back
CTIZAN AD

एकले अर्कालाई होइन, भाइरसलाई आक्रमण गरौँ

वि.सं.२०७६ चैत २९ शनिवार

858 

shares

एउटा सत्य कुरा के हो भने प्रतिकुलता, विपत, महामारी र जटिलताले नै नेतृत्वको स्तर र क्षमता प्रर्दशन गरेको हुन्छ । चाहे वैचारिक र सैद्धान्तिक चाहे सामाजिक र सांगठानिक वा युद्ध मोर्चामा नै किन नहोस्,असल नेतृत्वले विवेक, संयमता र सापेक्ष सभ्यता प्रदर्शन गरेकै हुन्छ ।

आज शनिवार बिहानदेखी नै मुख्य नेताहरु ठुस्सिएको, चिसिएको र पिरिएको समाचारले गल्न थालेको हाम्रो मनोबललाई झन थेचारेको छ । चीनको वुहानबाट टुसाएर संसारका २१० देश पुगेको कोरोना भाइरस (कोभिड–१९) ले सिंगो मानवजातीलाई प्रत्यक्ष घेराभित्र पारिरहेको छ । दक्षिण एशियाको ठूलो जनसंख्या रहेको सबैभन्दा नजिकको दक्षिणी छिमेकी भारतको पछिल्लो ग्राफले हामीलाई कोतरीरहेको छ । यहि बेला प्रतिष्ठित दैनिक र अनलाइन मिडियाहरुले कहिले भ्रष्टाचारका कथा र कहिले नेताहरु बीच बढ्न थालेको मनमुटावका बारेमा नमिठा श्रृंखलाहरु थपिरहेका छन् ।

यतिबेला कोरोना सिंगो मानवजातिको साझा र मुख्य शत्रु भएको छ । विज्ञान, प्रविधि, अध्ययन र अन्वेषणमा बलियो चुनौती बनेर देखा परेको छ । त्यहि कोरोनाको संक्रमणले संसारका महाशक्ति राष्ट्रहरुको भविष्य खतरामा पर्दै जान थालेको विश्लेषण समेत गरिएको छ । साझा दुश्मनसँगै लड्नका लागि भन्दै हठि स्वभावका डोनाल्ड ट्रम्पले सिजीनपिङ सँग हात मिलाइसकेका छन् भने नरेन्द्र दामोदरदास मोदीसँग पनि नरम भाषाले कुरा मिलाइसकेका छन् । कोरोनाको यो तुफानि आक्रमणका विरुद्ध जुध्न राजनीति भन्दा माथि उठेर हेर्न, बुझ्न र व्यवहार सच्याउन विश्व स्वास्थ्य संगठनले सबैलाई अनुरोध गरिरहेकै छ ।

नेपालमा अहिले (चैत्र २९, सांझ ७ बजेसम्म) कोरोना संक्रमितको संख्या ९ भन्दा माथि बढ्को छैन । लकडाउन र जनचेतनाका क्रममा सरकारको प्रयास प्रभावकारी रहेको छ । विभिन्न देशको आँकडा र भारतको बढ्दो संख्याले जनजीवनमा त्रास व्याप्त नै छ । यो स्थितिमा देशवासी वा नागरिकहरुको मनोबल बढाउनु पनि राज्य सञ्चालकहरुको एउटा प्रमुख अभिभारा हो । नेपालमा सरकारले यस विरुद्ध चालेका प्रयास र अभ्यासहरु सकरात्मक हुँदाहुँदै पनि कतिपय कुरामा देखिएको अपरिपक्वता र तरीका नपुगेको टिप्पणी हुदैआएका पनि हुन् । मृगौला फेरेका प्रधानमन्त्री बिरामी अवस्थामा रहँदारहँदै पनि कोरोना विरुद्धको लडाइमा कुनै कसर बाँकी नराख्न भनेर कमाण्ड पनि भएकै हो । यस्तो अवस्थामा पनि भ्रष्टाचारको प्रसंग (सामान खरिद प्रक्रियामा भएका कमजोरी) र नियत(जो पुष्टि हुन बाँकी नै छन्) तथा निर्णय फेरबदल गरिहाल्ने पछिल्ला घटनाले उक्त काममा संलग्न हुनेहरुप्रति शंसय देखा परेको भने अवश्य हो ।

