back
CTIZAN AD

एनआरएनएले १ करोडको सामाग्री सरकारलाई हस्तान्तरण गर्दै

वि.सं.२०७६ चैत २९ शनिवार

813 

shares

२९ चैत्र, काठमाडौँ । गैरआवासीय नेपाली संघले कोरियाबाट आइपुगेका पिपिइ सामान आज दिउँसो २.०० बजे सरकारलाई बुझाउँदैछ ।

नेपाल सरकारलाई प्रदान गर्न लागेको करिब १ करोड रुपैँया बराबरको कोभिड– १९ सामग्री शुक्रबार दिउँसो नेपाल आईपुगेका थिए भने भने, बाँकि १ करोडको सामग्री आइतबार आइपुग्ने बताइएको छ ।

गैरआवासीय नेपाली संघ कोरियाको संयोजनमा कोरियाबासी नेपालीहरुको सहयोगबाट ४००० थान कोरोना जाँच उपकरण र ५०० थान पिपिई सेट शुक्रबार नेपाल आई पुगेको हो । ती सामाग्रीलाई आज औपचारिकरुपमा नेपाल सरकारलाई हस्तान्तरण गरिन लागिएको हो ।

गैरआवासीय नेपाली संघ कोरिया, चाईना, मकाउ, हङ्कङ्गबाट सहयोग प्राप्त सामाग्रीहरु यदि पूर्व निर्धारित कार्गो उडान रद्द भएन भने चीनबाट आइतबार नेपाल पुग्ने महासचिव डा हेमराज शर्माले जानकारी दिए ।

ती सामग्रीहरुमा ज्वरो नाप्ने आईआर थर्मोमिटर ५५० थान, चश्मा २००० थान, फेससिल २००० थान, केएन(९५ माक्स १७४०० थान, डिस्पोजेबल माक्स ४७००० थान, ग्लब ४००० थान, पिपिई गाउन २००० थान रहेका छन्।

हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्री सहि ठाँउमा उपयोग होस् र कुनै दुरुपयोग नहोस् भन्ने उद्देश्यले गैरआवासीय नेपाली अभियन्ता तथा समाजसेवी रुद्र शर्माको संयोजकत्वमा ५ सदस्य अनुगमन समिती समेत गठन गरिएको जनाइएको छ।

गैर आवासीय नेपाली संघ– ल्च्ल्ब् दक्षिण कोरियाको संयोजन तथा स्वतन्त्र अभियान्ताहरुको सहकार्यमा र कोरियाबासी नेपाली समुदायको संघ संस्थाहरुको एक्यवद्धता र पहलमा कोरियामा रहेका नेपालीहरुको सहयोग र साथमा अभियान शुरु गरिएको थियो। अभियान शुरु गरेको ४ दिनमै १४ करोड २६ लाख ३७ हजार ७७९ वोन संकलन भएको थियो।

शुक्रबार नै संघले ५० थान पिपिई नेपाल सरकारका ४ वटा अस्पताल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान १५ थान, त्रिशुली अस्पताल, नुवाकोट ५ थान, धौलागिरी अंचल अस्पताल २२ थान र पर्वत जिल्ला अस्पताललाई ८ थान हस्तान्तरण गरेको पनि महासचिव डा शर्माले बताए ।

वि.सं.२०७६ चैत २९ शनिवार ११:२८ मा प्रकाशित

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...