back
CTIZAN AD

कोरोना अपडेट : २१ लाख बढीमा कोरोना, १ लाख ४५ हजार भन्दा बढीको मृत्यु

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

801 

shares

५ वैशाख, काठमाडौँ । चीनको हुवेईको वुहान सिटीबाट सुरु भै इटाली, स्पेन र अमेरीकालाई थला पार्दै नोबेल कोरोना भाइरस अर्थात् (कोभिड १९) अहिले विश्वका २१० देश पुगिसकेको छ ।

२०७७ वैशाख ५ (सन् २०२० अप्रिल १७) बिहान .१३ बजेसम्मको प्राप्त समाचार अनुसार संसारका २१ लाख २ हजार १ सय ९७ मानिसमा कोरोना भाइरस सल्केको छ भने कूल मृत्युसंख्या १४५,५२१ रहेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन ९८,८९३ जना नयाँ संक्रमित थपिएका हुन् भने १०,९०५ जनाको मृत्यु भएको हो ।

निको भएर घर फर्किएकाहरु संख्याका ५४७,२९५ छ भने उपचाररत बिरामीको संख्या १,४८९,३८१ रहेको छ । जसमध्ये १,४३२,७९३ को अवस्था मध्यम छ भने ५६,५८८ को स्थिति गम्भिर रहेको छ ।

वल्र्डोमीटरका अनुसार अहिले सबैभन्दा बढी प्रभावित हुनेमा लगातार अमेरिका नै देखिन्छ । अमेरिकामा मात्रै प्रभावितको संख्या ६४४,०८९ पुगेको छ भने २८,५२९ को मृत्यु भएको छ ।

मृत्युदरको हिसाबमा अमेरिका सबैभन्दा बढी प्रभावित देश बनेको छ । अघिल्लो हप्तादेखि इटालीमा मृत्युदर लगातार घट्दो क्रममा रहेको देखिन्छ । इटालीमा प्रभावितको संख्या १ लाख ६८ हजार ९ सय ४१ रहेको छ भने मृत्यु हुनेको संख्या २२,१७० जना रहेको छ । अघिल्लो चौबिस घण्टामा ५२५ जनाको मृत्यु भएको छ ।

कोरोना उत्पत्ति भएको देश चीनमा मंगलबार २६ नयाँ बिरामी थपिएका छन् । चीनमा प्रभावितको संख्या ८,२३६७ रहेको छ ।
प्रभावका हिसाबले अमेरिका, स्पेन, इटाली, फ्रान्स, जर्मनी, बेलायत अनि चीन क्रमशः छन् भने मृत्यु संख्याको हिसाबले अमेरिका पहिलो(३४,६१७) इटाली दोस्रो(२२,१७०), स्पेन तेसो(१९,३१५), फ्रान्स चौंथो(१७,९२०), बेलायत पाचौँ(१३,७२९), इरान छैठौं(४,८६९), बेल्जियम सातौँ(४,८५७) र चीन आठौँ(३,३४२) क्षति व्यहोर्ने देशमा छन् ।

नेपालमा कोरोना भाइरस अपडेट :
नेपालमा संक्रमितको संख्या नियमित बढेको छ । २४ घण्टामा नेपालमा कुनै नयाँ संक्रमित थपिएका छैनन् । मंगलबार थप दुई जनामा कोरोना भएको पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १६ पुगेको हो । मंगलबारसम्म ७२४० जनाको परीक्षण भएको छ ।

चीनको वुहान युनिभर्सिटीमा पीएचडी अध्ययनरत ३२ वर्षीय पुरुषमा नेपालमा पहिलोपटक कोरोना पोजिटिभ देखिएको थियो । ती पुरुष निको भएर घर फर्किएसकेका छन् भने हाल १३ जना उपचाररत छन् ।

चैत्र २३ गते कोरोना संक्रमित एक व्यक्तिबाट अर्काेमा सरेपछि नेपाल कोरोना भाइरसको दोस्रो चरणमा प्रवेश गरेको छ । दुबईबाट फर्केका कैलालीका संक्रमित एक युवाबाट उनको भाउजुमा कोरोना भाइरस पोजेटिभ देखिएपछि दोस्रो चरण सुरु भएको हो । युवासँग भेट भएको १२ दिनपछि उनकी भाउजुमा संक्रमण भएको थियो ।

कोरोनाको चरण हेर्दा यसका चार चरण रहेका छन् । व्यक्तिमा सिमित संक्रमण (विदेशबाट फर्केर आएका) पहिलो चरण हो । ट्राभल हिस्ट्री भएको व्यक्तिमार्फत परिवारमा संक्रमण देखिनु दोस्रो चरण मानिन्छ । एउटा समुदायबाट अर्को समुदायमा पैmलनु तेस्रो चरण हो भने महामारीको रुप लिएको अवस्था चौथो चरण हो ।

फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल एक युवतीको चैत्र १० गतेको परीक्षणमा कोरोना संक्रमित भएको पुष्टि भएपछि भोलिपल्ट अर्थात् चैत्र ११ गतेदेखि सरकारले देशभर लकडाउन गरेको थियो । सरकारले ११ गते मंगलवार बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी गरेको लकडाउन चौंथो हप्तासम्म लम्बाएर आगामी वैशाख १५ गते सम्म पु¥याइएको छ । विश्वभर तथा छिमेकी देश भारतमा समेत संक्रमितको संख्या बढीरहेका कारण नेपालको लकडाउन बढ्ने सम्भावना देखिन्छ ।

अर्को छिमेकी देश भारतमा संक्रमितको संख्या बढीरहेको छ । आइतबारसम्म १३,४३० जना संक्रमित रहेको र ४४८ जनाको मृत्यु भएको देखिन्छ । २४ घण्टामा १०६० नयाँ संक्रमित थपिएका छन् भने ५५ जनाको मृत्यु भएको देखिन्छ ।

यस्तो छ कोरोना भाइरसको अपडेट तथ्याङ्क :

वि.सं.२०७७ वैशाख ५ शुक्रवार ०८:४४ मा प्रकाशित

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...