back
CTIZAN AD

उदयपुरका संक्रमितलाई विराटनगर अस्पतालमा ल्याइयो, बेलायतबाट आएका थिए चितवनका संक्रमित

वि.सं.२०७७ वैशाख ६ शनिवार

735 

shares

६ बैशाख, काठमाण्डौं । उदयपुरको भुल्केस्थित मस्जिदमा शुक्रबार भेटिएका १२ जना  कोरोना भाइरस (कोभिड–१९) संक्रमितलाई विराटनगरको कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको छ ।

उनीहरु ११ जनामा भारतबाट आएका मुस्लिम धर्म प्रचारक र १ मोरङका नेपाली रहेको बताइएको छ । जसमा उनीहरुको सहयोगीको रुपमा रहेका अन्य ४ जना नेपालीलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
उदयपुरका संक्रमितहरुमा ४ जना २८ वर्षका, दुई जना २९ वर्षका छन् । त्यस्तै अरु ३४, २६, २२, २५, २० र ४० वर्षका रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

उदयपुरमा भेटिएका संक्रमितहरुले त्यहास्थित मुस्लिम अगुवाहरुलाई पनि भेटेको, अन्य जिल्लामा पनि पुगेको बताइएको छ । शुक्रबार ती १२ जनामा कोरोना संक्रमण भेटिएपछि अहिले त्यहाँ उच्च सर्तकता अपनाइएको र उनीहरुसँग सम्पर्कमा रहेकाहरुको ट्रेसिङ कार्य तथा परीक्षणको तयारी पनि गरिरहेको बताइएको छ ।

जिल्लामै पहिलोपटक र नेपालमै यति ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि स्थानीयमा थप त्रास बढेको बताइएको छ ।

बेलायतबाट आएका थिए चितवनका संक्रमित
त्यसैगरी शुक्रबार चितवनको राप्ति ८ मा भेटिएका दुईजना संक्रमितहरु बेलायतबाट आएको बताइएको छ । उनीहरु चैत ५ गते कतार ट्रान्जिट हुँदै काठमाण्डौं आएका थिए ।

उनीहरु नेपाल आएको दुईनिपछि चितवन पुगेको र ५ देखि ११ गतेसम्म थुप्रैजना परिवारका सदस्य र आफन्तहरु भेटेका उनीहरुले लकडाउनपछि मात्र घरमै बसेको बताइएको छ । संक्रमित हुनेमा एकै परिवारका ६३ वर्षीय आमा र २७ वर्षीय छोरा रहेका छन् । उनीहरुको सम्पर्कमा आएकाहरुलाई आज बिहानैदेखि ट्रेसिङ गर्ने कार्य भइरहेको र उनीहरुलाई बुद्धशान्ति कलेजको क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको बताइएको छ । साथै उनीहरुकै परिवारका अर्का एक भाइ पनि हङकङबाट आएको र उनी पनि अस्पतालमै बसेर उपचार गराइरहेका छन् । यद्यपी उनमा कोरोना संक्रमण भने देखिएको छैन । संक्रमित २ जनाको पनि अवस्था सामान्य रहेको चितवन कोरोना अस्पतालले जनाएको छ ।

चितवन र उदयपुरमा भेटिएका १४ जना संक्रमितसहित नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ । जसमा १ जना निको भइसकेर आफ्नो दैनिकीमा फर्किएका छन् भने अन्यको विभिन्न अस्पतालका आइसोलेनसमा उपचार भइरहेको छ भने उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

वि.सं.२०७७ वैशाख ६ शनिवार ०९:४६ मा प्रकाशित

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...