back

मिर्गौला रोगले पीडित मगरलाई आर्थिक सहयोग गर्न मकाउबासीबीच अपिल

वि.सं.२०७६ चैत २६ बुधवार

1K 

shares
IME Limited
NTC AD

२६ चैत, मकाउ । मकाउमा रहेर नेपाली समुदायका बीच फोटोग्राफरका रुपमा परिचित प्रकाश बुढाथोकी मगर यतिबेला मिर्गौला रोगले पीडित भएका छन् ।

एमजीए मकाउमा कार्यरत मगर मकाउमा नेपालीद्धारा आयोजित विभिन्न कार्यक्रममा पुगेर फोटोग्राफी गरेर सबैलाई सहयोग गर्ने गरेका थिए । तर, उनै मगर अहिले दुवै मिर्गौला खराब भएका कारण अस्पतालमा उपचार गराई रहेका छन् ।
उनको यस्तो अवस्थामा उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन नेपाल चेम्बर्स अफ कर्मस मकाउका अध्यक्ष सुदर्शन थापा मगरले मकाउबासी नेपालीबीच अपिल गरेका छन् ।

मगर, हाल रुपन्देहीको सैनामैनाका १ रुपन्देहीका उनी सिद्धार्थनगरमा रहेको सिटी अस्पतालमा डाइलोसिस गराइरहेको पनि अध्यक्ष मगरले जानकारी दिएका छन् ।

‘दैनिक डाइलोसिस गर्नुपर्ने भएकोले हामी मकाउमा कार्यरत नेपालीले पनि उहाँको शिघ्र स्वास्थ्यलाभको कामनासहित हातमा हात मिलाइ केहि आर्थिक सहयोग गरौ भन्ने उद्देश्यले मेलै सबैमा अनुरोध गरेको छु । यदि यहाँहरूले सहयोग गर्ने इच्छा भएमा तलको कमेन्ट बक्समा रकम र कम्पनी लेखिदिनुहोला सेवा नै धर्म हो साथ नै हौसला हो धन्यबाद !’ अध्यक्ष मगरले अपिल गर्दै भनेका छन् ।

अध्यक्ष थापाले मगरको उपचार सहयोगका लागि  मगर संघका अध्यक्ष सम्शेर थापा मगरको संयोजकत्वमा हालसम्म उठाइएको उक्त रकम  मकाउमा कार्यरत केही साथीहरुबाट मोप ४३७२२,MGM coati नेपालीहरूबाट मोप ७३५५, MGM मकाउ चाइनीज़ साथीहरूबाट मोप १९४९०,GALAXY क्यासिनो मकाउबाट मोप १०८२१, OPEC security कम्पनीबाट मोप ३००० उठेको संसारन्युजलाई जानकारी दिँदै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन् । उनले सहयोगका लागि अन्य नेपालीमा पनि अपिल गरेका छन् ।

 

वि.सं.२०७६ चैत २६ बुधवार ०९:४५ मा प्रकाशित

पिस एम्बसीले मनायो भानु जयन्ती, १ लाखको वर्ष उत्कृष्ट पुरस्कार घोषणा

पिस एम्बसीले मनायो भानु जयन्ती, १ लाखको वर्ष उत्कृष्ट पुरस्कार घोषणा

काठमाडौँ । नक्शाल स्थित पिस एम्बसीले एक भव्य कार्यक्रमका साथ...

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

अब यात्रुहरुलाई खुशिसाथ स्वागत र बिदाई

अब यात्रुहरुलाई खुशिसाथ स्वागत र बिदाई

काठमाडाै । आफ्नो देश भित्रिए लगत्तै सास्ती र हैरानी व्यहोर्दै...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

प्रचण्डले आज संसदमा सम्बोधन गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल...