back
CTIZAN AD

नेपालको दोस्रो कोरोना संक्रमित निको भएर घर फर्किइन्

वि.सं.२०७७ वैशाख ६ शनिवार

888 

shares

६ वैशाख, काठमाडौँ । कोरोना संक्रमण भएर शहिद शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार गरी पूर्ण स्वस्थ भएर प्रसिद्धि श्रेष्ठ आज घर फर्किएकी छिन ।

चैत १० गते कोरोना संक्रमण पोजेटिभ देखिएको उनी शनिबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनी नेपालको दोस्रो संक्रमित थिइन ।

उनको शुक्रबार गरिएको कोरोना संक्रमण परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो र शनिबारको रिपोर्ट पनि नेगेटिभ आएकाले डिस्चार्ज गरिएको अस्पतालले जानकारी दिएको छ । यसबारे आधिकारीक रुपमा केही बेरमा स्वास्थ्य मन्त्रालयले जानकारी दिने बताइएको छ ।

उनी गत चैत्र ४ गते फ्रान्सबाट कतार एयरवेज हुँदै नेपाल आएकी थिइन् । चैत्र १० गते उनलाई कोरोना पुष्टि भएसँगै कोरोना रोकथामका लागि भोलिपल्ट देखि नेपाल सरकारले देशभर लकडाउन घोषणा गरेको थियो ।

नेपालमा पहिलो र दोस्रो सक्रमित घर फर्किएसँगै नेपालीलाई कोरोनाविरुद्ध लड्ने थप उत्साह मिलेको छ ।

गत माघ ९ गते नेपालमा पहिलो कोरोना संक्रमित भेटिएका थिए ।चीनको वुहानबाट आएका ती पुरुष  ठीक भएर घर फर्किसकेका छन् । नेपालमा अहिलेसम्म देखिएका ३० जना कोरोना संक्रमितमध्ये प्रसिद्धिसहित दुई जना निको भएर घर फर्किएका छन् । शुक्रबारमात्रै नेपालमा एकैपटक १४ जना कोरोना संक्रमित थपिएका थिए ।

तस्विर स्रोत : स्वास्थ्य मन्त्रालय

वि.सं.२०७७ वैशाख ६ शनिवार १४:५६ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...