back
CTIZAN AD

नेकपा मालेद्वारा कार्वाहीको माग

वि.सं.२०७६ चैत २३ आइतवार

732 

shares

चैत्र २३, काठमाण्डौ । नेकपा (माले)ले सरकारले विश्वमा डरलाग्दो गतिमा फैलिरहेको नोवल कोरोना भाइरस (कोविड–१९) को महामारीलाई नेपालमा फैलिन नदिन, जनतामा सेवा, सुविधा र सुरक्षा पु¥याउने काममा सरकार लाग्नु भन्दा महामारी रोकथामको आडमा अनियमितता र भ्रष्टाचार गरी ब्यक्तिगत र गुटगत ‘शुभलाभ’ कमाउन लागि परेको भन्दै छानविन गरी दोषीमाथि कार्वाही गर्न आग्रह गरेको छ ।

महासचिव सीपी मैनालीद्वारा जारी प्रेस–वक्तव्यमा सरकारले समयमै उचित कदम नचालेकाले नेपालमा पनि कोरोना रोकथाम जटिलतिर गैरहेको बताएका छन् ।

वक्तव्यमा भनिएको छ ‘सरकारले समयमै कदम नचालेकोले र अनुभवी तथा सक्षम मित्रराष्ट्रले यसको निम्ति नेपाललाई आवश्यक पर्ने हरप्रकारको सहयोग गर्न अघि सारेको प्रस्तावलाई समेत वेवास्ता गर्दै जनस्वास्थको सुरक्षाको निम्ति ठोस योजना बनाई लागु नगरेकोले यस्तो स्थिति उत्पन्न भएको हो ।’

यस्तो छ प्रेस–वक्तव्य :

विश्वमा डरलाग्दो गतिमा फैलिरहेको नोवल कोरोना भाइरस ९कोविड–१९० को महामारीलाई नेपालमा फैलिन नदिने कार्य जटीलतर बन्दै गइरहेको छ । सरकारले समयमै कदम नचालेकोले र अनुभवी तथा सक्षम मित्रराष्ट्रले यसको निम्ति नेपाललाई आवश्यक पर्ने हरप्रकारको सहयोग गर्न अघि सारेको प्रस्तावलाई समेत वेवास्ता गर्दै जनस्वास्थको सुरक्षाको निम्ति ठोस योजना बनाई लागु नगरेकोले यस्तो स्थिति उत्पन्न भएको हो । यसमाथि वर्तमानमा तीनवटै तहका कतिपय कार्यकारी पदाधिकारीहरू जनतामा सेवा, सुविधा र सुरक्षा पु¥याउन भन्दा महामारी रोकथामको आडमा अनियमितता र भ्रष्टाचार गरी ब्यक्तिगत र गुटगत ‘शुभलाभ’ कमाउनको निम्ति लागिपरेकाले स्थिति झन् भयावह बन्दो छ । यस्तो अवस्थामा हामी नेकपा (माले) को तर्फबाट निम्न कार्य अविलम्व गर्नको निम्ति सरकार समक्ष माग गर्दछौं ।

१) मित्रराष्ट्र चीनबाट मध्यस्थ दलाल खडा गरी कोविड–१९ महामारी नियन्त्रण गर्ने सम्वन्धी स्वास्थ सामाग्री खरिदमा भएको ब्यापक अनियमितता सम्बन्धी सञ्चार माध्यममा आएका समाचारहरूबाट सरकारका मन्त्री तथा उच्चपदस्थ कर्मचारीहरू नै भ्रष्टाचारमा संलग्न भएको देखिएको छ । यसको छानवीन गरी दोषीमाथि अविलम्व कडा कार्वाही गरियोस् ।

२) संचार माध्यम अनुसार स्वास्थ सामाग्री खरिदमा नेपाली सेनालाई संलग्न गराउने भन्ने चर्चाले हाम्रो ध्यान गंभीररुपले आकर्षित गरेको छ । यसले सरकारका अन्य प्रशासनिक निकायहरूप्रति विश्वास नरहेको र लोकतान्त्रिक राज्य–ब्यवस्था नै असफल भएको सन्देश प्रवाहित गर्न थालेको छ । अर्कोतर्फ यसले नेपाली सेनाको ब्यवसायिकतामा असर गर्नेछ र त्यसलाई विवादस्पद समेत बनाउने छ । यस्तो कार्य सरकारले अविलम्व रोकोस् ।

३) भारतमा कार्यरत प्रवासी नेपाली नागरिकहरू नेपालको सीमानामा आएर रोकिएका छन् भने नेपालमा कार्यरत कतिपय भारतीयहरू पनि नेपाल–भारत सीमानाकाहरूमा पुगी रोकिएका छन् । यस विशेष समस्यालाई सरकारले विशेष निर्णय गरी सम्वोधन गरिनुपर्छ । दुवै सरकारले उच्च तहमा वार्ता गरी आफ्नो कार्यस्थल छोडी स्वदेश जाने क्रममा सीमा–नाकाहरूमा रोकिएका आ–आफ्ना नागरिकहरूको जिम्मा लिने काम गर्नु पर्दछ र नेपाल सरकारले सम्बन्धित नाकाहरूको नजीक उपयुक्त स्थानमा एकान्तवास वा क्वारेन्टाइन केन्द्रको ब्यवस्था गरी अथवा अस्पतालमा पठाइनु पर्नेहरूलाई अस्पतालमा पठाई अलपत्र रहेका नेपाली नागरिकहरूको अविलम्व ब्यवस्थापन गर्नु पर्दछ ।

४) संघीय सरकारले कोविड–१९ को उपचार गर्न निश्चित सरकारी वा निजी अस्पतालहरू तोक्ने र तिनमा सो कार्य गर्ने जनशक्ति (चिकित्सक, नर्स र अन्य सहयोगी) हरूको, उनीहरू र विमारीहरूको खानपीन, स्वास्थ–सुरक्षा र आवश्यक खर्चको ब्यवस्था गर्नुपर्छ । साथै कोरोना उपचारको निम्ति आवश्यक पर्ने स्वास्थ–सुरक्षा उपकरणहरू तथा उपचार सामाग्रीहरू, औषधी आदिको पनि अविलम्व ब्यवस्था मिलाउनु पर्दछ ।

वि.सं.२०७६ चैत २३ आइतवार १७:१४ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...