back
CTIZAN AD

जोखिम मोल्दै यसरी दायित्व पूरा गर्दैछन् जनप्रतिनिधिहरु

वि.सं.२०७६ चैत २९ शनिवार

666 

shares

२९ चैत, झापा ।  नेपाल सहित विश्वभर कोरोना भाइरसको प्रभाव फैलिरहेको छ, त्यसको नियन्त्रणका लागि अनेकन प्रयासहरु भईरहेका पनि छन् । यस बेला डाक्टर, नर्स सहितका स्वास्थ्यकर्मीको भूमिका ज्यादै महत्वपूर्ण सावित भईरहेको छ ।

अर्कोतर्फ चैत्र ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण देशै ठप्प भएपछि दैनिक ज्याला मजदुरी गर्ने अतिविपन्न नागरिकलाई पेट भर्न समस्या परेको छ । नागरिकले खान पाउने हकलाई सुरक्षित गर्न यतिवेला राज्यले स्थानीय तहमार्फत अतिविपन्न नागरिकलाई पेट भर्न खाद्यान्य उपलब्ध गराउँदै छ । कोरोनाको सन्त्रास फैलिरहँदा अतिविपन्न नागरिक छनौट गर्ने कुरा र उनीहरुलाई खाद्यान्य उपलब्ध गराउने कुरा पनि चुनौतिपूर्ण बन्दै गएको छ ।

प्रत्येक वडाका वडा सदस्यहरु यतिवेला अतिविपन्न नागरिकको नाम छनौट गर्न र खाद्यान्य उपलब्ध गराउने कुरामा दिनरात लागिपरेका छन् । सामान्य मास्कको भरमा हरेकसँग सम्पर्कमा रहनुपर्ने भएकाले देशैभरका वडासदस्य ठूलो जोखिममा परेका छन् । अधिकाशं वडासदस्यले सावधानीका साधन प्रयोग गर्न नै पाएका छैनन् । असुरक्षित भएर हरेकसँग सम्पर्कमा जानुपर्ने हुँदा उनीहरु असुरक्षित मात्र छैनन् उनीहरुका कारण हरेक नागरिक पनि असुरक्षित बन्दै गएका छन् ।

विश्वमा भईरहेको कोरोना फैलावटको अवस्थालाई हेर्ने हो भने नेपालमा चुनौती विस्तारै थपिन सक्ने संम्भावना अझै टरेको छैन । अवस्था जटिल बन्दै गयो भने हरेक नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने स्थानीय तहका जनप्रतिनिधिलाई ठूलो समस्या निम्तन सक्ने खतरा देखिएको छ । सुरक्षा र सावधानीका साधन स्थानीय तहमा प्रर्याप्त व्यवस्थापन गर्न बेलैमा सम्बन्धित निकायको ध्यान नपुग्ने हो भने समस्या अझ विकराल बन्न सक्ने खतरा टरेकै छैन ।

अतिविपन्न नागरिकको चुल्हो बल्नेकुरामा उनीहरुको भूमिका पनि उत्तिनै महत्व पूर्ण सावित भईरहेको छ । वडा सदस्यको भूमिका कमदेखियो भन्ने आरोप खेपिरहेका वडासदस्यहरु यतिवेला आफ्नो भूमिका सावित गर्ने कुरामा लागेका पनि छन् ।

अतिविपन्न नागरिकको तथ्याङ्क संकलन गर्ने अन्य जनप्रतिनिधि, तथ्याङ्क संकलन र राहत वितरणका लागि गठन गरेको समितिका अन्य सदस्यहरु पनि सामान्य मास्कको भरमा काममा खटिँदा चुनौति पनि थपिइरहेको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर १ का वडा सदस्य टीकाप्रसाद धिमालले ‘कोरोनाले कसैलाई पनि नचिन्ने हुँदा आफूहरु सामान्य मास्कको भरमा हरेक नागरिकको घरमा पुगिरहेका छौं हामी पनि कहाँ सुरक्षित छौं र तरपनि जनताको काम गर्ने कसम खाएका हामीले जस्तो सुकै परिस्थितिमा पनि जनताका लागि काम गरिरहेका छौं, गर्ने नै छौं’ भनेका छन् ।

त्यस्तै बुद्धशान्ति–२ का वडासदस्य नेत्र गौतमले पनि सकेसम्म सावधानीका उपायहरु अपनाएरै जनतालाई खाद्यान्य बाँड्ने, अतिविपन्न नागरिकको तथ्याङ्क लिने काम गरिरहेको बताएका छन् । उनले आफूहरु पूर्ण सुरक्षित नरहेको थाहाहुँदा हुँदै पनि जनतालाई यो संक्रमण र अभावबाट बचाउन अहोरात्र खटिरहेको बताएका छन् ।

बुद्धशान्ति गाउँ कार्यपालिका सदस्य समेत रहेकी बुद्धशान्ति–३ की वडासदस्य भगवती शर्मा खतिवडाले यहीँ उत्पादन भएका मास्क, सिमित ग्लोब्स र सेनिटाइजर प्रयोग गरेर सुरक्षित हुने सावधानीहरु अपनाएर जनतालाई राहत दिने, सचेत बनाउने कार्यमा सम्पूर्ण जनप्रतिनिधि लागेको बताउँदै प्रयाप्त स्रोत साधन नहुँदा असुरक्षित महसुस भईरहेको बताउँछिन् । उनले भनिन् ‘जनताका लागि आफ्नो परवाह नगरी जनप्रतिनिधि खटिरहेका छौं ।’

त्यस्तै कार्यपालिका सदस्य समेत रहेकी बुद्धशान्ति ४ की वडा सदस्य दुर्गादेवी पोखरेलले पनि आफ्नो जिम्मेवारी पूरा गर्न लागिपरेको बताइन् । सुरक्षाका सामान्य सामग्रीहरुकै भरमा दैनिक रुपमा खटिरहेको उनले बताइन् । उता बुद्धशान्ति–५ का वडासदस्य डेगेन्द्र कार्कीले कोरोनाको संक्रमणसँग कोहि पनि सुरक्षित नरहेको बताएका छन् । जनताको काम गर्न सामान्य सावधानी अपनाउँदै आफूहरु खटिरहेको उनले बताए ।

त्यस्तै बुद्धशान्ति-६ का वडासदस्य लेखनाथ निरौलाले ‘जहाँसम्म सुरक्षाका लागि सावधानीहरु अपनाइएको छ, तर त्यो पर्याप्त होइन भन्नेकुरा त सबैलाई थाहा भएकै कुरा हो तर पनि विपन्न नागरिकलाई खाद्यान्य वितरणमा जोडतोडका साथ लागेका छौ’ भनेका छन् ।

वि.सं.२०७६ चैत २९ शनिवार १८:४५ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...