back
CTIZAN AD

चिकित्सक कुटपिटको घटनामा छनविन समिति गठन,प्रनाउलाई जिम्मेवारीबाट हटाइयो

वि.सं.२०७७ वैशाख ४ बिहीवार

738 

shares

४ बैशाख, काठमाण्डौं । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको भनिएको घटनामा नेपाल प्रहरीले प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानविन समिति गठन गरेको छ ।

गएराति चिकित्सकत्रय शम्भू खनाल तेजप्रकाश साह र विकास शाहलाई काम सकेर फर्कने क्रममा प्रहरीबाट अभद्र व्यवहार र कुटपिटसमेत भएको भनिएको घटनाको अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको संयोजकत्वमा प्रहरी उपरीक्षक मुकेश सिंह र प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी सहभागी छानविन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ ।

कार्यालयले आज एक विज्ञप्ति जारी गरी उक्त घटनाका आरोपी महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्साललाई प्रमुखको जिम्मेवारीबाट हटाई अन्य संलग्न प्रहरी कर्मचारीमाथि समेत अनुसन्धान थालिएको जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमणलाई न्यूनीकरण गरी नागरिकको जीवन रक्षार्थ अग्रपङ्त्तिमा खटिएका चिकित्सकको उच्च सम्मान रहेको महानगरीय प्रहरी कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै कार्यालयले कार्यस्थलमा खटिने प्रहरी कर्मचारीबाट पेशाकर्मी तथा आमनागरिकप्रति गरिने व्यवहारमा कहीँकतै कमजोरी हुन नदिने तथा स्वास्थ्यकर्मीको सुरक्षा र आवागमनमा विशेष संवेदनशील रहने प्रतिबद्धता जनाएको छ ।

उक्त घटनाका विषयमा नेपाल चिकित्सक सङ्घलगायत चिकित्सा पेशासँग सम्बन्धित विभिन्न संस्थाले समेत गम्भीर ध्यानाकर्षण गराएका छन् ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १५:४४ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...