back
CTIZAN AD

गजल

वि.सं.२०७७ वैशाख ६ शनिवार

798 

shares

तिमीलाई भेटेपछि, मैले आफ्नै साली सम्झें ।
घामपानी छेकि दिने, त्यै घरको पाली सम्झें ।।

कति मिठो मुस्कान छ, मान्छे पनि गोरी गोरी ।
काली झनै मन पर्ने, त्यसैले त काली सम्झें ।।

फूल जस्तै मुहार त्यो, चम्केकै छ झलमल्ल ।
दिल चोर्ने तिमीलाई, गुलावकै डाली सम्झें ।।

रात भरि निद्रा भाग्यो, तिमीलाई देखे देखि ।
भविष्यको रेखा कोर्ने, प्रभातकै लाली सम्झें ।।

फूल पनि फूल्छ कहाँ, नगरे त मलजल ।
गोडमेल गरि राख्ने, त्यै फूलको माली सम्झें ।।

डम्म पानी नथुने त, फल्दैन भो रोप्या धान ।
जल थुन्न बनाएको, खेतको त्यै आली सम्झें ।।

ठिक्क मैले पारि सकें, सिन्दूर र चुरा पोते ।
पाउनु छ तिमीलाई, त्यो सिउँदो खाली सम्झें ।।

 

वि.सं.२०७७ वैशाख ६ शनिवार १०:११ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...