२३ चैत, जापान । जापानस्थित नेपाली दूतावासले दूतावास सदैव नेपालीको समस्या समाधानमा तत्पर रहेको बताउँदै समस्या आइपरेमा निम्न नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ ।
कोभिड १९ को महामारीको रुपमा विश्वभरी फैलिएको सबैलाई विदितै रहेको भन्दै दूतावासले यस प्रतिकूल अवस्थामा जो जहाँ रहेपनि आपसी सहयोग, समन्वय, सद्भाव अनि सदाचारबाट समस्या पहिचान हुने र त्यसको समाधान पहिल्याउन सहज हुने हुँदा यस कार्यमा सबैको सहयोगी भावना आवस्यक रहेको समेत बताएको छ ।
‘जापानमा रहेका नेपाली समुदाय पनि यो महामारीबाट कुनै न कुनै रुपमा प्रभावित भएको छ । यसको संक्रमणबाट बच्नका लागि राजदूतावासले सुरुदेखि नै विभिन्न माध्यमबाट सर्तक एवं सचेत गराउँदै आइरहेको छ,’ दूतावासद्धारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘भविष्यमा आउन सक्ने समस्या र त्यसको समाधानका निम्ति राजदूतावास सदैव तत्पर रहेको व्यहोरा जानकारी गराउँदै यस कार्यमा सबैको साथ र सहयोगको अपेक्षा गरिन्छ ।’
दूतावासका द्धितीय सचिव जीत बहादुर कार्कीलाई ०८० ३२४६ २८७२ मा सम्पर्क गर्न समेत दूतावासले अनुरोध गरेको छ ।

वि.सं.२०७६ चैत २३ आइतवार १६:४२ मा प्रकाशित






























