back
CTIZAN AD

राजधानीमा लकडाउन उल्लङ्घन बढ्यो, आक्रमक बन्दै ट्राफिक प्रहरी

वि.सं.२०७७ वैशाख ४ बिहीवार

831 

shares

“बुधबार मात्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले तत्काललाई मलामी बाहेकलाई सवारीपास नदिने निर्णय गरेको थियो ।

४ वैशाख, काठमाडौं । कोरोनाको सम्भावित माहामारीबाट जोगाउन सरकारले लकडाउन जारी राखेको समयमा राजधानीमा सवारी आवागमन बढेको छ । आवागमन बढेपछि प्रहरी पनि अक्रमक हुन थालेको छ ।

काठमाडौं उत्यकाका बिभिन्न ठाउँमा कडाईका साथ चेक जाँच गरिरहेको प्रहरीले ४६ ठाउँमा सिनियर प्रहरी अधिकृतको कमाण्डमा अनुगमन गरिरहेको जनाएको छ । जस अनुसार बिहान ९ बजेदेखि ११ बजेसम्म तथा अपरान्ह ४ बजे देखि ६ बजेसम्म काठमाडौंका २४, ललितपुका ११ तथा भक्तपुरको ११ बिभिन्न ठाउँमा चेक जाँच भै रहेको माहानगरिय ट्राफिक प्रहरी प्रवक्ता जीवन कुमार श्रेष्ठले जानकारी दिएका छन ।

सवारी साधनको पास वितरणमा कडाई

ट्राफिक प्रहरीले दिएको जानकारी अनुसार बुधबार ४ बजेसम्म काठमाडौं उपत्यकामा ४६९ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिईएका सवारीमध्ये ४२० वटा २ पाङ्ग्रे तथा ४९ वटा चार पाङ्ग्र सवारी रहेका छन ।

विनाकाम संचालन गरिएका सवारीलाई केहिक्षण नियन्त्रणमा लिएर पुन संचालन नगर्ने सर्तमा छोड्ने गरिएको प्रहरीको भनाई छ ।

‘आज एक दिनलाई लकडाउन अबधिभरी संचालन नगर्ने सर्तमा छोड्ने गरेका छौं ‘ प्रवक्ता श्रेष्ठले भने ‘फेरि अर्को दिन पनि बिनाकाम सन्चालन गरेको पाईएमा कानुन बमोजिम काबाहि गर्छौं ।’

बुधबार मात्र जिल्ला प्रशासन कार्यालय काठमाडौंले तत्काललाई मलामी बाहेकलाई सवारीपास नदिने निर्णय गरेको थियो ।

प्रहरीले खाद्यान्न, पानी, औषधी, दुध लगायत अत्याबस्यक सामाग्रीको ढुवानी गर्ने सवारी साधनलाई निर्बाध चल्न दिने जनाएको छ । प्रहरीका अनुसारकतै कतै अत्याबस्यक सामाग्रीहरुको ढुवानी गरेर फर्किएका सवारीले यात्रु ओसारपसार गरेको पाईएकोले तिनलाई पनि नियन्त्रणमा लिईएको जनाएको छ ।

बिनाकाम संचालन गरेकाले राजधानीको बिभिन्न ठाउँमा प्रहरीले नियन्त्रण लिएका सवारी

 

राजधानीको डिल्लीबजारमा राहातको लागि जम्मा भएका सर्बसाधारण । लकडाउनको अबधि बढेसंगै राहात लिनेको भिड बढेको छ ।

राजधानीमा दुईपाङ्ग्रे मात्र होईन चार पाङ्ग्रे सवारीको पनि चाप बढेको छ भने अत्याबस्यकिय सामाग्रि बोक्ने सवारीले पनि यात्रु बोक्ने गरेको प्रहरीले जनाएको छ ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १७:४६ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...