back
CTIZAN AD

विश्व्यापी कोरोनाको कहर: पत्रकार तथा सचेत नागरिकको भूमिका

वि.सं.२०७६ चैत २९ शनिवार

807 

shares

सामाजिक सतर्कता सम्बन्धि पत्रकारहरुका सूचना अहिले अत्यन्त महत्वपुर्ण छन् । संचार जगत अहिले अधिकतम मृत्युका समाचारहरु बेचिरहेको छ । संसार कोरोना आतंकले त्रस्त छ । त्यसैले यो बेला हाम्रा लेखनको शैली परिवर्तन नगर्ने हो भने र यो भयाबह अबस्थालाई जस्ताको तस्तै र अझ आतंकित पार्ने तवरले समाचार पस्किदै जाने हो भने मान्छेले क्रमश बाँच्ने आशा गुमाउँछ । त्यसपछि मानिसले ‘मर्ता क्या नही कर्ता’ भनेझै लुटपाट र आतंक मच्चाउन बेर मान्दैन । अन्तराष्ट्रिय संघ संगठनहरुले बिभिन्न माध्यामबाट त्यसको संकेत दिइसकेका छन् ।

अन्तर्राष्ट्रिय मौद्रिक कोषका प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जिएभाको पनि उपस्थिति रहेको पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठनका निर्देशक टेड्रोस अधानोम गेब्रेससले कोरोनाले केवल स्वास्थ्य समस्या मात्रै नल्याउने भएकोले सबै देशहरुले सामाजिक र आर्थिक चुनौतीको सामना गर्ने कार्यक्रम पनि सँगसँगै लैजानुपर्ने बताएका छन् । नागरिक स्वास्थ्य बचाउन थुप्रै देशहरूले लगाएका प्रतिबन्धहरूले व्यक्ति र परिवारको आम्दानी र समुदाय र देशहरुको अर्थव्यवस्थामा ठूलो क्षति पुर्याइरहेकोले अहिले विश्वका मानिस जीवन र जीविकोपार्जनका लागि साझा संघर्षमा जानुको अब विकल्प छैन ।

सम्पूर्ण राज्यहरुले समाज कल्याण कार्यक्रमहरू मार्फत मानिसहरूलाई खानेकुरा र अन्य जीवनको आवश्यक चीजहरू सुनिश्चित गर्नका लागि आह्वान गर्नुको अब बिकल्प रहेन । अबका केहि महिना अबस्था यस्तै रह्यो भने लुटपाट जस्ता घटना बढ्न सक्ने तर्फ पनि मिडियाले नागरिकलाई सचेत गराउनु जरुरी छ ।

महामारीबारे बालबच्चालाई दिने सुचना र सतर्कताबारे पत्रकारिताको महत्व
यसवेला तपाईंले आफ्ना बच्चालाई कोरोनाबारे बताउनु पर्छ । आफ्ना नानीबाबुसँग कुरा गर्नुहोस् र सोध्नुहोस्, उनीहरूलाई कोरोना भाइरसबारे के थाहा छ ? यसबारे उनीहरूले गलत सूचना त पाइरहेका त छैनन् ? पत्रकार र अविभावकहरुको सहि र सन्तुलित सुचनाले बृद्ध तथा बाल मस्तिष्कमा पार्ने प्रभाब महत्वपूर्ण हुन्छ ।

ख्याल गर्ने कुरा
पटक–पटक टेलिभिजनको पर्दामा कोरोनाको समाचार हेर्दा, पत्रिकाका हेडलाइन पढ्दा तपाईंका केटाकेटी कहाँ थिए, तपाईंसँगै थिए या थिएनन् ? थिए भने समाचार हेरेर आत्तिए कि आत्तिएनन् ? तपाईंले ओहो ! अब त केही पाइँदैन रे, सबैतिर बन्द भैसक्यो रे भनेर छिमेकीसँग कुरा गर्दा उनीहरूले सुने कि सुनेनन् होला ? स्कुल अचानक एक साताको सूचनामा हतारहतार परीक्षा लिएर बिदा दिँदा कति तर्सिए होलान्, के हामीले यसबारे केही सोचेका छौँ ?

दिने जानकारी
आफ्ना केटाकेटीलाई के भनिदिनहोस् भने यो एउटा साधारण रोग हो जुन केही साताको उपचारपछि ठिकठाक हुनेछ । अधिकांश बालबालिका त यसबाट रोगी भएका छैनन्, भइहाले पनि चिसोको रुघाजस्तै केही समयमा ठिक हुनेछ । कुनै पनि कुरालाई सरल र विषयकेन्द्रित गरिदिनुहोस् र सकेसम्म सकारात्मक सन्देश दिनुहोस् । उनीहरूलाई रोगको मुख्य लक्षण बताइदिनुहोस् र लक्षणसँग मिल्दो कुनै शारीरिक समस्या भयो भने भनिहाल्न अह्राउनुहोस् । रोगबारे सुरक्षित हुन भइरहेका प्रयासबारे बताइदिनुहोस् । सबै डाक्टर तथा नर्सहरूले रोग फैलिन नदिन रातदिन मेहनत गरिरहेको कुरा बताइदिनुहोस् । संसारभरका मानिसले एकअर्कालाई सहयोग गरिरहेको कुरा बताइदिनुहोस् । उपलब्ध उपचार सेवा तथा भ्याक्सिनबारे पनि जानकारी दिनुहोस् ।

