back
CTIZAN AD

कोभिड-१९ बाट प्रभावित समुदायलाई सहयोग गर्न यसरी जुट्यो एनआरएनए अष्ट्रेलिया

वि.सं.२०७६ चैत २३ आइतवार

843 

shares

२३ चैत, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अष्ट्रेलियाले कोभिड १९ बाट प्रभावितहरुको राहतको लागि अनलाइन फर्मको ब्यवस्थासहित विभिन्न उदाहरणीय कार्यका लागि जुटेको छ ।

एनसीसी अष्ट्रेलियाले कोरोना संक्रमणको समयमा राहत निर्माण समिति गठन समेत गरेको छ । उक्त समितिमा नेपाली दूतावास अष्ट्रेलिया संरक्षक र एनसीसी अष्ट्रेलियाका अध्यक्ष संयोजक रहेका छन् भने १५ वटा स्थानीय संघसंस्था उपसंयोजक तथा अन्य १५० स्थानीय संघ संस्थाहरु सदस्य रहेको बताइएको छ ।

समितिले संक्रमणबाट प्रभावित भएका व्यक्तिहरुको सहयोगका लागि अनलाइन फर्मको ब्यबस्था गरेको हो । जसमा हाल सम्म ८०० जनाको सहयोगका निम्ति आवेदन प्राप्त भएको संघले जनाएको छ । ती मध्ये २०० जनालाई प्रतिव्यक्ति ४० डलरका दरले एक हप्तालाई पुग्ने खाना आपूर्ति गरिएको कुरा एनआरएनए एनसीसी अष्ट्रेलियाले जानकारी दिएको छ । यसमा अन्यलाई पनि समेटिँदै जाने पनि बताइएको छ ।

यसैगरी संघले २० हजार डलरको राहत कोष स्थापना समेत गरेको जानकारी दिएको छ । यसमा रकम थप हुने क्रम जारि रहको र २० हजार डलर तुरुन्तै थपिँदै गरेको बताइएको छ ।

संघले यसबाहेक नेपालमा पीपीई लगायत अत्यावश्यक सामग्री पठाउनको लागि रु ५ लाख अन्तर्रा्ष्ट्रिय समन्वय परिषदको राहत कोषमा योगदान समेत गरेको पनि संघका सूचना तथा संचार उपसंयोजक कृष्ण के सीले जानकारी दिएका छन् ।

वि.सं.२०७६ चैत २३ आइतवार १७:३७ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...