back
CTIZAN AD

के हो राहत कोष र कसले र कसरी प्राप्त गर्न सक्छन् ? (हेर्नुस यसबारे जानकारी)

वि.सं.२०७६ चैत २६ बुधवार

1K 

shares

यतिबेला अमेरिका कोरोना भाइरसबाट सबैभन्दा प्रभावित बनेका छन् । घरबाट बाहिर निस्किएर काम गर्न सकिने अवस्था नहुँदा अमेरिकी सरकारले कोरोना महारोग राहत बिलको ४२.२ ट्रिलियन राहत कोष बाँड्ने घोषणा गरेको छ । साथै अमेरिकी सरकारले बेरोजगार भत्ता समेत दिने घोषणा गरेको छ । अमेरिकी सरकारले घोषणा गरेको राहत कोष र बेरोजगार भत्ता के हो ?  कसले प्राप्त गर्न सकिन्छ र कसरी प्राप्त गर्न सकिने ? भन्ने विषयमा अन्यौलता नरहोस् भनेर अमेरिकामा रहेका नेपाली संघसंस्थाहरुले आ–आफ्नो तर्फबाट जानकारी गराउने काम गरिरहेका छन् । यसैसन्दर्भमा प्रवासी नेपाली एकता मंच अमेरिकाले आफ्नो सामाजिक सञ्जाल फेसबुकुमा राहतकोषबाट कति र कसरी सुविधा पाउन सकिन्छ । साथै बेरोजगार भत्ता बारे बृस्तित जानकारी गराएको छ । यो जानकारी कुनै पनि बेला सरकारले परिवर्तन गर्न सक्ने हुँदा यसलाई सामान्य जानकारीको रुपमा लिन समेत मंचले आग्रह गरेको छ ।

यस्तो छ प्रवासी नेपाली एकता मंच अमेरिकाले उल्लेख गरेको जानकारी :

अमेरिकामा यतिखेर सबैको सरोकार रहेको कोरोना महारोग राहत बिलको $२.२ ट्रिलियन राहत कोषबाट कति र कसरी सुविधा प्राप्त गर्न सकिन्छ साथै बेरोजगार भत्ता कस्ले, कसरी पाउन सकिन्छ भन्ने विषयमा यहाँ संक्षेपमा चर्चा गरिनेछ।यो सल्लाह सामान्य जानकारीको रुपमा लिनु होला । यहाँ प्रस्तुत जानकारी कुनै पनि बेला परिवर्तन हुन सक्छन्।यो लेखमा एकल व्यक्ति (single) ले पाउने $१,२००; बिबाहित दम्पत्ति (married couple) ले पाउने $२,४०० र हरेक सन्तान (dependent) ले पाउने $५०० कसरी प्राप्त गर्ने ? भन्ने विषय र हरेक हप्ता पाउन सकिने बेरोजगार भत्ता (weekly unemployment benefit) सुविधा दावी कसरी पाउन सकिन्छ ? भन्ने विषयमा सविस्तार (step-by-step) चर्चा गरिनेछ।

(१) कोरोना राहत कस्ले पाउन सक्छ ?

-$७५,००० भन्दा कम आयस्रोत भएको एकल व्यक्ति (single) ले पाउने- $१,२००। तर $७५-९८ हजारसम्म हरेक $१ हजार बढी कमाईको $५० को दरले कम हुँदै जान्छ। $९९ हजारभन्दा बढी आयश्रोत हुनेले कुनै राहत पाउनेछैन।

-$१५०,००० भन्दा कम आयस्रोत भएको बिबाहित दम्पत्ति (married couple) ले पाउने- $२,४०० तर $१५०-$१९८ हजारसम्म हरेक $१ हजार बढी कमाईको $५० को दरले कम हुँदै जान्छ।$१९९ हजारभन्दा बढी आयश्रोत हुनेले कुनै राहत पाउनेछैन।

-हरेक सन्तान (dependent) १६ वर्ष मुनिकोले $५०० प्राप्त गर्नेछन्।

-यो राहत पाउन ट्याक्स फाइल गरेको हुनु पर्ने सन् २०१८ अथवा २०१९ को हो।

-यो राहत सोसल सेक्युरिटी बेनेफिट प्राप्त गर्नेहरू स्वत: क्वालिफाईड हुन्छ।

-यो राहत पाउन अन्यले ट्याक्स फाईल गरेको हुनु पर्नेछ।

(२) आईआरएस (IRS) ले कसरी थाहा पाउँछ यो राहत कसलाई दिने भन्ने?

-हरेक वर्ष ट्याक्स फाईल गर्दै आएकाहरूले यो राहत रकम सुविधा पाउन केही गर्नु पर्दैन।

-आईआरएसले सन् २०२८ अथवा २०१९ मा फाईल गर्नेहरूलाई सीधै बैंक एकाउण्टमा राहत रकम पठाउँछ ।

-आईआरएसले बैंक एकाउण्ट नहुने वा बैंक एकाउण्ट रद्द भएकालाई यो राहत चेक पठाउँछ।

(३) मैले ट्याक्स फाईल गरेको छैन । मैले कसरी यो राहत पाउन सक्छु ?

