चैत्र २३, काठमाण्डौ । विश्वभर फैलिएको कोरोना भाइरसको महामारीको कारण देशमा लकडाउन भएको पनि दुई हप्ता भैसकेको छ ।
यतिवेला विभिन्न अस्पतालहरुमा उपचारार्थ विमारीहरूको लागि रगतको चरम अभाव भएको कुरा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्रको सूचना प्राप्त भएपछि नोवेल साकोस साहित्यिक संस्थाले साहित्य सेवाको साथसाथै सामाजिक दायित्वलाई समेत मध्यनजर गरी आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ ।
सुरक्षित रुपमा लकडाउनका सबै मापदण्ड पूरा गरी प्राज्ञ उषा ठाकुर तथा पूर्व राजदुत तथा निर्वाचन आयुक्त डा. रामभक्त ठाकुरको समुपस्थिति र साकोसका अध्यक्ष सरस्वती गौतमको संयोजकत्वमा आइतबार संस्थाकै केन्द्रिय कार्यालय रहेको का.म.पा.–२९ घट्टेकुलो (निजी निवास) मा आयोजित उक्त रक्त संकलन कार्यक्रमलाई प्राविधिक रुपमा नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टिम तथा ब्लोदान काठमाण्डौका सचिव यस डोर टु डोर रक्त संकलनका संयोजक अनिल रत्न तुलाधरको सहयोग गरेका थिए ।

यस आपतकालिन रक्त संकलन कार्यमा स्थानिय टोलवासी २१ जना रक्तदाताले रक्तदान गरेका छन् । संस्थाका पदाधिकारीहरू मध्ये राजन प्र न्यौपाने, रोहित कार्की, सम्राट न्यौपाने, इन्दिरा भण्डारी, लिजना न्यौपाने र एन्जेलिना न्यौपानेले विशेष सहयोग गरेका थिए ।
कार्यक्रम स्थल उपलब्ध गराउने र अन्य आवश्यकिय सहयोग उपलब्ध गराएर समाजसेवी व्यक्तित्व (छिमेकी) रामेश्वर निरौला तथा उनको परिवारले विशेष साथ दिएका थिए ।
जटिल समयमा पनि रक्तदान गर्नु हुने रक्तदाता, व्यवस्थापनमा साथ दिनु हुने, सहयोग, समर्थन गरी साथ दिने संरक्षकहरू, सल्लाहकारहरू, कार्यसमितिका पदाधिकारीहरू, आजिवन सदस्यहरू लगायत सबैमा संस्थाको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ ।
उक्त अवसरमा सरोज तुलाधर, मिना ठाकुर, प्रतिक के.सी, करुणा देवी पौडेल, पूर्णकला राई, रामेश्वर निरौला, इशान कार्की,गोमा कुवँर,राजकुमार के.सी, सम्राट न्यौपाने, मनीराज थापामगर, कुशल भूजेल,धर्म देउला,सुनिल कोइराला,नाई देउला,रोहित कार्की, राजन प्र. न्यौपाने, सुधिर सिहं, प्रियंका प्रधानाङ्ग र दिवस अधिकारीले रक्तदान गरेका थिए ।
वि.सं.२०७६ चैत २३ आइतवार १७:०० मा प्रकाशित






























