back
CTIZAN AD

साउदीमा स्वयम्सेवकका रुपमा सरकारलाई सहयोग गर्न ७९ हजारले नाम लेखाए

वि.सं.२०७६ चैत २९ शनिवार

744 

shares

२९ चैत, काठमाण्डौं । कोरोना रोकथाम र नियन्त्रणका लागि साउदी अबरमा हालसम्म ७९ हजार जनाले स्वयमसेवकका रूपमा सरकारलाइ सहयोग गर्नका लागि नाम दर्ता गराएका छन् । यिनमा सेवा निबृत्त चिकित्साकर्मीहरू, प्रोफेशनलहरू, मेडिकल अध्ययनरत बिद्यार्थीहरू र समाजसेवीहरू रहेका छन् । जसले साउदी सरकारले तय गरेको सामुदायिक सेवाको प्रशिक्षण र परिक्षणमा पास भएपछि आवश्यकता मुताविक सेवामा परिचालित हुनेछन् ।

साउदी छात्रबृत्तीमा ६५० जना साउदी डक्टरहरू जर्मनीका बिभिन्न अस्पताल तथा क्लिनिकहरूमा सेवारत छन् । साउदी डाक्टर हनान बाल्खी, जो विश्व स्वास्थ्य संगठनको मुख्यालयमा जिवाणु प्रतिरक्षाकी सहायक महानिर्देशक छन् । रातदिन अनुसन्धानमा तल्लिन छन् ।
प्रत्येक हप्ता १ हजार भेन्टिलेटर साउदीभित्रै उत्पादन गर्नेगरी थालिएको साउदी सरकारी पहलमा सहकार्यलाइ केही दिनमै तिब्रता दिइने साउदी काउन्सिल अफ इञ्जिनियर्सका अध्यक्ष साद बिन मोहमद अल शहरानीले भिडियो कन्फ्रेन्समा बताएका छन् ।

साउदी अरबमा रोजगारदाता र रोजगारकर्मीका बिचका करार (सम्झौता) लाइ नियमन गर्दै साउदी सरकारले आगामी ६ महिनाभित्र रोजगारदातालाइ अनावश्यक ब्ययभार नपर्नेगरी र रोजगारकर्मीले पनि रोजगार गुमाउनु नपर्नेगरी बिशेष बेतलबी बिदा लिन, दिन र कुनै रोजगारकर्मीले स्वेच्छाले रोजगारको करार अन्त गर्न चाहेमा त्यसो गर्न पनि पाउने भएका छन् । साउदी सरकारबाट कुनै पनि अनुदान या राहत लिएका कम्पनीहरूले भने यसो नगरी साविकको करार बमोजिम नै गर्ने गराउनेछन् ।

ब्एऋइ नामको एक अन्तराष्ट्रिय मत सर्वेक्षण एजेन्सीको मत सर्वेक्षणमा कोरोना बिरूद्ध जुध्न साउदी अरबका तमाम पहलहरूको समग्र अध्ययन मुल्यांकन गर्दै ८१ प्रतिशतले अन्य देशहरूको तुलनामा साउदी अरबले चाँडै कोरोणाको संक्रमनबाट मुक्ती पाउने मत जाहेर गरेका छन् ।

कोरोनाजन्य संकट निवारणमा बिश्व स्वास्थ्य संगठनलाई साउदि अरबले लजिस्टिक सेवाका अतिरिक्त १ करोड डलर सहयोग दिएको छ । गतः मार्च ९ मा यसले चीनको वुहानमा पनि मेडिकल सरसामान सहयोग स्वरूप उपलब्ध गराएको थियो ।

त्यस्तै साउदीमा आजदेखि पेट्रोलको मूल्य घटाइएको छ । ९५ को मूल्य प्रति लिटर (साउदी रियालमा) २.०५ बाट घटाएर १.४७ र ९१ को १.५५ बाट १.३१ मा झारिएको छ ।

वि.सं.२०७६ चैत २९ शनिवार १९:०८ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...