अंग्रेज़ी वर्ष २०१९ लाई विदाई गरी हर्ष उल्लासका साथ नया वर्ष २०२० लाई स्वागत गर्दै संसारभरिका मानब जातिले आ– आफनै तारिकाबाट मनाए। तर नेपाली नयाँवर्ष लाई भने हर्षोल्लासका साथ मनाउन पाएनन् । संसारलाई दुखिद र बिश्वलाई रुवाउने एक किसिमको भाईरस पनी भित्रियो जो चीनको हुवन शहर बाट सुरु भई बिश्वभर फैलन कत्ती पनी समय लगेन । ३–४ महीनाको अन्तरालमा बिश्वको सबै रस्ट्र मा फैलन थाल्यो। जस्को नाम थियो कोरोना भाईरस (कोभिड १९), जून भाईरसका करणले बिश्वको मानब जातीलाई तर्साई अनी हल्लाई रहेको थियो।
बिश्व बजारमा खरबौ खरबको कारोबार गर्ने शहरहरू बन्द थिय बन्द मात्र नभएर देश नै lock down को अबस्थामा गुज्री रहेको थियो। यो यस्तो भाईरस थियो जुन एक अर्कासंग को भेटघाट, एक अर्काको नजिक को समीप्येता, हात मिलाउदा आदी आदिले सजिलै अर्कोंमा सर्ने सक्ने । यसैकारणले यस भाईरसबाट सुरक्षित रहन यसबाट बच्न घरबाट बहिर न निस्कन हरेक देश ले lock down या emergency लगाएको थियो। यही भाईरसका कारणले संसारभरीका साना देखी ठूला व्यवसाय दैनिक ज्यादरी देखी सम्पूर्ण श्रमिकहरू आ-आफनो काम छोडेर घर भित्रै बस्न बाध्य परेका थिए। यसै भाईरसको कारणले सबैमा एक किसिमको तनाव दिएको थियो र यही तनावलाई आफनो दिनोचर्या बनाई दिन, हप्ता, महीना बिताई रहेको मध्ये म अनी मेरो परिवार पनी त्यसरी नै दिन कटाई रहेका थियौँ । समय ब्यतित गर्न सबैको सजिलो माध्यम Facebook, viber, massenger आदी आदीको प्रयोगबाट साथीभाई परिवारसंग गफ गरदै नयाँ तथा पुराना फिल्म हेर्ने, पुराना पुराना फोटोहरू हेर्दै Facebook मा पोस्ट गर्दै सबैलाई घरमा बसी स्वस्थ अनी सुरक्षित रहन शुभकामना दिदै दिनहरू अघि बढ़ाई रहेका थिए।
यसरी समय बित्दै जादा नेपालीहरुको नया वर्षले पनी हामी माझ छप्कई छाईसकेको थियो । २०७६ साललाई बिदा गर्दै २०७७ साललाई स्वागत गर्न एक हप्ता अघी देखी नै शुभकामनाका सन्देशहरु Facebook, viber, messenger बाट आइरहेको अनी मेरोबाट पनी गईरहेको थियो, आफन्त, साथीभाई र परिवारमाहरुमा । यसरी चैत ३१ गयो बैशाख १ भयो सबैको Facbook वालहरूमा मीठा मीठा खानाका परिकर अनी आ–आफनै तरिकाले मनाएका फोटो अनि भिडियो हेर्दै समय कटाई रहेका थिए । मैले पनी परिवारका साथ १ गते हर्षोल्लासमय, नया उमंग, नयाँ जोसका साथ मनाईं यस corona भाईरस संसारबाट हटेर जाने छ भनी संकल्प गर्दै सबैसंग शुभकामना साटासाट गरी सुतियो । अबेर सम्म मनाएको नयाँवर्षको कारण २ गते ढीला सम्म सुतिएछ । लगभग ३ बजे तीर उठेछू र फेरी दिउसोको खाना खाईसकेपछी एकछिन तख हेरी रेस्ट को लागी करिब ६ बज्न लग्दा बेडमा गएको मात्र के थिएँ एक्कासी massenger मा काठमाण्डूबाट दिदीको फोन आयो । फोन आऊने क्रम लगातार थियो । मैले लगभग ४–५ चोटी काटि दिएँ । किनकी एकजना अंजोस बस्ने बहिनी जो लिभिंगमा काम गर्नू हुन्थ्यो, उहाँको साऊनी र बेबी लाई CORONA भएको खबर आएछ र त्यही बहिनीले अब के गर्ने भनेर आत्तिरहनु भएको कारण बहिनीलाई सम्झाई बुझाई