यतिबेला प्रचण्डको आसय र नियत सरकारमा अध्यक्ष ओलिको कमाण्ड खल्बलाउने वा सत्ताको डाडु पन्यु तलमाथि पार्ने भन्ने तर्फ हुँदै होइन । प्रधानमन्त्रीकै कमाण्डमा फराकिलो मोर्चा बनाउँ भन्ने प्रचण्डको प्रस्तावलाई द्वन्द्ववादसम्मत बु्रझन जरुरी छ । व्यक्तिगत बुझाइमा बगेर महामारी विरुद्धको लडाईलाई कमजोर पार्ने, एकता खल्बल्याउन छिद्रा खोज्ने, नेकपाप्रतिको विश्वास घटाउने वा प्राप्त उपलब्धिलाई जेसुकै होस् भन्ने छुट कसैलाई छैन ।

निश्चय पनि नेताहरुको कतिपय कार्यशैली, स्वभाव, हठ र पदमा रहुन्जेल अर्कालाई गन्नै नपरोस् भन्ने चिन्तनले पनि नागरीकको मनोबल बढाउन सहयोग पुगेको छैन । आफू सत्तामा रहुन्जेल लोकतन्त्र रहेको ठान्ने, सत्ता स्वाद पाउन्जेल लोकतन्त्र उपयोगको व्याख्या गर्ने र सत्ताबाट बाहिरिनु पर्दासाथ लोकतन्त्र गुमेको अनुभूति व्यक्त गर्ने पुरानो आदतबाट मुक्त नभैसकेका बेला हामी कोरोनासँगको संग्राममा सँगै लडेका छौँ । यो बेला सानातिना र गारासारा कुरा उठाएर मन कुँड्याउनु, दुखाउनु, चिढाउनु र बिच्क्याउनु ठिक होइन । प्रजातन्त्र, लोकतन्त्र, जनवाद र समाजवादको आधारभूत अनुभव खोज्ने र माग्ने बेला पनि यो होइन ।

तर पनि एउटा सत्य कुरा के हो भने प्रतिकुलता, विपत, महामारी र जटिलताले नै नेतृत्वको स्तर र क्षमता प्रर्दशन गरेको हुन्छ । चाहे वैचारिक र सैद्धान्तिक चाहे सामाजिक र सांगठानिक वा युद्ध मोर्चामा नै किन नहोस्,असल नेतृत्वले विवेक, संयमता र सापेक्ष सभ्यता प्रदर्शन गरेकै हुन्छ । अहिलेको सन्दर्भमा विज्ञानले पनि जवाफ दिन नसकेको महामारीसँग लडन परेको बेला हामीले कार्यकारी प्रधानमन्त्रीका रुपमा बलियो आत्मबल भएका नेता केपी ओली पाएका छौँ । उहाको कमाण्डमा राज्यको सेना, प्रहरी, प्रशासन, विज्ञान र प्रविधि समेत छ । त्यसबाहेक उहाँ नेकपाको पार्टी अध्यक्ष हुनु भएको नाताले ८ लाख पार्टी सदस्य र पचासौँ लाख मतदाता पनि उहांसंगै छन् । त्यो सँगसँगै कमरेड प्रचण्ड जस्ता साहासी नेताको टिम र प्रधानमन्त्री भैसकेका कमरेड झलनाथ खनाल एवम् कमरेड माधव नेपाल लगायतका वरीष्ठ नेताहरुको अनुभव उपयोग गर्ने अवसर उहाँले पाउनु भएको छ ।

