back
CTIZAN AD

सहजरुपमा सेवा दिन नसकिएको भन्दै नेपाली दूतावास जापानले जारी गर्यो यस्तो सूचना

वि.सं.२०७७ वैशाख २ मंगलवार

1.6K 

shares

२ बैशाख, जापान । जापानमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम र जापान सरकारले ७ अप्रिलदेखि ६ मईसम्म टोकियो लगायत ९ वटा प्रिफेक्चरहरुमा स्टेट इमरजेन्सी घोषणा गरिएको जानकारी दिँदै जापानस्थित नेपाली दूतावासले यस्तो परिस्थितिमा सहजरुपमा सेवा उपलब्ध गराउन नसकिने भन्दै सार्वजनिक सूचना जारी गरेको छ ।

‘यसप्रकारको विषम परिस्थितिमा दूतावासबाट विभिन्न कामका सिलसिलामा आउनुहुने नेपाली दिदीबहिनी तथा दाजुभाइहरु एवं विदेशीहरुलाई सहजरुपमा सेवा उपलब्ध गराउन नसकिने भएको हुँदा अर्को सूचना नभएसम्मका लागि राजदूतावासबाट प्रदान हुने सबै सेवाहरु स्थगित गरिएको व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ दूतावासद्धारा जारी सूचनामा भनिएको छ ।

दूतावासले विभिन्न नम्बरका टेलिफोन तथा इमेलमा सम्पर्क गर्न अनुरोध गर्दै राहदानीका लागि फारम बुझाउने र राहदानी लिने, यात्रा अनुमतिपत्र बनाउने कागजात प्रमाणिकरण,अविवाहिताको प्रमाणपत्र, जन्मदर्ता प्रमाणपत्र, नाता सम्बन्ध प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, अधिकृत वारेशनामा प्रमाणिकरण, हस्ताक्षर प्रमाणिकरण लगायतका सम्पूर्ण कागजात प्रमाणिकरण) भिषा सम्बन्धी कार्य अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको दूतावासले बताएको छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार १३:२४ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...