१
मलाई ’म’ कै भारी
श्रम पुज्छ मनकारी ,
सन्तुष्टि नै परोपकारी ।
२
नाघ्यो अधर्मी सीमा
आज घाट गिज्याउँछ,
जलेन भ्रष्टाचारी चिता ।
३
मेरी प्रीतिकी फूल
सजाऔँकि फ्याकिदिउँ,
कसम खानु मेरो भूल ।
४
सुन्ला, देश रुँदैछ
आऊ हासौँ नववर्ष,
दिल खोलौँ खित्का नछोडौँ ।
५
देखौँ सपना देखौँ
निस्पट्ट रात चिरिन्छ,
जिन्दगीका उज्याला पाटा ।
बाँसगढी ८ ककौरा, बर्दिया
वि.सं.२०७७ वैशाख ६ शनिवार १०:०६ मा प्रकाशित






























