०३१३८४ रहेको बताइएको छ ।
त्यस्तै अन्य व्यक्तिहरुको सम्पर्क यसप्रकार रहेको छ :
रतुवामाई नगरपालिका
मेयर : रविन राई ९८४२०९१५०४
वडाध्यक्ष १ : हरिप्रसाद गिरि ९८००९०९७८१
वडाध्यक्ष २ : किरनलाल सिंह ९८१२३८८७९१
वडाध्यक्ष ३ : वुलनदेव सिंह ९८१९३१९३७८
वडाध्यक्ष ४ : देवराज राजबंशी ९८१६३५५४२१
वडाध्यक्ष ५ : कन्हैयालाल राजबंशी ९८४२१३२१६९
वडाध्यक्ष ७ : दानालाल राजवंशी ९८११०३९४२२
वडाध्यक्ष ९ : ईन्द्र ब- चोङ्वाङ्ग ९८१३४९१२६५
सुनबर्शी नगरपालिका
मेयर : काली प्रसाद दाश ९८४२०४४१६५
उपमेयर : मन्जु राई ९८०७०७८९२७
वडाध्यक्ष २ : प्रताप तामाङ ९८५२०३२३८४
वडाध्यक्ष ३ : टेक बहादुर बिष्ट ९८५२०२५४४६
वडाध्यक्ष ५ : राजेन्द्र दास ९८२३३४१२५२
वडाध्यक्ष ६ : तेजनारायण ताजपुरिया ९८४२०४१७६७
वडाध्यक्ष ९ : कमलकिशोर सिंह ९८२५३३५४४५
कानेपोखरी गाँउपालिका
वडाध्यक्ष १ : दिपेस कार्की ९८५२०२१३७५
वडाध्यक्ष ३ : किर्तिमान मादेन ९८६२०२५४२३
रंगेली नगरपालिका
वडाध्यक्ष २ : जगतनारायण खवास ९८१४३६००६०
वडाध्यक्ष ३ : घनश्याम पनेरु ९८१२३३०९९५
वडाध्यक्ष ९ : केदारचन्द राजवंशी ९८४२०९१९०३
पथरी शनिश्चरे नगरपालिका
वडाध्यक्ष ५ : जोगबहादुर धिमाल ९८१६३३७१८१
वडाध्यक्ष ६ : जयबहादुर तामाङ ९८५२०२६९६०
उनले लकडाउनका बेला घर भित्रै बसी नागरिक दायित्व पूरा गर्न आग्रह गरेका छन् । यो संकटको घडीमा अहोरात्र खटि रहेका सम्पूर्ण स्वास्थकर्मी र सुरक्षाकर्मीहरुप्रति सम्मान व्यक्त गरेका छन् ।
वि.सं.२०७६ चैत २३ आइतवार १६:३० मा प्रकाशित






























