back

कोभिड-१९ बाट प्रभावित समुदायलाई सहयोग गर्न यसरी जुट्यो एनआरएनए अष्ट्रेलिया

वि.सं.२०७६ चैत २३ आइतवार

480 

shares
GLOBAL IME AD
NTC AD

२३ चैत, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रेलियाले कोभिड १९ बाट प्रभावितहरुको राहतको लागि अनलाइन फर्मको ब्यवस्थासहित विभिन्न उदाहरणीय कार्यका लागि जुटेको छ ।

एनसीसी अष्ट्रेलियाले कोरोना संक्रमणको समयमा राहत निर्माण समिति गठन समेत गरेको छ । उक्त समितिमा नेपाली दूतावास अष्ट्रेलिया संरक्षक र एनसीसी अष्ट्रेलियाका अध्यक्ष संयोजक रहेका छन् भने १५ वटा स्थानीय संघसंस्था उपसंयोजक तथा अन्य १५० स्थानीय संघ संस्थाहरु सदस्य रहेको बताइएको छ ।

समितिले संक्रमणबाट प्रभावित भएका व्यक्तिहरुको सहयोगका लागि अनलाइन फर्मको ब्यबस्था गरेको हो । जसमा हाल सम्म ८०० जनाको सहयोगका निम्ति आवेदन प्राप्त भएको संघले जनाएको छ । ती मध्ये २०० जनालाई प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति गरिएको कुरा एनआरएनए एनसीसी अष्ट्रेलियाले जानकारी दिएको छ । यसमा अन्यलाई पनि समेटिँदै जाने पनि बताइएको छ ।

यसैगरी संघले २० हजार डलरको राहत कोष स्थापना समेत गरेको जानकारी दिएको छ । यसमा रकम थप हुने क्रम जारि रहको र २० हजार डलर तुरुन्तै थपिँदै गरेको बताइएको छ ।

संघले यसबाहेक नेपालमा पीपीई लगायत अत्यावश्यक सामग्री पठाउनको लागि रु ५ लाख अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको राहत कोषमा योगदान समेत गरेको पनि संघका सूचना तथा संचार उपसंयोजक कृष्ण के सीले जानकारी दिएका छन् ।

वि.सं.२०७६ चैत २३ आइतवार १७:३७ मा प्रकाशित

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशालाको कार्यक्रम सप्पन्न

देवचुली । प्रगति आइपिएमको १८ हप्ते कृषक पाठशाला कार्यक्रम सप्पन्न...

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटियर्स समिट’ को तयारी अन्तिम चरणमा

अन्तरराष्ट्रिय ‘एभरेस्ट समिटियर्स समिट’ को तयारी अन्तिम चरणमा

काठमाडौँ । नेपालमा अन्तरराष्ट्रिय एभरेस्ट समिटियर्स समिट–२०२५ आयोजना हुने भएको...

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

कम्बोडियाबाट दुई नेपालीको उद्धार, यी देशमा रोजगारीका लाग नजान दूतावासको अनुरोध

काठमाडौँ । लामो समयदेखि कम्बोडियामा अलपत्र भई बसेका दुई नेपाली...

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

ज्योति विकास बैंकको मोबाईल बैंकिङ्ग एपबाट हवाई टिकट खरिदमा पाँच सय क्यासब्याक

काठमाडाैँ । ज्योति विकास बैंकले बैंकको मोबाईल बैंकिङ्ग APP ज्योति...

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

सिटिजन्स बैंकद्वारा आवाजलाई सहयोग

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एकल...

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

यार्सागुम्बा सङ्कलनका लागि शिक्षक-विद्यार्थी हिमालतिर, विद्यालय बन्द

दार्चुला । यहाँको अपी हिमाल गाउँपालिकाका शिक्षक–विद्यार्थी लेकतिर गएपछि विद्यालय...