back

कविताः बकपत्र

वि.सं.२०७७ वैशाख ६ शनिवार

432 

shares
NTC AD

जिन्दगीको महासागरमा
समयको शक्तिशाली भुकम्प गएसङ्गै
बिकराल समस्या सुनामी बनेर आएपछि
डुबेको हो मेरो सपनाको टाइटानिक ।

त्यही टाइटानिकमा चढेका थिए-
मेरो भविष्यका सम्पूर्ण योजनाहरु ।

सपनाको टाइटानिक डुबेसङ्गै
डुबेको हो मेरो जिन्दगीको घाम
त्यसैमा परेर अकालमै मरेका हुन-
मेरा सीमित इच्छा, आकाङ्क्षा र रहरहरु ।

टाइटानिकसङ्गै डुबेको
मेरो जिन्दगीको घाम
त्यसपछि फेरि कहिल्यै नउदाएपछि
अन्धकार छाएको ह-
मेरो सिङ्गो संसारमा
र त बाध्य भएर
आत्महत्या गरेका हुन्-
मेरा बाँकी आशा र भरोसाहरुले ।

त्यसैले,
जवर्जस्ती धकेलेरै
छेउ लाग्न बाध्य पारिएको
मेरो आफ्नै जिन्दगी
साच्चै जिन्दगी जस्तो नहुनुमा
मेरो कुनै गल्ती छैन ।

बलात्कृत कुमारी आमाको
अभागी कोखबाट जन्मिएकी
बिनाबाबु कि हतभागी सडकछाप छोरी
म बसन्जरी नेपाली निर्दोष छु श्रीमान !

वि.सं.२०७७ वैशाख ६ शनिवार १०:१० मा प्रकाशित

ADBL AD
लघुकथा : मतियार

लघुकथा : मतियार

नवराज न्यौपाने ’मौन’, गोरखा ‘विनिता ! आज हाम्रो घरमा खाना...

‘झुम्री माईली दिदी’

‘झुम्री माईली दिदी’

बिहानै उठेर म टुक्सुक्क खाटमा नै बसे । त्यहाँबाट जुरुक्क...

कविता : इतिहास लेख्ने धोको

कविता : इतिहास लेख्ने धोको

सुशील रिजाल, किर्तिपुर, काठमाडौं धोको छ यौटा इतिहास लेख्ने प्राणी...

कविता : शरद्

कविता : शरद्

कलानिधि दाहाल, काठमाडौं बच्चो एक गरीबको अझ त्यहीँ भाँडाकुटी खेल्दछ...

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

कविता : त्रित्रापंखीबादल र सुनौला किरण

मचिन्द्र खत्री, धरान, सुनसरी त्रित्रापंखीले जब शारदीय नीलो आकाश बिहानै...

कविता : जिज्ञासा

कविता : जिज्ञासा

बाबुराम न्यौपाने ‘उत्स,दमक, झापा हर्न निषेधित क्षेत्र भयंकर कोलाहलमा डुबेको...