बालबालिकाहरू हजुरबा वा हजुरआमाबारे चिन्तित छन् भने त्यो उनीहरूको माया हो । त्यसको सराहना गर्नुहोस् र उपलब्ध मेडिकल सेवा तथा अन्य सकारात्मक जानकारी दिनुहोस् ।

नयाँ कुरा सिक्न तथा जान्न छलफल गर्नुहोस् । उदाहरणका लागि हाम्रो शरीरले कसरी भाइरससँग प्रतिरोध गर्छ, रोगका क्षण देखिएमा कसरी कम गर्न सकिन्छ ? साथै, भाइरसले हामीलाई कसरी बिरामी बनाउँछ र त्यस्तो बेलामा के के गर्ने भन्ने पनि राम्ररी बुझाइदिनुहोस् ।
बालबालिकामा आत्मविश्वास जगाउनुहोस् र घरमै कस्तो तयारी थाल्ने भन्ने कुरा सिकाइदिनुहोस् । यस्तो विशेष परिस्थितिलाई नयाँ रुटिन पालना गर्नुपर्ने अवसरका रूपमा लिनुहोस् ।

हातलाई कसरी संक्रमणमुक्त राख्ने, खोक्दा के के कुरामा ध्यान दिनुपर्छ, अनुहारमा हात नलाने, विशेषगरी नाकलाई हातले छुँदै–नछुने, हात मिलाउनु भन्दा नमस्कार वा अन्य उपाय अपनाउने कुरा बताइदिनुहोस् । साना बालबालिकालाई नयाँ रुटिन अनुसार चल्न यस्तो यस्तो गर्ने भनेर आफूले नै गरेर देखाइदिनुहोस् ।

उनीहरूले आफ्नो हेरचाह आफैं गर्नका लागि केही नयाँ जिम्मेवारी पनि दिनुहोस् । यसले उनीहरूमा आत्मविश्वास जाग्छ र सबल बनाउँछ ।
विगतमा उनीहरूलाई भएको रोगबारे कुरा सम्झाएर, रोग भनेको के हो र स्कुल नजानु नै क्वारेन्टाइमा बस्नु हो भन्ने बुझाउँदै कति समयपछि सबै कुरा ठिक हुन्छ भन्ने राम्ररी बुझाइदिनुहोस् ।

यो भाइरस एउटा देश,वर्ग वा एक समूहका मान्छेलाई मात्र हुने होइन भन्ने बुझाइदिनुहोस् र संक्रमणबाट बच्ने उपाय तथा गाह्रो परिस्थिति केही सातापछि सबै ठिक हुन्छ भन्ने निश्चिन्त पारिदिनुहोस् ।

त्यस्तै बच्चा र वृद्धलाई यो रोग लागेपछि बाँच्न मुस्किल हुन्छ भनेर कहिल्यै सुनाउनु हुँदैन । त्यसले उनीहरुको आत्मबलमा अत्यन्तै नकारात्मक प्रभाब पार्छ । मनोविज्ञान सकारात्मक बनाउने समाचार सम्प्रेषण गरि अन्तराष्ट्रिय मानब जगतमा प्रकृतिलाई सम्मान गर्ने, प्रकृति र मानबबिचको अन्तरसम्बन्धलाई बुझाउने खालका समाचार वा लेखले भविष्यमा राज्यले अपनाउने नीतिलाई प्रभाब पार्न सक्छ । बयस्क तर क्रोनो बुद्धिजीबीहरुको लागि यस्ता लेखहरुले प्रकृतिमा मानब जीबनको सन्तुलन बुझ्ने सवालमा उनीहरुको आँखाको ढक्कन खोलिदिन सक्छ । त्यसैले यस्ता महामारीहरुको रोकथामका तात्कालिक तथा दिर्घकालिक उपाएबारे प्राकृतिक सन्तुलनको प्रभावसंग जोडेर गरिने बहसले पृथ्वीमा मानब प्रजातिको बसाइलाई दीर्घकालिक बनाउन मद्धत पुर्याउने छ ।

वि.सं.२०७६ चैत २९ शनिवार १८:२७ मा प्रकाशित

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

तीन सङ्कटले थलिएको नेपाली अर्थतन्त्र

१. पृष्ठभूमि नेपाल तीनवटा संरचनात्मक आर्थिक सङ्कटहरू–खाद्य असुरक्षा, फराकिलो व्यापार...

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

पूँजीवादी उपभोक्तावाद र बिज्ञापन: “खाए खा नखाए घिच”

के तपाईं टेलिभिजन हेर्दा, रेडियो सुन्दा, पत्रिका पढ्दा वा सामाजिक...

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

राष्ट्रवाद र देशभक्तिमा के फरक छ ?

१. पृष्ठभूमि राष्ट्रवाद र देशभक्ति बीचको मुख्य भिन्नता के हो...

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्रः संक्षिप्त विवेचना

विज्ञान भैरवतन्त्र काश्मीर शैव दर्शन र कौल त्रिक परम्पराको एक...

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

कस्तो अनौठो! फिफा विश्व फुटबल !!

"देवताले भक्तलाई चिन्नु पर्दैन, भक्तले मात्र देवतालाई चिन्नुपर्छ।" यो नियम...

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

त्रिदेशीय साझेदारीको रणनीति : प्रचण्डको युगान्तकारी विचार

संसारमै चक्मा दिने गरी जनयुद्ध (बिचारले उठेको शसस्त्र संघर्ष) को...