back
CTIZAN AD

साउदीमा कोरोना संक्रमित तीन नेपाली निको भएर काममा फर्किए

वि.सं.२०७६ चैत २६ बुधवार

801 

shares

२६ चैत, साउदी । साउदीमा कोरोना संक्रमण भएका  ४ नेपाली मध्ये ३ जना निको भएर काममा फर्किएका छन् ।

नेपाली दूतावास साउदीका अनुसार  दूतावास ती नेपाली कामदारको सम्पर्कमा रहेको र  अन्य नेपालीमा संक्रमण देखिएको छैन ।

दूतावासले  बुधबार (८ अप्रिल)  सम्म  साउदीमा कोरोना संक्रमितको संख्या  २९ सय ३२ पुगेको र  कूल संक्रमित भएका मध्ये  ६३१ जना निको भएर फर्किएका छन् । दूतावासका अनुसार साउदीमा आजमात्रै १३७ जनामा संक्रमण भएको  छ ।

यस्तो दूतावासले दिएको जानकारी

साउदी अरबमा कोरोना संक्रमण, नेपाली नागरिकको पछिल्लो अवस्था र अन्य जानकारी ।

१. साउदी अरबमा कोरोनाको संक्रमण हुनु भएका ४ जना नेपाली नागरिकहरु मध्ये ३ जना निको भइ काममा फर्किनुभएको सबैमा जानकारी गराइन्छ । नेपाली राजदूतावास उहाँहरुसँग सम्पर्कमा रहिरहेको छ । थप नेपालीहरुमा संक्रमण भएको जानकारी प्राप्त भएको छैन ।

२. आज मिति २०७६।१२।२६ (अप्रिल ८, २०२०) मा साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या २९३२ पुगेको छ । आज थप १३७ जनामा संक्रमण भएको छ । कूल संक्रमितहरु मध्ये हालसम्म ६३१ जना निको भएका छन् ।

३. साउदी स्वास्थ्य मन्त्रीले कोरोना नियन्त्रणको प्रयासमा सबैको साथ सहयोग भएमा मात्र सरकार सफल हुने र संक्रमित हुनेहरुको संख्या घट्ने उल्लेख गर्दै सरकारका प्रयासहरुमा सहयोग गर्न सबैलाई अनुरोध गर्नुभएको छ । उहांले We are all responsible भन्ने नारालाई आत्मसात गर्न पनि सबैलाई अनुरोध गर्नुभएको साउदी सरकारी समाचार एजेन्सीले जनाएको छ ।

केहि अध्ययन र सिफारिसहरुलाई उल्लेख गर्दै उहाँले सर्वसाधारणकाे सहयोग नभएमा साउदी अरबमा आउँदा केही हप्तामा कोरोना भाइरसको संक्रमण भयावह हुने र १० हजार देखि २लाख जनामा यो संक्रमण फैलन सक्ने चेतावनी दिँदै सहयोगको अनुरोध गर्नुभएको हो । तपाई हामी नेपाली कोही पनि कोरोना संक्रमणको कारण वा शिकार नबनौँ । स्थानीय सरकारका प्रयासमा पूर्णरुपमा साथ दिऔँ।

४. विदेशी नागरिकहरुसँग काम गर्दा, हिँडडुल, उठवस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्नुहुन, एक अर्काबीच दुरी कायम गर्नुहुन र कुनै पनि व्यक्ति वा सरसामानलाई अनावश्यक छुने वा स्पर्श गर्ने नगर्नुहोला ।
————————–
नेपाली राजदूतावास
रियाद
२०७६।१२।२६

वि.सं.२०७६ चैत २६ बुधवार १९:३२ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...