back
CTIZAN AD

कविताः बकपत्र

वि.सं.२०७७ वैशाख ६ शनिवार

906 

shares

जिन्दगीको महासागरमा
समयको शक्तिशाली भुकम्प गएसङ्गै
बिकराल समस्या सुनामी बनेर आएपछि
डुबेको हो मेरो सपनाको टाइटानिक ।

त्यही टाइटानिकमा चढेका थिए-
मेरो भविष्यका सम्पूर्ण योजनाहरु ।

सपनाको टाइटानिक डुबेसङ्गै
डुबेको हो मेरो जिन्दगीको घाम
त्यसैमा परेर अकालमै मरेका हुन-
मेरा सीमित इच्छा, आकाङ्क्षा र रहरहरु ।

टाइटानिकसङ्गै डुबेको
मेरो जिन्दगीको घाम
त्यसपछि फेरि कहिल्यै नउदाएपछि
अन्धकार छाएको ह-
मेरो सिङ्गो संसारमा
र त बाध्य भएर
आत्महत्या गरेका हुन्-
मेरा बाँकी आशा र भरोसाहरुले ।

त्यसैले,
जवर्जस्ती धकेलेरै
छेउ लाग्न बाध्य पारिएको
मेरो आफ्नै जिन्दगी
साच्चै जिन्दगी जस्तो नहुनुमा
मेरो कुनै गल्ती छैन ।

बलात्कृत कुमारी आमाको
अभागी कोखबाट जन्मिएकी
बिनाबाबु कि हतभागी सडकछाप छोरी
म बसन्जरी नेपाली निर्दोष छु श्रीमान !

वि.सं.२०७७ वैशाख ६ शनिवार १०:१० मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...