सरकार र पार्टीको पंंक्तिबाहेक पनि उहाँले यो महामारी विरुद्धको लडाईमा पूर्व प्रधानमन्त्रीहरु बाबुराम भट्टराई, शेरबहादुर देउवा तथा लोकेन्द्र बहादुर चन्द लगायतको पनि साथ पाउनुहुन्छ र स्वदेश तथा बिदेशमा रहेका ३ करोड बढि नेपालीहरुले पनि सरकारलाइ सघाइरहेका छन । यसका बाबजुद पनि केहि नचाहिदा हस्को बढन थालेको छ । लोकतान्त्रिक सभ्यताको स्थिर जग नबसेका कारण प्रधानमन्त्रीको चित्त दुख्ने गरी उहाँमाथि शब्द बोलिएका पनि होलान् । रामचन्द्र पौडेल जस्ता प्रतिपक्षका वरिष्ठ नेताले सर्वदलिय सरकारको कुरो बाहिर ल्याउनु, प्रतिपक्षकै सभापति तथा पूर्वप्रधानमन्त्री देउवा र उहाँका नेता कार्यकर्ताले भ्रष्टाचारको हल्ला बढी गर्नु, अर्का पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सरकारको व्यवस्थापन क्षमतामा प्रश्न उठाउनु जस्ता कुराले प्रधानमन्त्री ओलीको चित्त दुख्न जरुरी छैन । लोकतन्त्र पनि स्रक्रमणमै भनिएका बेला यसमा अन्यथा मान्नुपर्ने कुरै छैन ।

सरकार संचालनमा भएका कमजोरीले सरकार र पार्टीको लोकप्रियता नघटोस् भनेर कतिपय कुरामा ‘प्रष्ट हुन चाहेको’ बताइरहेका कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिक्रियामा त झनै चित्त दुखाउनु पर्ने ठाउँ नै छैन । नेकपा अध्यक्ष प्रचण्डले महामारीको जोखिम विरुद्ध लड्न सबैले ठूलो छाति बनाऔँ भन्नुको अर्थ आफ्नै प्रधानमन्त्रीलाई कमजोर पार्नु हुँदै होइन । शंकाले लंका डढाउँछ भने जस्तो बुझ्ने र बुझाउने, सुनाउने र उल्काउने प्रवृत्तिहरुले पछिल्ला दिनमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड बीच दरार पैदा गराउन खोज्दै छ्रन भन्ने चित्र स्रुपमै देखापरेको छ । अध्यक्ष प्रचण्डले गल्ती नै गर्दैैनन् वा ओलीको गल्ति नै हुँदैन भन्ने अतिवादलाई मलजल दिने प्रयास यहि बिचमा भैरहेको छ ।

महामारी फैलाउने कोरोना भाइरससँगै पार्टी एकता खल्बलाउन उद्धत छद्मरुपी भाइरसलाई एकिकृत आक्रमण गरौँ । प्रधानमन्त्रीकै कमाण्डमा अझ फराकिलो मोर्चा खोलौ । भाइरसले विज्ञानलाई नै निलम्बन गरेर सबै मानवजातिलाई युद्ध मोर्चामा बोलाएको बेला स्वार्थको सांघुरो कोटरीमा धेरै चिनी मिसाएको रोटी सेकेर समय बर्बाद नगरौ ।

