back
CTIZAN AD

मोरङ सुनसरी समाज नेपालद्धारा ‘कोरोना जनसुरक्षा कोष’ लाई १ लाख सहयोग

वि.सं.२०७७ वैशाख ४ बिहीवार

945 

shares

४ बैशाख, सुनसरी । मोरङ सुनसरी समाज नेपालले १ नम्बर प्रदेश सरकारले खडा गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

समाजले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न १ नम्बर प्रदेश सरकारले खडा गरेको ‘कोरोना जनसुरक्षा कोष’ को राष्ट्रिय वाणिज्य बैंक बिराटनगरमा रहेको खाता नम्बर २१२०००५८८१०१ मा १ लाख रुपैयाँ जम्मा गरेको हो ।

संस्थाका अध्यक्ष लोकबहादुर तामाङका अुनसार ‘कोरोना जनसुरक्षा कोष’ मा जम्मा गरिएको उक्त रकम मोरङसुनसरी सेवा समाजको प्रवास शाखा कतारले स्थापना गरेको शैक्षिक अक्षयकोषको ब्याजबाट प्राप्त भएको रकम हो ।

हालको विषम परिस्थितिमा मूलुक लकडाउनमा रहेको र विश्वमै संकट आई परेकोले संस्थाले आफ्ना सदस्यहरू तथा वैदेशिक शाखाहरु परिचालन गरी रकम संकलन गर्न कठिन छ । यसर्थ हाललाई शैक्षिक अक्षय कोषमा रहेको रकम प्रयोग गरिए पनि वातावरण सहज भएपछि मोसु केन्द्रसहित प्रवास शाखाहरु कतार, बहराईन, ओमन, युएई, कुवेत, जापान, साउदी अरबबाट संकलन हुने रकमबाट उक्त शैक्षिक अक्षयकोषको रकम भरपुर गरी सम्बन्धित उद्देश्यमा नै प्रयोग गरिने कुरा संस्थाले जनाएको छ ।

विगत वर्षहरुका प्राकृतिक विपत्तिका बेलामा सम्बन्धित निकायसँगको समन्वय एवं स्विकृतिमा संस्था आफै पीडितहरुसम्म पुगी राहत वितरण गर्दै आएकोमा यस पटक भने स्थानीय, प्रदेश र संघिय तीनै तहका सरकारले एकद्वार प्रणाली लागू गरेको हुँदा उक्त रकम प्रदेश सरकारले खडा गरेको खातामा जम्मा गरिएको समेत अध्यक्ष तामाङले बताए ।

मोरङ र सुनसरी कार्य क्षेत्र रहेको यस संस्थाले शैक्षिक, स्वास्थ्य तथा असशक्त, असहायहरुका निम्ति काम गर्दै आइरहेको छ । वार्षिक योजनामै समाबेश गरी नेपाल सरकारको अन्धोपन निवारण गर्ने उद्देश्य पुरा गर्न मोरङ तथा सुनसरी जिल्लाका गाउँ गाउँमा आँखा शिविरहरु संचालन गर्दै आईरहेको छ । अध्यक्ष तामाङले संस्थाका वार्षिक कार्यक्रम बाहेक पनि प्राकृतिक विपत्तिमा एवं भवितव्य घटनाहरुमा समेत उत्तिकै साथ र सहयोग गर्दै आइरहेको बताए ।

बाढीपीडित, आगलागी, हुरीबतासलगायमा संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने रगत अभावमा कसैको ज्यान नजाओस् भनेर वार्षिक रुपमा खुल्ला रक्तदान समेत गर्दै आएको छ । यस संस्थाले विभिन्न धार्मिक उत्सवहरुमा स्वास्थ्य शिविरसहित निःशुल्क पिउने पानी उपलब्ध गराउँदै आएको समेत अध्यक्ष तामाङले बताए । यस बाहेक संस्थाभित्रका सदस्यहरुको व्यक्तित्व विकास, संस्थागत एवं व्यवसायिक दक्षताविकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको छ ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १९:०६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...