back
CTIZAN AD

अब भ्रममा नपरौँ, आरटी र्यापिड डाइग्नोस्टिक टेष्ट परीक्षण भनेको के हो ?

वि.सं.२०७७ वैशाख ४ बिहीवार

843 

shares

आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ भन्ने बित्तिकै कोरोना छैन भन्न मिल्दैन । आरडिटीबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना संक्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको ३ हप्ता काटेको छैन भने एक हप्ता पछि पुन आरडिटी गराउनु पर्छ । त्यस्ता व्यक्तिहरु जो संक्रमित व्यक्तिको संसर्गमा हुनुहुन्छ उनीहरुलाई आरटी पिसीआर विधिबाट परीक्षण गर्नुपर्छ ।

४ वैशाख, काठमाडौँ । अहिले धेरै सुनिने शब्द हो, आरटी र ¥यापिड डाइग्नोस्टिक टेष्ट परीक्षण । कोहि व्यक्ति कोरोना संक्रमित छ कि छैन भनेर परीक्षण गर्ने यो विधिबारे यथार्थ जानकारी नहुँदा ¥यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिने बित्तिकै हामी कोरोनै लागेको हो भन्ने भ्रममा पर्दछौँ । तर यथार्थमा आरटी र ¥यापिड डाइग्नोस्टिक टेष्ट परीक्षण भनेको के हो र यसको परीक्षण कसरी गरिन्छ, यसबारे जानकारी राखौँ ।
आरटी र ¥यापिड डाइग्नोस्टिक टेष्ट परीक्षण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा गराईएको जानकारी यस्तो छ :

कोभिड १९ को संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणहरु दुई प्रकारहका छन् । रियल टाइम(आरटी) पीसीआर र द्रुत परीक्षण किट(¥यापिड डाइग्नोस्टिक टेष्ट) को प्रयोग गरी गरीने परीक्षण ।

(आरटी) पीसीआर विधि : भनेको शरीरमा भाइरस भए नभएको नै पत्ता लगाउने विधि हो । कोरोनाको भाइरस मानिसको शरीरभित्र थुकको छिट्टा मार्फत मुख, नाक वा आँखाबाट प्रवेश गर्छ । त्यसपछि करिब ५ देखि ७ दिनसम्म शरीरमा भाइरसको संख्या वृद्धि भइसक्छ र यो बेला मानिसको घाँटी, नाक वा सासनलीबाट खकारको नमुना लिई आरटी पीसीआर विधिबाट परीक्षण गर्दा भाइरस देखिन्छ । यो भाइरस दोस्रो हप्तामा अत्याधिक रुपमा शरीरमा फैलिन्छ । अनि तेस्रो हप्तादेखी विस्तारै कम हुँदै जान्छ । त्यसैले आरटी पीसिआर विधिले जाँच गर्दा तेस्रो हप्तादेखि भाइरस कम देखिने वा नदेखिने पनि हुन सक्छ । तर शरीरमा भाइरस प्रवेश गरेपछि यो भाइरस विरुद्धको एण्टीवडी विकास हुन थाल्छ । हालसम्म्को अध्ययन अनुसार भाइरस प्रवेश गरेको ७ दिनदेखि आरजी ‘एम’ नामको एण्टीवडी बन्छ, यस्तो आइजीएम करिब एक महिनासम्म कम हुँदै जान्छ र करिब १४ दिनदेखि आइजी ‘जी’ नामको एण्टीबडी उत्पादन हुन्छ जुन चाहिँ केही लामो समयसम्म रहन सक्छ । आइजीएमले संक्रमण भर्खरै भएको संकेत गर्छ भने आइजीजीले संक्रमण केही पुरानो हो भन्ने बुझाउँछ ।

हाल कोरोना परीक्षणको लागि प्रयोग हुने ¥यापिड डाइग्नोस्टिक टेष्ट (आरडीटी) पनि कोरोना विरुद्धको यहि एण्टीवडी देखाउने हो । त्यसैले द्रुत परीक्षण विधिबाट परीक्षण गर्दा पोजेटिभ देखिए कम्तिमा एक हप्ता अघि नै कोरोनाको संक्रमण भएको भन्ने बुझिन्छ किनभने कोरोनाको एण्टीबडी विकास हुन कम्तिमा ७ दिन लाग्छ । त्यसैले कोरोना संक्रण भएको शुरुको अवस्थामा ¥यापिड डाइग्नोस्टिक टेष्ट किटबाट जाँच गर्दा नेगेटिभ देखिन सक्छ । त्यसैले कोरोना संक्रमणको सुरुको हप्तामा आरटी पिसीआरबाट र दोस्रो हप्ता कटेपछि ¥यापिड डाइग्नोस्टिक किटबाट परीक्षण गर्दा पोजिटिभ देखिने सम्भावना बढी हुन्छ । साधारणतय, आरडिटीबाट नेगेटिभ आएको आरटी पिसीआर जाँचबाट पोजेटिभ देखिएमा कोरोना संक्रमणको सुरुको अवस्था हो । दुवैमा पोजेटिभ आए कम्तिमा पनि दुई हप्ता अघि संक्रमण भएको भन्ने बुझिन्छ । आरटीडी पोजेटिभ र आरटी पिसीआरमा नेगेटिभ भए कम्तिमा ३ हप्ता अगाडि कोरोना संक्रमण भएको थियो र यसको विरुद्धको प्रतिरक्षा गर्ने एण्टीबडी उत्पादन भएको भन्ने बुझिन्छ ।

आरडीटी विधिबाट परीक्षण गर्दा नेगेटिभ भन्ने बित्तिकै कोरोना छैन भन्न मिल्दैन । आरडिटीबाट परीक्षण गर्दा नेगेटिभ आएको तर निजको कोरोना संक्रमित व्यक्तिसँगको संसर्ग वा सम्पर्क भएको ३ हप्ता काटेको छैन भने एक हप्ता पछि पुन आरडिटी गराउनु पर्छ । त्यस्ता व्यक्तिहरु जो संक्रमित व्यक्तिको संसर्गमा हुनुहुन्छ उनीहरुलाई आरटी पिसीआर विधिबाट परीक्षण गर्नुपर्छ ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १८:०७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...