back
CTIZAN AD

हालसम्म १९ हजार बढीमा कोरोनाको परीक्षण, १०३ जना आइसोलेसन र रेडजोनमा २४७ जना

वि.सं.२०७७ वैशाख ४ बिहीवार

741 

shares

४ बैशाख, काठमाण्डौं । नेपालमा हालसम्म १९ हजार ४६३ जनामा कोरोना भाइरसको परीक्षण गरिएको छ । जसमा पिसीआर प्रविधिबाट ७ हजार २४० र र्यापिड डाइग्नोेस्टिकबाट १२ हजार १९२ जनामा परीक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ३ हजार २६३ जनामा परीक्षण गरिएको विहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

त्यसैगरी मन्त्रालयले देशभरीका ७७ जिल्ला मध्ये ६९ जिल्लामा आरडिटी परीक्षण सुरु गरिसकेको जानकारी दिएको छ । जसमा ताप्लेजुङ, ओखलढुंगा इलाम, खोटाङ, सोलुखुम्बु मनाङ, रुकुमपूर्व र डोल्पा गरेर ८ जिल्लामा बाँकी रहेको जानकारी दिएको छ ।

हालसम्म विभिन्न जिल्लामा गरिएको आरडिटी परीक्षणमा केहीमा पोजेटिभ देखिएपनि पिसीआर विधिबाट गरिएको जाँचमा नेगेटिभ आएको छ ।
हालसम्म क्वारेन्टाइनमा ४ हजार ९०१ जना, आइसोलेसनमा १०३ जना जसमा उपत्यकाभित्र ८ जना र उपत्यका बाहिर ९५ जना रहेका छन् । साथै रेडजोनमा २४७ जना रहेका छन् ।

त्यसैगरी वीरगन्जको छपकैयामा आज ४ सय र्यापिड टेष्ट गरिएकामा सबैको रिर्पोट नेगेटिभ देखिएको छ ।
त्यस्तै अहिलेसम्म १६ जनामा संक्रमण देखिएकोमा १ जना उपचारपछि घर फर्किइसकेको र अन्य १५ जना उपचारकै क्रममा रहेका छन् । उनीहरुको स्वास्थ्य सामान्य नै रहेको छ ।

त्यसैगरी सरकारले कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६ जारी गरिएको छ । जसमा कोभिड क्लिनक संचालन गर्ने अनुमति पाएका २५ वटा हव अस्पताल, ६४ वटा प्रादेशिक अस्पताल र २२ वटा मेडिकल कलेजहरु रहेकोमा काठमाण्डौं उपत्यकाका थप १६ वटा निजी अस्पताललाई पनि कोभिड क्लिनक संचालन गर्ने गरीसूचिकृत गरिएको जानकारी दिइएको छ ।

त्यसैगरी औषधि व्यवस्था विभागका प्रमुख नारायण प्रसाद ढकालले कोभिड १९ को उपचार र तयारीका सम्बन्धमा आफ्ना भनाइ राख्दै नेपालमा निजी क्षेत्र र सरकारी दुवै क्षेत्रले औषधि तथा स्वास्थ्य सामग्रीको उपलब्धता गर्ने काम गरेको बताए ।

उनले नीजि र सरकारी तर्फबाट वितरण गरिने औषधिका बारेमा उत्पादनकर्ता पैठारी तथा दाताहरु समेतले नेपाली बजारमा वितरण गरिरहेको अवस्थालाई नजिकबाट अनुगमन गरिएको बताए । उनले उत्पादनको अवस्था, वितरण र अभावको अवस्थालाई दैनिक र साप्ताहिक रुपमा अनुगमन गरिएका तथा जानकारी लिइएको बताउँदै हेन्ड सेनिटाइजर नेपालमै उत्पादनको व्यवस्था गरिएको र अहिले २० भन्दा बढी त्यस्ता उद्योगले यी उत्पादनहरु बजारमा ल्याइसकेको समेत जानकारी दिए । त्यसको जानकारी औषधि विभागको वेव पेजबाट पनि लिन सकिने उनले बताए ।

यस्तो छ कोभिड– १९ बारे स्वास्थय मन्त्रालयले आज गराएको जानकारी

वि.सं.२०७७ वैशाख ४ बिहीवार १७:४२ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...