२८ चैत, बेलायत । बेलायतमा तीन दिनको अन्तरालमा ५ नेपालीको मृत्यु भएको समाचार छ
बेलायतमा ६ देखि ९ अप्रिलसम्म ५ जना नेपालीको मृत्यु भएको समाचार संसारन्युजले प्राप्त गरेको छ ।
जसमा सोमबारदेखि बुधबारसम्म मृत्यु हुनेमा म्याग्दीका कुल बहादुर फगामी, पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङ, सोलुखुम्बुका शिव श्रेष्ठ, विराटनगरकी बसन्ती राईको मृत्यु भएको हो । उनीहरु सबै गोर्खा सैनिक र सैनिकका परिवारका भएको बताइएको छ ।
जसमा विराटनगर घर भई बेलायतको नर्थहल्ट निवासी गोर्खा सत्याग्रह संघर्ष समितिका प्रमुख सल्लाहकार मेजर मान बहादुरकी श्रीमती बसन्ती राईको बुधबार (९ अप्रिल) विहान आफ्नै घरमा मृत्यु भएको हो । उनलाई ज्वरो र डायरियाको समस्या देखिएको बताइएको छ ।
त्यसैगरी बेलायतको रिडिङमा बस्दै आएका तमुधिं बेल्जियमकी कोषाध्यक्ष अन्जना तमुको बुवा (भूपु ब्रिटिश गोखौ सैनिक) ८५ वर्षीय देवीरास तमुको बुधबार बिहान २ः४५ मा मृत्यु भएको छ । अन्नपूर्ण ७ तान्चोक कोटगाउँका तमुको मृत्युले स्तब्ध तुल्याएको भन्दै तमुधिं बेल्जियमले दुःख व्यक्त गरेको छ ।
त्यसैगरी सोमबार ( ६ अप्रिल) मा म्याग्दीको अन्नपूर्ण गाउँपालिका घराम्दी घर भई पोखरा बसोबास रहेका कुल बहादुर फगामीको पनि मृत्यु भएको समाचार ढिलोगरी प्राप्त भएको छ ।
एनआरएनए बेलायतका पूर्वअध्यक्ष योग कुमार फगामीका अनुसार पप्ली बेसिग्टोकमा बिगत केही वपर्षदेखि छोरा बुहारीसँग बस्दै आएका पूर्वगोर्खा सैनिक ( आमी नम्बर २११४१७४९ कलर सार्जन टन्च्० फगामीको बेसिंगटोन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको हो । केही वर्षदेखि स्वास्थ्यमा समस्या देखिएका उनको उपचारकै क्रममा निधन भएको हो ।
पूर्वअध्यक्ष योग कुमार फगामीले उनको मृत्युमा दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
मृत्यु भएकामा पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङको कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ भने सोलुखुम्बुका शिव श्रेष्ठको संक्रमणको आशंकामा आइसोलेसनमा रहेको र उपचारका क्रममा मृत्यु भएको थियो भने, देवीरास तमु र बसन्ती राईको मृत्युको कारण भने खुलाइएको छैन ।
बेलायतका नेपालीलाई पीडामाथि पीडा, कोरोना संक्रमणका कारण अर्का पूर्वगोर्खा गुरुङको निधन
वि.सं.२०७६ चैत २८ शुक्रवार १०:१२ मा प्रकाशित




























