back
CTIZAN AD

इटाली सरकारको किनमेल भौचर, हेर्नुहोस् कस्ता व्यक्तिले पाउछन् त ?

वि.सं.२०७६ चैत २६ बुधवार

957 

shares

चैत, इटाली । ईटालीयन सरकारले कोरोना भाइरसबाट अति प्रभावितहरुका लागि आधारभुत आवस्यकता खरिद गर्नका लागि सामाजिक सुरक्षा योजना अन्तर्गत किनमेल भौचर योजना ल्याएको छ ।

कोभिड १९ को महामारीको आपतकालबाट सबैभन्दा बढी आर्थिक प्रभावमा पर्न सक्ने परिवारहरूको लागि ल्याइएको यो योजना कोरोना महामारीबाट अति प्रभावित र आर्थिक हिसाबले गंभीर कठिनाई भोगिरहेका नागरिकहरुका लागि किनमेल भौचर (Buoni Spesa) लिनको लागि निम्न सिमाहरु तोकिएको छ ।

१- परिवारका सदस्य भित्र एक जनाको मात्रै आयस्रोत (monoreddito)भएको अथवा कसैको पनि अन्य आयस्रोत नभएको हुनुपर्ने ।

२ -घर भाडा तिरेर बसेका हुनुपर्ने र आफ्नै खरिद गरेको घर छ भने उनिहरुले बैंकको किस्ता तिर्नुपर्ने भएको हुनुपर्ने अर्थात लोन चुक्ता नभैसकेको हुनुपर्ने छ ।

३- गत ३१ मार्च सम्ममा बैंकमा छ हजार भन्दा बढी क्यास डिपोजिट नभएको हुनुपर्ने ।

४ -परिवारको बार्षिक आम्दानी २० हजार युरो भन्दा कम भएको हुनुपर्ने । परिवारले संयुक्त रूपमा २०१८ भित्रमा ४० हजार युरो भन्दा कम कमाइ गरेको हुनुपर्छ ।

५ -कोरोनाको कारणले फेब्रअरी १ बाट जागिर गुमाएका हुनुपर्ने । तर जागिर गुमाएकाहरुले बेरोजगारी भत्ता लिने गर्नुभयो भने यो सुविधा पाइदैन ।

६-Reddito di Cittadinanza बाट भत्ता लिइरहेकाहरुले पनि पाउदैनन् ।

७-एउटै घरका परिवार र जोडी दुबै जना Cassa integrazione मा हुनुभयो र बच्चा बच्ची छन् बैंकको लोन किस्ता तिर्न धौ–धौ पर्नेहरु हुनुपर्ने ।

८- Covid-19 का कारण फेब्रअरी २०२० मा कामको साहुले जबरजस्त कामबाट बर्खास्त (Licenziamento ) गरेको हुनुपर्छ ।

इटालीमा झन्डै १.८ मिलियन घर परिवारहरु पूर्ण गरिबीको रेखामुनि (सुकुम्बासी) छन् कमायो खायो तर नो सेभिङ्ग जस्ले दैनिकी काम गरेर गुजारा चलाएका हुन्छन् त्यसैले विशेषगरि त्यस्ता परिवारहरुको लागि मध्यनजर राख्दै तयार पारिएको सामाजिक योजना हो ।  सरकारले किनमेल भौचर ( Buoni Spesa ) घर घरमा बाड्दैछ भनेर आएका समाचार झुठा हुन् ।

मानिसहरु फर्म भर्नुस है फर्म भर्नुस भनेको मात्रै सुन्छु तर के, कसरी र को कस्ले यो सुबिधा लिन मिल्ने भन्ने जानकारी कमै लाई थाहा भए जस्तो लाग्यो र धेरै जनाको जिज्ञासा आएको हुनाले बुझ्न् सजिलो होस् भनेर जनहितमा जारी यो सन्देश सेयर गरि अरुहरुलाइ पनि जानकारी दिनसक्नुहुनेछ ।

सबै नगरपालिकाहरु (Comune) मा एउटै नियम लागु नहुन पनि सक्छ त्यसैले नजिकै को Caf, Patronato, Commercialista अथवा कमुनेमा गएर राम्रोसँग बुझ्नुस् ।

नेपाली समाज रोमका अध्यक्ष हरिभक्त कराखेतीद्धारा इटालीवासी नेपाली समुदायका लागि दिइएको जानकारी

वि.सं.२०७६ चैत २६ बुधवार २१:३१ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...