back
CTIZAN AD

डाक्टरले दाहिने फोक्सो क्लियर छैन भन्दा पनि एकरति पनि बिचलित भएको छैन

वि.सं.२०७७ वैशाख ६ शनिवार

786 

shares

कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण देखिएपछि उनले आफूलाई भएको कुराहरु निरन्तर सामाजिक सञ्जालमार्फत सम्प्रेषण गर्दै आएकी छन् ।

अमेरिकाबाट सञ्चालित इनेप्लिज डटकममा ‘सच्चीका साथ’ भन्ने टक प्रोग्राम सञ्चालन गर्दै आएकी सच्ची मैनाली आफ्नो कोरोना टेष्ट भएको बताएकी छिन् । यसअघि किट नभएका कारण कोरोना टेष्ट हुन नसकेकोमा आफ्नो दह्रो मागपछि परीक्षण भएको बताएकी छिन् । डाक्टरले दाहिने फोक्सो क्लियर छैन भन्दा पनि म एक रति पनि बिचलित नभएको उनले बताएकी छिन् । उनको यहि दृढताले उनले रोगबाट अवश्य मुक्ति पाउनेछिन् ।

उनले लेखेकी छिन् :

“मलाई अलि बढि नै गार्हो भएकोले अहिले मेरो कोरोना टेस्ट गरिएको छ । अघिल्लो दिन मात्रै कोरोना टेस्ट किट अभावका कारण टेस्ट गर्ने criteria meet  नगर्ने भनिएको मलाई गार्हो हुन् बढे पछि र आफुले पनि दर्हो माग गरेपछि अन्य रगत जाँचको साथै कोरोना टेस्ट पनि गरिएको हो। अहिलेको अवस्थामा कोभिड क्लिनिकको डाक्टरले मेरो दाहिने फोक्सो सामान्य नभएको बताएको छ । त्यो कोभिड १९ को कारण हो वा अरु कुनै भाइरसको कारण भन्ने जानकारी भने अहिले डाक्टरलाइ पनि छैन । म यतिखेर आइसोलेसन मै नतिजा कुरिरहेको छु।
विभिन्न उतार चढावका बिच आफूले गर्न सक्ने र गर्नुपर्ने हेरचाह गरिरहेको छु।

मेरो दाहिने फोक्सो क्लियर छैन भन्दा पनि म एक रति पनि बिचलित भने भएको छैन। हामीले सक्ने हामीले गर्ने हो बॉकी डाक्टर र भगवानको हातमा छ। मैले लेख्न सक्दासम्म अपडेट दिनुपर्ने अवस्थामा निरन्तर लेखिरहनेछु । यहॉहरू नआत्तिनुहोला । सुरक्षित रहनुहोला ।

जहाँसम्म मेरो आत्मबलको कुरा छ त्यो अहिले पनि त्यति नै तगडा छ । यहॉहरूले मेरो लागी गर्नुभएको प्रार्थना, दिनुभएको शुभेच्छा र माया प्रति सदा आभारी छु ।”

वि.सं.२०७७ वैशाख ६ शनिवार ०९:५२ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...