back
CTIZAN AD

सरकारलाई कांग्रेसको प्रश्न–अझै साइत कुर्ने कि व्यापक परीक्षणमा लाग्ने ?

वि.सं.२०७६ चैत २३ आइतवार

777 

shares

२३ चैत, काठमाण्डौं । नेपाली कांग्रेसले कोरोना परीक्षणमा सरकारको तदारुकता नदेखिएको भन्दै अझै साइत कुरेर बस्ने कि व्यापक परीक्षणमा लाग्ने भन्दै सरकारलाई प्रश्न गरेको छ ।

पार्टीका प्रवक्ता विश्व प्रकाश शर्माद्धारा जारी गरिएको विज्ञप्तिमा सरकारले चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झै भयावह स्थितिको प्रतिक्षा गर्ने भन्दै अर्को प्रश्न समेत गरेको छ ।

कैलालीमा एक स्थानीय महिलामा कोरोना संक्रमण देखिएको विषयलाई तत्काल गम्भीरताका साथ लिएर परीक्षणको व्यापकता बढाउन समेत अनुरोध गरिएको छ ।
‘यसअघि संक्रमण देखिएका ६ जना सबै बिदेशबाट आएका नेपाली थिए । तर सातौंमा संक्रमण स्थानीयमा देखिनुको अर्थ हो हामी अब गम्भीरताको दोस्रो चरणमा पुगेका छौं ।’ विज्ञप्तिमा भनिएको छ, ‘ती महिलाले संक्रमण कहिँ बाहिरबाट लिएर आइनन्, हाम्रो गम्भीर सतर्कता नपुग्नुको परिणाममा उनी संक्रमित बन्न पुगिन् । समयमै दोहोरो अन्तर्राष्ट्रिय उडान रोक्ने, बाहिरबाट आएका नेपालीलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने र परिक्षणको दायरा विस्तार गर्ने कार्य गरेको भए खतराको आकार बढेर जाने थिएन ।’

त्यस्तै यस अघि संक्रमित देखिएका सबैको परिवारजन, छरछिमेकी र घुलमिल भएका साथी समुहको परिक्षण, परिक्षण र परिक्षण, तत्काल, तत्काल र तत्काल गर्न पनि अ सरकार समक्ष अपिल गरिएको छ ।

त्यसैगरी बाहिरबाट आएका सबै नेपालीलाई तत्काल अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न कडाइका साथ सूचना जारी गर्न अनुरोध गर्दै सबै स्थानीय तह र स्थानीय प्रशासन मार्फत सूचनालाई कडाइका साथ कार्यान्वयन गर्न समेत अनुरोध गरेको छ ।

‘स्थानीय एक तथा अन्य दुइमा गरेर एकै दिन तीन जनामा संक्रमण देखिएको आजको दिन सबै खाले ढिलासुस्ती र अकर्मण्यतालाई आहुती दिएर व्यापक सतर्कता, व्यापक परिक्षण र व्यापक उपचार बढाउने क्रममा सरकार युद्धस्तरमा प्रवेश गर्ने दिन बन्नुपर्छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘ अब रत्तिभर हेलचेक्र्यांईको अर्थ हुनेछ, समुदायमा संक्रमण फैलन छुट, जसको परिणाम भयावह हुन सक्छ । समयको गम्भीरता अनुरुप सरकारले गति बढाओस् ।’

वि.सं.२०७६ चैत २३ आइतवार १७:१८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...