back
CTIZAN AD

मिर्गौला रोगले पीडित मगरलाई आर्थिक सहयोग गर्न मकाउबासीबीच अपिल

वि.सं.२०७६ चैत २६ बुधवार

1.5K 

shares

२६ चैत, मकाउ । मकाउमा रहेर नेपाली समुदायका बीच फोटोग्राफरका रुपमा परिचित प्रकाश बुढाथोकी मगर यतिबेला मिर्गौला रोगले पीडित भएका छन् ।

एमजीए मकाउमा कार्यरत मगर मकाउमा नेपालीद्धारा आयोजित विभिन्न कार्यक्रममा पुगेर फोटोग्राफी गरेर सबैलाई सहयोग गर्ने गरेका थिए । तर, उनै मगर अहिले दुवै मिर्गौला खराब भएका कारण अस्पतालमा उपचार गराई रहेका छन् ।
उनको यस्तो अवस्थामा उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन नेपाल चेम्बर्स अफ कर्मस मकाउका अध्यक्ष सुदर्शन थापा मगरले मकाउबासी नेपालीबीच अपिल गरेका छन् ।

मगर, हाल रुपन्देहीको सैनामैनाका १ रुपन्देहीका उनी सिद्धार्थनगरमा रहेको सिटी अस्पतालमा डाइलोसिस गराइरहेको पनि अध्यक्ष मगरले जानकारी दिएका छन् ।

‘दैनिक डाइलोसिस गर्नुपर्ने भएकोले हामी मकाउमा कार्यरत नेपालीले पनि उहाँको शिघ्र स्वास्थ्यलाभको कामनासहित हातमा हात मिलाइ केहि आर्थिक सहयोग गरौ भन्ने उद्देश्यले मेलै सबैमा अनुरोध गरेको छु । यदि यहाँहरूले सहयोग गर्ने इच्छा भएमा तलको कमेन्ट बक्समा रकम र कम्पनी लेखिदिनुहोला सेवा नै धर्म हो साथ नै हौसला हो धन्यबाद !’ अध्यक्ष मगरले अपिल गर्दै भनेका छन् ।

अध्यक्ष थापाले मगरको उपचार सहयोगका लागि  मगर संघका अध्यक्ष सम्शेर थापा मगरको संयोजकत्वमा हालसम्म उठाइएको उक्त रकम  मकाउमा कार्यरत केही साथीहरुबाट मोप ४३७२२,MGM coati नेपालीहरूबाट मोप ७३५५, MGM मकाउ चाइनीज़ साथीहरूबाट मोप १९४९०,GALAXY क्यासिनो मकाउबाट मोप १०८२१, OPEC security कम्पनीबाट मोप ३००० उठेको संसारन्युजलाई जानकारी दिँदै सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेका छन् । उनले सहयोगका लागि अन्य नेपालीमा पनि अपिल गरेका छन् ।

 

वि.सं.२०७६ चैत २६ बुधवार ०९:४५ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...