यतिबेलै गृह र रक्षा मन्त्रालय बीच ‘समन्वयको अभाव’ रहेको प्रत्यक्ष अनुभूति –(उपत्याका बाहिर जान दिने पहिलो सुचना र निर्णय नै भएन भन्न दोस्रो सुचना ) सर्वसाधारणले समेत गरेका छन् । यस्ता टकराव र मनमुटावको बातावरणले आदेशक वा कमाण्डरलाई असहज परेको अनुभूति गर्न सकिन्छ । यो बेला सरकारको आलोचना गरीरहने डा. प्रकाशचन्द्र लोहनी देखि एकिकृत जनक्रान्ति गर्छौ भन्ने नेत्र बिक्रम चन्द (विप्लव) सम्मलाई एउटै युद्धमोर्चामा ल्याउन प्रधानमन्त्री स्वयमले पहल गर्नुपर्ने बेला हो । यस्तो कुरा जसको मुखबाट आएपनि सकरात्मक नै लिनुपर्दछ । प्रचण्डको नयाँ प्रकारको मोर्चाको प्रस्तावले सरकारको संयन्त्र शिथिल र बेकम्मा हुने भन्दै एकथरी अतिले शासन नै खोसिन लागेको अनुभूति संप्रेषण गर्र्दैछ भने अर्को अतिले सत्ता नै विघटन गराउने जोखना हेरेर बसिरहेको पनि छ । यस्तो बेला महामारी बिरुद्धको एकिकृत लडाइ लड्न सबैको अपनत्व जोडौँ भन्ने कमरेड प्रचण्डको सदासयतालाई सर्वदलीय सरकारको बेमौसमी हुइयाँसँग जोड्नु कुनै पनि अर्थमा न्यायिक र तार्किक हुँदैन ।

यसअगाडि २०७२ को महाविपत्तिमा पनि भूइँचालो पछिको पुननिर्माण कार्य तथा संविधान निर्माणका क्रममा अवरोध नआवोस् भनेर प्रचण्ड स्वयंको प्रस्तावमा उच्चस्तरीय संयन्त्र बनेको थियो । यतिबेला प्रचण्डको आसय र नियत सरकारमा अध्यक्ष ओलिको कमाण्ड खल्बलाउने वा सत्ताको डाडु पन्यु तलमाथि पार्ने भन्ने तर्फ हुँदै होइन । प्रधानमन्त्रीकै कमाण्डमा फराकिलो मोर्चा बनाउँ भन्ने प्रचण्डको प्रस्तावलाई द्वन्द्ववादसम्मत बु्रझन जरुरी छ । व्यक्तिगत बुझाइमा बगेर महामारी विरुद्धको लडाईलाई कमजोर पार्ने, एकता खल्बल्याउन छिद्रा खोज्ने, नेकपाप्रतिको विश्वास घटाउने वा प्राप्त उपलब्धिलाई जेसुकै होस् भन्ने छुट कसैलाई छैन ।

हामीलाई यतिबेला झनै बलियो प्रधानमन्त्री चाहिएको हो । आत्मबल सहित समृद्धिको तस्विर देखाइरहने प्रधानमन्त्री हामीले पाएका छौँ । यतिबेला क. प्रचण्ड र क. ओलि बीच असमझदारी बढाइदिने अपराध कसैबाट नगरौँ । महामारीसँग जुध्न ठूलो र फराकिलो मोर्चाका लागि समेत तयार होऔँ । बरु सकिन्छ भने बर्तमान गणतन्त्रका एक योद्धा नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पनि यहि मौकामा मोर्चामा सामेल गराऔँ । उनी संग पनि बहश गरौ । मानवता भन्दा ठूलो लडाई त उनले पनि लडेका छैनन् । नेताहरुलाई भनौँ, एकले अर्कोलाई होइन अब सकिन्छ भने महामारी फैलाउने कोरोना भाइरससँगै पार्टी एकता खल्बलाउन उद्धत छद्मरुपी भाइरसलाई एकिकृत आक्रमण गरौँ । प्रधानमन्त्रीकै कमाण्डमा अझ फराकिलो मोर्चा खोलौ । भाइरसले विज्ञानलाई नै निलम्बन गरेर सबै मानवजातिलाई युद्ध मोर्चामा बोलाएको बेला स्वार्थको सांघुरो कोटरीमा धेरै चिनी मिसाएको रोटी सेकेर समय बर्बाद नगरौ ।

वि.सं.२०७६ चैत २९ शनिवार १९:४२ मा प्रकाशित

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

देउवाको नयाँ अध्याय कि पुरानै शक्ति–संघर्ष ?

पाँच महिनापछि नेपाल फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले जारी...

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...