-यदी तपाई अमेरिकामा वैधानिकरूपमा बस्नुभा’कोछ भने ट्याक्स फाईल गरिहाल्नुहोस् । यो राहत सुविधा प्राप्त गर्न एकल व्यक्ति (single) ले $१०० डलरसम्मको फाईल गरे पनि हुन्छ ।

(४) के यो राहत रकम सुविधा कहिलेसम्म प्राप्त गर्न सकिन्छ ?

-यो राहत रकम सुविधा सन् २०२० भरी आर्थिक असर भुक्तानी (Economic Impact Payment) कोरूपमा पाउन सकिन्छ । अहिलेनै ट्याक्स फाईल नगरेमा पनि पछि ट्याक्स फाईल गर्दा पनि पाउन सकिन्छ तर सन् २०२० भित्र फाईलिंग गर्नुहोस्।

(५) के ट्याक्स भर्ने म्याद (deadline) र तिर्नु पर्ने म्याद परिवर्तन भा’को हो ?

-हो, अप्रिल १५ बाट जुलाई १५ तारिख भित्र ट्याक्स फाईल गर्न सकिने गरी म्याद थपिएको हो ।

-ट्याक्स फाईलिङ म्याद थप गर्न पनि सकिन्छ अक्टुबर १५ तारिखसम्म । तपाईको सिपिए / एकाउण्टेन्टलाई म्याद थपको लागि सम्पर्क गर्नुहोस्।

(६) कहिले कोरोना राहत चेक या डिपोजिट हुन्छ ?

यो कोरोना राहत रकम लगभाग ३ हप्ता भित्र (अप्रिल महिना भित्र) आशा गर्न सकिन्छ ।

हरेक हप्ता पाउने बेरोजगार भत्ता (weekly unemployment benefit) सुविधा दावी कसरी पाउन सकिन्छ ?

(१) कसरी, कहाँ दावी गर्ने?

(a) न्यू योर्क राज्यमा वसोवास र काम हुनेहरूले ny.gov मा गएर आईडी या युजर नेम खोलेर एकाउण्ट बनाउने।

(b) या, labor.ny.gov वेबसाइटमा गएर माथिको प्रकृया अपनाउने।

(c) अथवा, फोन 1-888-209-8124 मा फोन गरेर आफ्नो विवरण दिने।

(d) यसरी एकाउण्ट र पासवर्ड बनाई सकेपछि File a claim लिंक पेजमा जाने र आफ्नो र छोडेको नोकरीको विवरण भर्ने।

(e) अन्य राज्यमा बसोवास गर्नेहरूले सम्बन्धित राज्यको आधिकारिक वेबसाइटमा गएर हप्ता बेरोजगार भत्ता (weekly unemployment benefit) सुविधा पाउन सकिन्छ। जस्तै, न्यू योर्क राज्यको वेवसाईट: myunemployment.ny.gov

(२) के के डकुमेण्ट चाहिन्छ?

(a) सोसल सेक्यूरिटी नम्बर (SSN)

(b) ड्राईभर लाईसेन्स (यदि छ भने)

(c) पुरा ठेगाना

(d) फोन नम्बर

(e) Alien Registration नम्बर (यदि अमेरिकी नागरिकता छैन भने)

(f) आफूले काम गरेको कम्पनी (Employer) को ठेगाना र फोन नम्बर (विगत १८ महिनाभित्र काम गरेका सबै कम्पनीहरूको विवरण दिने यदि एकभन्दा बढी कम्पनीमा काम गरेको हो भने)

(g) कम्पनी (employer) को ट्याक्स नम्बर (tax ID), यो W-2 फाराममा हुन्छ)

(h) ट्याक्सी कम्पनी, Uber, Lyft, Via, Uno, Doordash, GrubHub को 1099 फाराममा ट्याक्स नम्बर हुन्छ।

(i) काम शुरू गरेको मिति

(j) संघीय सरकारको कर्मचारी (federal employee) भए SF8 र SF50 फाराम भर्ने

(k) सेना (military) मा हुनेले DD214 फाराम भर्ने

माथिको डकुमेण्ट भए राम्रो, नभए पनि ट्याक्स फाईल गर्न सकिन्छ तर बेनेफिट पाउन ढिलाई हुन सक्छ।

(३) PIN number बनाउने (४ डिजिटको हुन्छ)

(४) अहिलेको विपद अवस्थाको कारण lack of work उल्लेख गर्ने।

(५) पेशा (profession) अन्तर्गत आफ्नो काम अनुसारको option choose गर्नुहोस्।

(६) तपाईलाई confirmation page आएपछि claim successful भएको हुनेछ।

(७) हरेक हप्तामा एक पटक तलको फोन नम्बरमा फोन गरेर confirm गर्नु पर्दछ:

वि.सं.२०७६ चैत २६ बुधवार १९:२३ मा प्रकाशित

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...