back
CTIZAN AD

लघुकथाः उपाय

वि.सं.२०७७ वैशाख ६ शनिवार

1.2K 

shares

लकडाउनको बाह्रौ दिनसम्म बुद्धिमानले न फेसबुक खोले न कसै सङ्ग फोन सम्पर्कै गरे न बाहिर नै निस्किए । लकडाउनको नियम पूरा पालन गरेर बसे ।

साहित्यमा रुचि राख्ने बुद्दिमानले अफिसको ब्यस्तताले हप्ता दिनभरी लगाएर बल्लतल्ल काँटछाँट गरि एउटा रचना तयार पार्थे र चार पाँच कार्यक्रममा घुमीघुमी सुनाउथे ।

यो लकडाउनले चाहिँ उनलाई लेखनमा निकै सहयोग पुर्यायो । यति लेखेछन कि कथा, निबन्ध, मुक्त्तक अनि कविताका थाक लागेको पत्तै पाएनन् ।

र्तेहौ दिन बिहान आफ्ना रचनाहरु पढेर आफैं दङ्ग खाए । अब यतिका त लेखे सुनाउने कहाँ ? यो लकडाउन कति सम्म हुने हो ? कार्यक्रम हुने हो कि नहुने हो ?

एक छोरा, एक छोरी र श्रीमतीलाई सम्झे । घरैमा परिवारलाइ सुनाउछु । कबिताका थाक बोकेर पहिले छोराको कोठा ढकढकाए । एघारको परिक्षा दिने तयारीमा रहेका छोरा आफ्नै सुरमा पढिरहेको देखेर छोरालाई बाधा पुर्याउन उनको मनले मानेन ।

लागे छोरीको कोठातिर । बाह्रको परिक्षा दिएर पुरै छात्रवृत्तिमा चिकित्सक पढ्न नाम निकाल्छु भनी अडिग लिएर पढ्न बसेकी छोरी बिचरा पढ्दा पढ्दै छातिमा किताब राखेर निदाएकी थिइन् । उनलाई ब्युझाउनु ठूलो पाप सम्झी माथी भान्सा तिर उक्लिए बुद्धिमान ।
श्रीमती भान्सामा खाना पकाउदै थिइन् ।

‘ए सानि,सुन त !’ माया गरेर बिहे गरेर ल्याएदेखी नै सानी भनेर बोलाउथे ।

‘हजुर,माथी नै आउनु भयो ? चिया लिएर आउँनै आटेकी थिए ।’

‘चिया अघि खाए । अहिले खान मन छैन । सुनन मैले लेखेका रचनाहरु कसलाई सुनाउ भयो । तिमीलाई सुनाउ भनेर नि !’

‘ए हजुर पनि, सबै रचनाहरु टाइप गरेर फेसबुकमा हालिदिनु न । तपाईंका साथीभाइ,आफन्ती सबैले पढ्नुहुन्छ । यो लकडाउनको बेला टाइम पास पनि हुन्छ । फेरि यस्तो राम्रो लेख्ने रहेछन भनेर चिन्छन पनि । आफू पनि चिनिने, अरुलाइ पढेर समय कटाउन पनि सजिलो हुने ।’
‘हो त है,सानी बढो काइदाको उपाय बतायौ ।’

फोन नम्बर ९८४१६६४७३८

बुद्धनगर, नयाँबानेश्वर, काठमाडौ

वि.सं.२०७७ वैशाख ६ शनिवार १०:०८ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...