back

मोरङ सुनसरी समाज नेपालद्धारा ‘कोरोना जनसुरक्षा कोष’ लाई १ लाख सहयोग

वि.सं.२०७७ वैशाख ४ बिहीवार

465 

shares
GLOBAL IME AD
NTC AD

४ बैशाख, सुनसरी । मोरङ सुनसरी समाज नेपालले १ नम्बर प्रदेश सरकारले खडा गरेको ‘कोरोना जनसुरक्षा कोष’ मा १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

समाजले विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न १ नम्बर प्रदेश सरकारले खडा गरेको ‘कोरोना जनसुरक्षा कोष’ को राष्ट्रिय वाणिज्य बैंक बिराटनगरमा रहेको खाता नम्बर २१२०००५८८१०१ मा १ लाख रुपैयाँ जम्मा गरेको हो ।

संस्थाका अध्यक्ष लोकबहादुर तामाङका अुनसार ‘कोरोना जनसुरक्षा कोष’ मा जम्मा गरिएको उक्त रकम मोरङसुनसरी सेवा समाजको प्रवास शाखा कतारले स्थापना गरेको शैक्षिक अक्षयकोषको ब्याजबाट प्राप्त भएको रकम हो ।

हालको विषम परिस्थितिमा मूलुक लकडाउनमा रहेको र विश्वमै संकट आई परेकोले संस्थाले आफ्ना सदस्यहरू तथा वैदेशिक शाखाहरु परिचालन गरी रकम संकलन गर्न कठिन छ । यसर्थ हाललाई शैक्षिक अक्षय कोषमा रहेको रकम प्रयोग गरिए पनि वातावरण सहज भएपछि मोसु केन्द्रसहित प्रवास शाखाहरु कतार, बहराईन, ओमन, युएई, कुवेत, जापान, साउदी अरबबाट संकलन हुने रकमबाट उक्त शैक्षिक अक्षयकोषको रकम भरपुर गरी सम्बन्धित उद्देश्यमा नै प्रयोग गरिने कुरा संस्थाले जनाएको छ ।

विगत वर्षहरुका प्राकृतिक विपत्तिका बेलामा सम्बन्धित निकायसँगको समन्वय एवं स्विकृतिमा संस्था आफै पीडितहरुसम्म पुगी राहत वितरण गर्दै आएकोमा यस पटक भने स्थानीय, प्रदेश र संघिय तीनै तहका सरकारले एकद्वार प्रणाली लागू गरेको हुँदा उक्त रकम प्रदेश सरकारले खडा गरेको खातामा जम्मा गरिएको समेत अध्यक्ष तामाङले बताए ।

मोरङ र सुनसरी कार्य क्षेत्र रहेको यस संस्थाले शैक्षिक, स्वास्थ्य तथा असशक्त, असहायहरुका निम्ति काम गर्दै आइरहेको छ । वार्षिक योजनामै समाबेश गरी नेपाल सरकारको अन्धोपन निवारण गर्ने उद्देश्य पुरा गर्न मोरङ तथा सुनसरी जिल्लाका गाउँ गाउँमा आँखा शिविरहरु संचालन गर्दै आईरहेको छ । अध्यक्ष तामाङले संस्थाका वार्षिक कार्यक्रम बाहेक पनि प्राकृतिक विपत्तिमा एवं भवितव्य घटनाहरुमा समेत उत्तिकै साथ र सहयोग गर्दै आइरहेको बताए ।

बाढीपीडित, आगलागी, हुरीबतासलगायमा संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ भने रगत अभावमा कसैको ज्यान नजाओस् भनेर वार्षिक रुपमा खुल्ला रक्तदान समेत गर्दै आएको छ । यस संस्थाले विभिन्न धार्मिक उत्सवहरुमा स्वास्थ्य शिविरसहित निःशुल्क पिउने पानी उपलब्ध गराउँदै आएको समेत अध्यक्ष तामाङले बताए । यस बाहेक संस्थाभित्रका सदस्यहरुको व्यक्तित्व विकास, संस्थागत एवं व्यवसायिक दक्षताविकासका लागि विभिन्न तालिम तथा कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेको छ ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १९:०६ मा प्रकाशित

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’ जारी

काठमाडौँ । सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक...

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

बर्सिम घाँसखेतीले पशुपालक किसानलाई सहज

देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम घाँसले...

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

चुरोट सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघात

काठमाडौँ । सुर्तीजन्य पदार्थ सेवन गर्नेलाई तीनगुणा बढी हृदयाघातको सम्भावना...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज...

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

देवचुलीमा २७ सय बढी किशोरीलाई एच.पी.भी खोप दिइने

नवलपुर । देवचुली नगरपालिकामा २७ सय ६० किशोरीहरू एच.पी.भी खोप...

घाँसखेतीले पशुपालक किसानलाई सहज

घाँसखेतीले पशुपालक किसानलाई सहज

रञ्जिता अधिकारी/देउखुरी (दाङ) । यतिबेला घोराही क्षेत्रका खेतबारी लहलह बर्सिम...