गर्दै थिएँ । यसो उसो गर भनेँ, यो फोने भंदा यो SMS महत्व पूर्ण ठानेर काटी दिएको तर फोनको घण्टी आइ रहँदा मेरो श्रीमतीले उठौनुस न एकचोटि भन्यो र उठाएँ। उठाउन मात्र पाएको के थिएँ त्यो फोन चिच्याहटपूर्ण र कोलाहलपूर्ण रुवाइको थियो । त्यही फोनको घण्टी नै जिंदगीको अविस्मरणीय घण्टी बन्यो र अकस्मात् हाम्रो परिवारमा असोचनिए अकल्पनीय घटना घट्यो । जून हाम्रो लागी जिंदगीको अविस्मरणीय बन्यो।
त्यो कोलाहलपूर्ण चिच्याहटपूर्ण रुवाईको घण्टीको आवाज थियो बाबा बाबा शब्द मात्र । तेसरी बाबा बाबा भन्ने मात्र आएपछी भेनाले फोन लिएर बाबू बाबा हुनुहुन्न भन्ने के मात्र सुनेँ । मेरो लागी त्यो साँझ अन्धकार भयो । स–परिवार बिछिप्त भयो । मैले कुरा गर्न सकिन । फ़ोन फलिदिएँ । मलाई विश्वास लागेन तर केही समय पछी जन्मथलो सोलखम्बुबाट दाई अनी आमाको त्यस्तै प्रकारको फोन आयो । अनी मलाईं लग्यो हाम्रो परिवारको शिर नै चुडियो अनी पूर्ण हाम्रो परिवार अपूर्ण भयो । मसंग रूनु कराउनु चिच्याउनु बाहेक के नै थियो ! मलाई संसार अँध्यारो लाग्यो । के गरुँ, कसो गरुँ, कहाँ जाऊँ, बहिर सब बन्द छ । संसार यिअप मयधल को अवस्थामा छ। न नेपाल जानू सक्छु न यहाँ केही गर्न नै। मेरो त्यो रात रूवाईमा बित्यो । दिदीबहिनीसंग कुरा भयो । बहिनी नजिकै भएको ले उनी आइन । उनको पनी बिछिप्त रूवाईको अवस्थामा त्यो रात बित्यो । कोही पनी कत्ती पनी सुतिएन । निंद्रा पनी कसरी लागोस सबैको प्यारो अभिभावकले छोडेर गएको दिन त्यसरी नै बिहान भयो र नेपालमा बाबाको मृत शरीरलाई आफनो परम्परा अनुसार लाने सुरू गरिँदै थियो । सबैले एक चोटी हेर्ने मौका मिल्यो । टाढा रहेको छोराबुहारी नातानतिनि छोरी जुवाई अनी सबैले अन्तिम विदाई गरियो, कहिले भेट नहुने गरी।
बाबा तपाई त हामिलाई छोडेर सदाको लागी टाढा जानू भयो हाम्रा धेरै धेरै इच्छा आकाँक्षाहरू थिए । तपाईसंग घुम्ने, घुमाउने, खाने, खुवाउने, रम्ने अनी रमाऊने तर हामी परदेशी छोरा बुहारी, छोरी जुवाई, नातिनातिनिको सपना चकनाचूर भयो । अब हामीसंग केही रहेन, बस सम्झना मात्र।
बाबा तपाई कत्ती दयालु हुनु हुन्थ्यो केटाकेटी सारै मन पराउनु हुन्थ्यो । मेरोछोरासंग भेट हुने कत्ती चाहाना राख्नुभएको थियो, ती सब सपना भयो बाबा। तपाईले हाम्रो हरेक चाहना इच्छा पूरा गरी दिनू भयो तर हामिलाई तपाईले तपाईको सेवा गर्ने मौका दिनूभएन यही कुरामा हामी परिवार दुख़िद् छ । त्यतीमात्र कहाँ अन्तिम जाने समयमा पनी कोही कसैलाई कत्ती पनी दुःख दिनुभएन सटुक्का जानु भयो तपाई जहाँ जानु भयो खूसी रहनुस सधै हामिलाई हेरी रहनुस हामी तपाइको जहिले सिर उचो राख्ने काम गर्ने छ । तपाईलाई कहिले दुःखी बनाउने छेनौ।
अन्तमा हामी परिवार आफन्त सबै ईस्ट मित्रबाट तपाईलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बैकुण्ठको बास होस् भनी कामना गर्दछौँ ।
परदेशी अभागी छोरा बुहारी छोरी जुवाई
नाता नातिनीहरू
वि.सं.२०७७ वैशाख ७ आइतवार २१:४९ मा प्रकाशित



























