back
CTIZAN AD

कतारका कम्पनीहरुले दिए नेपाली कामदारलाई बासस्थान छोड्न दवाव !

वि.सं.२०७७ वैशाख २ मंगलवार

2.5K 

shares

२ बैशाख, काठमाण्डौं । कतारमा कार्यरत नेपालीहरुलाई त्यहाँका कम्पनीले वासस्थान छोड्न दवाव दिएका छन् ।

नेपाली दूतावास कतारले कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिमा हाल कतारमा कार्यरत नेपाली कामदारलाई आफू कार्यरत कम्पनीले उपलब्ध गराएको बासस्थान छोड्न दबाब दिने गरेको गुनासो आएको बताएको छ ।

दूतावासले एक सूचना जारी गर्दै दूतावासमा त्यस्ता गुनासा सहित फोन इमेल आउने गरेको बताउँदै त्यस्ता गुनासाहरु कतार सरकारको ःMinistry of Administrative Development, Labour & Social Affairs  को ९२७२७ मा म्यासेज गर्न तथा टेलिफोन नम्बर ४०२८०६६० वा १६००८ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

बासस्थानलगायत खाना र तलबका बारेमा परेका गुनासाहरुका लागि कतार सरकारको मन्त्रालयमा म्यासेज गर्दा QID वा Visa Number को अगाडि ५ थपेर पठाउनु पर्ने पनि दूतावासले जानकारी दिएको छ ।

दूतावासका अनुसार कतारमा हालसम्म ५२ हजार ६२२ मा परीक्षण गरेकामा ३ हजार ४२८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १९७ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमा स्वास्थ्यलाभ गरेर घर फर्किएकाको संख्या ३७३ पुगेको छ भने मृतकको संख्या ७ रहेको छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार १८:४६ मा प्रकाशित

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...