back
CTIZAN AD

श्रमिक तथा मजदुरको जीवनयापनमा ध्यान दिन मन्त्री भट्टराईको आग्रह

वि.सं.२०७६ चैत २९ शनिवार

621 

shares

२९ चैत, काठमाण्डौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पर्यटन सम्बद्ध संघसंस्थाका प्रमुखहरुसँग ‘भिडियो कन्फरेन्स’ मार्फत् श्रमिक तथा मजदुरको जीवनयापनमा ध्यान दिन आग्रह गरेका छन् ।

मन्त्री भट्टराईले शनिबार पर्यटन सम्बद्ध संघ संस्थाका प्रमुखहरुसँग कुरा गर्दै पर्यटन क्षेत्रसँग सम्बद्ध श्रमिक तथा कर्मचारीहरुको दैनिक जीवनपायनको बिषयमा विशेष ध्यान दिन आग्रह गरेका हुन् । उनले कुनै पनि श्रमिकलाई भोकै रहन नदिनको लागि आ–आफ्नो संयन्त्र र सूचनालाई प्रभावकारी बनाउन अनुरोध गर्दैे देशको जुनसुकै भु–भागमा रहेका श्रमिक तथा मजदुरहरु भोकै बस्ने अवस्था आउन नहुने बताउँदै समस्या परेमा खबर गर्न समेत आग्रह गरेका छन् ।

मन्त्री भट्टराईले सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उनीहरुको समस्या तत्कालै समधान गर्नुपर्ने बताउँदै आफ्नो संगठनको संयन्त्र मार्फत प्रभावकारी रुपमा सूचना आदन प्रदान र समन्वयको लागि समेत आग्रह गरेका छन् ।

उनले लामो समय लकडाउनको अवस्था जाने अवस्थामा श्रमिकहरुको दैनिक जीवनयापनको लागि फरक विकल्प पनि सोच्नुपर्ने समेत बताए । ‘यदि लामो समय लकडाउनको अवस्थामा गयो भने त्यो अवस्थामा श्रमिकहरुको सुरक्षा कसरी गर्ने ? त्यो पनि हामी सबैले छलफल गरेर योजना तयार गरौं ।’ उनले भने ।

महामारीले असर नगर्ने गरी कुनै वैकल्पिक काममा परिचालन गर्न सकिने मन्त्री भट्टराईको भनाई छ । उनले हिमाल सफाई लगायत काममा श्रमिकहरु परिचालनको बिषय पनि उठेको बताउँदै यसको सम्भावना बारेमा पनि अध्ययन गरीरहेको र पर्यटन बोर्डलाई श्रमिकहरुको लागि आवश्यक कोष बनाउनको निम्ती तयारी थाल्न पनि निर्देशन दिएको समेत जानकारी दिएका छन् ।

मन्त्री भट्टराईले यो महामारी विरुद्धको लडाईमा सबैको समन्वय र एक्यबद्धता जरुरी रहने भन्दै प्रभावकारी समन्वयका लागि अनुरोध गर्दै पर्यटन क्षेत्रमा परेको असरको बिषयमा पर्यटन बोर्डको समन्वय र अगुवाईमा तथ्याङ्क संकलन भइरहेको समेत बताए । उनले त्यसमा प्रभावकारी रुपमा सामेल भएर पर्यटन क्षेत्रमा परेको असरको सही तथ्याङ्क निकाल्नमा सहयोग गर्न समेत हाग्रह गरे ।

छलफलमा नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सिइओ) डा. धनञ्जय रेग्मीले पछिल्लो अवस्थामा बोर्डले गरीरहेको कामको बारेमा जानकारी गराएका थिए । डा.रेग्मीले पर्यटन बोर्डको नेतृत्वमा भईरहेको तथ्याङ्क संकलनमा सबै सामेल हुन पनि आग्रह गरे । डा.रेग्मीले पर्यटन क्षेत्रमा परेको असरको बिषयमा सही तथ्याङ्क नभएसम्म आगमी कार्ययोजना बनाउन समस्या हुने बताउदै बोर्डले जारी राखेको सर्भेमा सामेल हुन आग्रह गरे ।

संघ संस्थाका प्रमुखहरुले पर्यटन मन्त्री भट्टराईको नेतृत्व र पर्यटन बोर्डको अगुवाईमा विदेशी पर्यटकहरुको उद्दारमा भएको कामको प्रशंसा समेत गरेका थिए । यसले विश्वमा नेपालको बारेमा राम्रो सन्देश गएको उनीहरुको भनाई थियो ।

छलफलमा होटल एशोसिएशन नेपाल (हान) की अध्यक्ष सृजना राणा, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्षमा खुमबहादुर सुवेदी, नेपाल पर्वतारोहण संघ (एनएमए)का अध्यक्ष सन्तवीर लामा, प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर र नपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को अध्यक्षमा अच्युत गुरागाईं सहभागी थिए । उनीहरुले आफ्नो क्षेत्रले भोगिरहेको समस्या, आगामी कदम र सरकारसँगको अपेक्षाको बिषयमा कुरा राखेका थिए ।

वि.सं.२०७६ चैत २९ शनिवार १९:३० मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...