back
CTIZAN AD

बहराइनमा संक्रमित मध्ये ९० प्रतिशत प्रवासी, नेप्लीज वेलफेयर सोसाइटीले गर्यो यस्तो अनुरोध

वि.सं.२०७७ वैशाख ४ बिहीवार

777 

shares

४ बैशाख, बहराइन । बहराइनमा कोरोना भाइरस कोभिड १० संक्रमित मध्ये ९० प्रतिशत आप्रवासी रहेको त्यहाँका संचारमाध्यमले जनाएका छन् ।

बहराइनमा अहिले डरलाग्दो र अप्ठेरो परिस्थिति रहेको र यो कहिले सामान्य हुन्छ भन्ने भन्न सकिने अवस्था नरहेको नेप्लीज वेलफेयर सोसाइटी बहराइने बताएको छ ।
यसले विश्वमा धैरै धनजनको क्षति भएको र बहराइनमा पनि हालसम्म १ हजार भन्दा बढी संक्रमित भएकोमा ९० प्रतिशतको संख्यामा बाहिर देशबाट रोजगारीका लागि आउने कामदार रहेको त्यहाँस्थित संमाचार श्रोतहरुले जनाएको सोसाइटीले जानकारी दिएको छ ।

यस्तो परिस्थितिमा वास्तविक अप्ठेरोमा परेका नेपालीलाई सहयोग पुर्याउन इमान्दारीताका साथ भूमिका खेल्ने बताउँदै सोसाइटीले भनेको छ ‘यदी कोही अप्ठेरो परिस्थितिमा हुनुुहुन्छ भने कृपया तुरुन्त नेपाली दूतावास बहराइन अथवा नेप्लीज वेलफेयर सोसाइटी बहराइनको जो कोहि प्रतिनिधि समक्ष यथाशिघ्र सम्पर्क गरी जानकारी गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

सोसाइटीका अध्यक्ष नारायण रपाल विश्वकर्मा र महासचिव विरेन्द्र बुढाथोकीद्धारा विहिबार जारी विज्ञप्तिमा यदि स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएमा तुरुन्त मेडिकल हटलाइन ४४४ मा सम्पर्क गर्न समेत सबै नेपालीलाई अनुरोध गरिएको छ ।

जसमा नेपाली दूतावासको नम्बर १७७२५५८३, ३२०९५०४१, ३४१६११३६ तथा सोसाइटीको ३६९९९८२९, ३६१६५६३०,३७७९८१३६, ३६८१७५५७,३८४०२११२, ६६९०७०९४ र ३६७३९४३३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १९:३४ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...