back
CTIZAN AD

बन्दाबन्दीको सदुपयोग छाडा गाई बाच्छा संरक्षण सुरु

वि.सं.२०७७ वैशाख १ सोमवार

849 

shares

१ वैशाख, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका बेला उपत्यकामा छाडा छोडिएका गाई बाच्छालाई आश्रय दिने अभियान शुरु गरिएको छ ।

पशुपति क्षेत्र विकास कोष तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उत्तरी कुनामा रहेको कागेश्वरी मनोहरा नगरापालिका–८ स्थित गोठाटारको वाग्मती किनारको चौरमा संरक्षित गाई बाच्छा संरक्षण अभियान लगायत संस्थाको सहकार्यमा गाई बाच्छा संरक्षण अभियान शुरु भरेको हो ।

चैत २६ गतेदेखि शुरु भएको उपत्यकाका सडकमा छोडिएका गाई बाच्छा संरक्षण अभियानका क्रममा ७२ वटा गाईको उद्धार गरी संरक्षण गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

संरक्षण स्थलमा पहिले नै ७० वटा गाई बाच्छा थिए । उपत्यकाकै नगर क्षेत्रमा पालिएका गाई फार्ममा गाईका बाच्छा जन्मिए त्यसको केही दिनमा पशुपति वरपरको क्षेत्रमा लगी छोड्नेको सङ्ख्या बढ्न थालेको अभियानकर्मी उत्तम पुडासैनीले जानकारी दिए । बाच्छी जन्मिए राख्ने बाच्छा जन्मिए केही महिना मै पशुपति एवं वाग्मती किनारमा छोडिन्छन् । यसबाट सडक दुर्घटनाका समस्यासमेत बढ्ने गरेको छ ।

संविधानमा गाईलाई राष्ट्रिय जनावरका रूपमा उल्लेख गरिएको छ । वैदिक सनातन हिन्दू धर्म अनुसार पनि गाईलाई गौमाताका रूपमा पुजिन्छ । शास्त्रीयरूपमा गरिने प्रत्येक शुभकर्ममा गाईदानको महत्व समेत उल्लेख गरिएको छ । गाईको यही महत्वका कारण कोष र अभियानलगायत संस्थाको सहकार्यमा छाडा छोडी सडकमा अलपत्र गाई बाच्छा उद्धार अभियान शुरु भएको हो ।

बन्दाबन्दी सकिएपछि यहाँ जम्मा भएका गाई बाच्छालाई गोठाटारस्थित कोषको जग्गामा व्यवस्थित गरिने मौखिक सहमति समेत भएको छ । उपत्यकाका सबै नगरपालिकाका प्रमुखसँग पनि बन्दाबन्दी सकिएपछि छलफल गरेर छाडा गाई बाच्छा व्यवस्थित गर्न दबाब दिइने तयारी भइरहेको छ ।

स्थानीय तहले आफ्नो क्षेत्रका गाई बाच्छा दर्ता गर्ने व्यवस्था गरेर छाडा छोडेको पाएमा सेवा सुविधा कटौती गर्नुपर्ने माग अभियानकर्मीले गरेका छन् । बन्दाबन्दीमा सडकमा छोडिएका छाडा गाई बाच्छाले खान नपाएका कारण पनि यस्तो अभियान शुरु गरिएको हो । गत वर्ष जेठ १ गतेदेखि यहाँ गाई बाच्छा संरक्षण अभियान शुरु गरिएको थियोे । अभियानमा हाल आधा दर्जन अभियानकर्मी स्वयंसेवीरूपमा खट्ने गरेका छन् । रासस

वि.सं.२०७७ वैशाख १ सोमवार १२:१९ मा प्रकाशित

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा...

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

रास्वपा महाधिवेशनः भरिन थाले होटल, सहभागीलाई विशेष तयारीको आग्रह

नारायणगढ (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनको मिति...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको १९औँ नगर अधिवेशनले आगामी आर्थिक वर्ष...