back

कतार सरकारले भन्यो-विदामा सहमति गरिएपनि श्रमिकहरुको खाने बस्ने सुविधा कटौती गर्न पाइदैन

वि.सं.२०७७ वैशाख ४ बिहीवार

1K 

shares

४ बैशाख, कतार । कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले कोभिड १९ लाई लक्षित गरेर बुधबार (अप्रिल १५)‘वर्तमान सङ्कटमा करार सम्बन्धको नियमन’ जारी गरेको छ ।

नेपाली दूतावास कतारका अनुसार उक्त जारी निर्देशनमा हालको अवस्थामा सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्नका लागि कामदार र रोजगारताताबीचको सहकार्य अत्यन्त आवश्यक भएको बताइएको छ ।

कोभिड १९ रोकथामका प्रयास अनुरूप सरकारी निर्देशनमा सेवा वा काम बन्द भएका क्षेत्रहरूको दीर्घकालीन निरन्तरताका लागि वर्तमान संकटलाई मध्यनजर गर्दै रोजगारदाता र श्रमिकबीच आपसी सहमतिमा बेतलबी बिदा, वार्षिक बिदा लिने वा कार्य समय घटाउने सहमति गर्न सकिने तथापि खाने बस्ने सुविधा कटौती गर्न भने नपाइने बताइएको छ ।

साथै काम बन्द नभएका क्षेत्रका कामदारलाई नियमित रूपमा करारअनुसार आधारभूत तलब सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने समेत बताइएको छ ।

यस्तो छ कतारमा आज कोरोना संक्रमणको अवस्था

कतारमा हालसम्म ५६ हजार ३८१ जनामा कोरोना संक्रमणको परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टाभित्र १८ सय ९७ जनामा परीक्षण गरिएको सम्बन्धीत निकायले जानकारी दिएको छ ।

त्यस्तै हालसम्म संक्रमितको संख्या ४ हजार १०३ पुगेको छ । पछिल्लो २४ घण्टामा ३९२ जना नयाँ संक्रमितको पहिचान भएको छ । साथै हालसम्म ३ हजार ६८१ जनाले उपचार गराइरहेका छन् भने पूर्ण स्वास्थ्यलाभ गर्नेको संख्या ४१५ जना पुगेको छ । साथै मृतकको संख्या ७ नै रहेको छ ।

यस्तो छ दूतावासले दिएको जानकारी

कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले हिजो (१५ अप्रिल) जारी गरेको “वर्तमान सङ्कटमा करार सम्बन्धको नियमन” सम्बन्धी वक्तव्यमा भएका प्रावधान तथा कतारमा कोरोना संक्रमणको पछिल्लो अवस्थाका बारेमा जानकारी:

१. कतार सरकारको प्रशासनिक विकास, श्रम तथा सामाजिक सुरक्षा मामिला मन्त्रालयले हिजो (१५ अप्रिल) जारी गरेको “वर्तमान सङ्कटमा करार सम्बन्धको नियमन” सम्बन्धी वक्तव्यामा कतारमा रहेका नेपाली कामदारहरुलाई उपयोगी हुने मुख्य मुख्य प्रावधानहरू निम्नानुसार रहेको छ:

-हालको अवस्थामा सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्नका लागि कामदार र रोजगारताताबीचको सहकार्य अत्यन्त आवश्यक भएको।

– COVID-19 रोकथामका प्रयास अनुरूप सरकारी निर्देशनमा सेवा वा काम बन्द भएका क्षेत्रहरूको दीर्घकालीन निरन्तरताका लागि वर्तमान संकटलाई मध्यनजर गर्दै रोजगारदाता र श्रमिकबीच आपसी सहमतिमा बेतलबी बिदा, वार्षिक बिदा लिने वा कार्य समय घटाउने सहमति गर्न सकिने तथापि खाने बस्ने सुविधा कटौती गर्न भने नपाइने ।

– काम बन्द नभएका क्षेत्रका कामदारलाई नियमित रूपमा करारअनुसार आधारभूत तलब सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने ।

– क्वारेन्टिनमा परेका वा संक्रमित भई उपचाररत रहेका कामदारले बिरामी बिदा उपलब्ध भए पनि वा नभए पनि आधारभूत तलब सुविधा पाउने ।

– हालको सम्झौताको आधारमा र प्रचलित कानूनको अधिनमा रही रोजगारदाताले सम्झौता मुताविक पूर्व सूचना दिई रोजगार सम्झौता रद्द गर्न सक्ने । यसो गर्दा कामदारले पाउनुपर्ने बाँकी सरसुविधा उपलब्ध गराउनुका साथै हवाइ टिकट उपलब्ध गराउनुपर्ने ।

-सम्झौता रद्द गरिएका कामदारलाई समेत रोजगारदाताको खर्चमा कामदार आफ्नो देशमा फर्कने प्रकृया पूरा नहोउन्जेलसम्म खानेबस्ने सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने ।

– कुनै कम्पनीले माथि उल्लिखित मन्त्रालयको निर्देशन उल्लङ्घन गरेको पाइएमा कतारको कानुनअनुसार कानुनी कारवाही अगाडि बढाइने।
-कार्यक्षेत्र, आवास वा श्रम सम्बन्धि समस्या परेमा मन्त्रालयको हटलाइन (40280660) मा सम्पर्क गर्ने वा आफ्नो कतार आइडी वा भिसा नंको अगाडि ५ थपी 92727 मा SMS पठाउनुपर्ने र सो गुनासोको तुरुन्त सुनुवाइ हुने। यो सेवा विभिन्न भाषामा उपलब्ध रहेको र २४ सै घण्टा खुल्ला रहने।

कतारका कम्पनीहरुले दिए नेपाली कामदारलाई बासस्थान छोड्न दवाव !

वि.सं.२०७७ वैशाख ४ बिहीवार १८:२२ मा प्रकाशित

Himalayan Life AD
अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...