back
CTIZAN AD

समस्यामा परेका नेपालीले कम्पनीको नामसहित अन्य विवरण उपलब्ध गराइदिन नेपाली दूतावास साउदीको अनुरोध

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

693 

shares

५ बैशाख, साउदी । खाडी क्षेत्रका कतार, युएई, बहराइन, कुवेतलगायतका अधिकांश देशमा कार्यरत नेपाली कामदारहरु यतिबेला कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा पर्न थालेका छन् ।

साउदीमा रहेको नेपाली दूतावासले पनि त्यहाँ कार्यरत नेपालीहरुले यस्तै गुनासो धेरै गर्न थालेको जानकारी दिँदै त्यस्ता कामदारले कम्पनीको नामसहित अन्य विवरण उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

दूतावासले विहिबार एक सूचना जारी गर्दै भनेको छ, ‘साउदीमा पछिल्लो समय नेपाली राजदूतावासमा टेलिफोन वा ह्वाट्सएपबाट सम्पर्क गर्नुहुने अधिकांश नेपालीहरुले कम्पनीको कार्यवातावरण असुरक्षित भएको, कम्पनीले घरजाने फारम भराएको, खान नदिएको वा वास नदिएको लगायतका समस्याहरु राख्ने गर्नुभएको छ । यसरी अनुरोध गर्दा आफू कार्यरत कम्पनीको नाम, कार्य गरेको अवधि, हालको समस्या र उपलव्ध भएसम्म त्यहाँ कार्यरत भइ समस्यामा परेका नेपालीको संख्या समेत उपलव्ध गराइदिनुहुन अनुरोध छ ।’

कोरोना भाइरसको संक्रमणको यस संकटको घडीमा जहां रहेपनि सुरक्षित रहन अनुरोध गर्दै दूतावासले भनेको छ ‘संसारभर आगामी केही दिनहरु यो भाइरसको संक्रमणका हिसावले अत्याधिक चुनौतिपूर्ण र जोखिमपूर्ण समेत रहेकाले अधिकांश मुलुकहरुले संक्रमण फैलन नदिन हरसम्भव सबै उपायहरु अवलम्वन गरेका छन् । यी उपायहरुमा हातेमालो गर्दै सहयोग गरौं । संक्रमणको कारण नबनौं र संक्रमण हुनबाट पनि बचौं भन्ने अनुरोध छ ।’

साउदी अधिकारीले दिएको पछिल्लो जानकारी अनुसार साउदीमा विहिबारसम्म कोरोना संक्रमितको संख्या ६ हजार ३८० पुगेको छ । जसमा विहिबार मात्र ५१८ जनामा संक्रमित देखिएको हो ।

कुल सं क्रमित मध्ये ९ सय ९० जना निको भएका छन् भने विहिबार ४ जनाको मृत्यु भएसँगै साउदीमा मृतकको संख्या ८३ जना पुगेको पनि दूतावासको सूचनामा उल्लेख रहेको छ । यस अवधिमा थप नेपालीमा संक्रमण देखिएको सूची प्राप्त नभएको पनि दूतावासले जनाएको छ ।

स्मरण रहोस् यसअघि कतारमा कार्यरत नेपालीहरुलाई पनि कम्पनीले वासस्थान छा्ड्न दवाव दिएको, महिनौदेखि तलब नदिएको गुनासोहरु आएका छन् । कतारस्थित नेपाली दूतावासले कामदारले फोन गरेर यस्ता समस्याहरु सुनाउने गरेको सूचना जारी गरेको थियो । यद्यपी कतार सरकारले कतारमा कार्यरत श्रमिकहरुलाई काम तथा तलबमा दुवैपक्षवीच आपसी समँवयमा गरे पनि खानबस्नबाट बन्चित गराउन नपाइने बताएको छ ।

युएईमा पनि धेरै नेपाली कामदार समस्यामा परेको र त्यहाँस्थित नेपाली सामाजिक संस्थाहरुले राहत वितरण गरिरहेको जानकारी समेत आइरहेको छ । भने कुवेतमा पनि समस्यामा परेका नेपालीलाई राहत वितरण गरेको एनआरएनए कुवेतले जनाएको छ ।

नेप्लीज वेलफेयर सोसाइटी बहराइनले पनि समस्यामा परेका नेपालीका लागि विभिन्न नम्बर उपलब्ध गराएर समस्यामा दूतावास तथा सोसाइटीका नम्बरमा फोन सम्पर्क गर्न अनुरोध गरेको थियो ।

साउदीमा कोरोना संक्रमित तीन नेपाली निको भएर काममा फर्किए

वि.सं.२०७७ वैशाख ५ शुक्रवार ०८:५२ मा प्रकाशित

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

किसान, मजदूर र सुकुमवासीका हक, हित र अधिकारको संरक्षण एवं प्रवद्र्धनमा प्रतिबद्ध छौँः प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल...