back
CTIZAN AD

कैदीबन्दीको उदाहरणीय कार्य, गाँस काटेर गरेर कोरोना राहतकोषमा आर्थिक सहयोग

वि.सं.२०७६ चैत २९ शनिवार

816 

shares

२९ चैत, वीरगन्ज । वीरगञ्ज कारागारका कैदीबन्दीले एक दिनको खर्चबापतको रु ७५ हजार ८४० कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा प्रदान गरेको छ ।

विश्वव्यापीरुपमा मानव अस्तित्व र सभ्यतामाथि कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको अवस्थामा वीरगञ्ज कारागारका ९५ महिलासहित एक हजार २६४ कैदीबन्दीले एक दिनको खर्चबापतको रु ७५ हजार ८४० सो कोषमा प्रदान गरेको हो । कारागारभित्र शुक्रबार आयोजित एक कार्यक्रमबीच सो रकम कारागारका पुस्तकालय नाइके कुनाल अग्रवालले जेलर श्रवणकुमार पोखरेललाई हस्तान्तरण गरे ।

सो अवसरमा जेलर पोखरेलले राहत रकम लिँदै उक्त रकम नेपाल सरकारको राहत कोषमा जम्मा गर्ने बताउनुभयो । हाल कारागारभित्र एक हजार २८६ कैदीबन्दी रहेका छन् । कारागारभित्र रहेका कैदीबन्दीमध्ये आर्थिकरुपमा अतिविपन्न २२ कैदीबन्दीले रकम उपलब्ध गराउन नसकेको कारागार प्रशासनले जनाएको छ । सो अवसरमा कैदीबन्दीका तर्फबाट पुरुष नाइके विनोद साह सोनार, महिला नाइके जमुना कुँवरलगायतले स्वेच्छाले कैदीबन्दीले उक्त रकम दिएको बताए । रासस

वि.सं.२०७६ चैत २९ शनिवार ०८:३५ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...