back
CTIZAN AD

विश्वका आजका महत्वपूर्ण ८ खबरहरू

वि.सं.२०७७ वैशाख ७ आइतवार

807 

shares

(१) साउदी अरबमा पर्सी मंगलबार, २१ अप्रिल २०२० दिनको ३ बजेदेखि अत्यावश्यक क्षेत्रमा काम गर्नेहरूका लागि देशैभरी एकिकृत ट्राफिक फारम (Uniform Traffic Form) भरी पुर्ब स्वीकृति लिएको हुनुपर्ने सूचना छ । तदुपरान्त हाल प्रयोगमा रहेका पर्मिट सिस्टम मान्य हुने छैनन । घर बाहिर निस्किन नहुने र निस्किनै पर्दा, निस्किनु पर्नेहरूले यो नयां नियमको पूर्ण पालना गर्नुपर्नेछ ।

(२) साउदी अरबमा Saudi Federation for Cybersecurity Programming and Drones (SAFCSP)  नामक प्राविधिक प्रतियोगिता आरम्भ भएको छ । एक सातासम्म चल्ने यो प्रतियोगितामा ५१ देशहरूबाट १०,००० भन्दा बढी सफ्टवेयर डेभलपरहरू टाढैबाट (Remotely) सहभागी छन । आगामी २५ अप्रिलमा यी सहभागीहरू मध्य सर्वोत्कृष्ट ३ प्रविधिहरूलाइ साउदी रियाल ३ लाख भन्दा बढीको पुरस्कार दिइने छ र ति प्रबिधिहरूलाइ कोरोनाको रोकथाम र रोगथाममा उपयोग गरिने छ।

(३) साउदी अरबमा स्वास्थ्य मन्त्रीको अध्यक्षतामा कोरोना अनुगमन समितिको हिंजो बसेको ५९औं बैठकले ताजा स्थितिको समिक्षा गरेको छ । हिंजो साउदी अरबमा देखिएको संक्रमित संख्या ११३२ अहिलेसम्मको दैनिक देखिएकोमा सर्वाधिक रहेको तर यस मध्ये ७४० जना साउदी अरबले थालेको “बिशेष खोज तथा सफाइ अभियान  (Proactive Mopping) का कारण भेटिएको उल्लेख गर्दै, हिंजो देखिएका मुख्य संक्रमनहरूमा मक्कामा ३१५ जना, जेद्धामा २३६ जना, रियादमा २२५ जना, मदिनामा १८६ जना र दमाममा ८८ जना रहेको र कूल संख्यामा ७९% आप्रबासी २१% साउदी नागरिक रहेको तथ्य उजागर गरेको छ । हिंजो मृत्य भएका ५ जना मध्य ४ जना आप्रबासी १ जना साउदी नागरिक रहेको सरकारी समाचार एजेन्सीले जनाएको छ ।

(४) साउदी अरबको साउदी एअरलाइन्सले ४० घण्टाको उडान गर्दै बिश्व रेकर्ड तोडेको छ । आफ्ना नागरिकहरूलाइ अमेरिकाको लस एञ्जेल्सबाट जेद्धा, रियाद ल्याउन यो उडान गरिएको थियो । यो उडानमा संलग्न ८ पाइलटहरू र ३५ सहचारीहरूलाइ साउदी फर्केपछि बिशेष सम्मान गरिएको छ ।

(५) UAE ले आफ्नो मुलुकमा कोरोना सम्बन्धी झुठो अफबाह फैलाउने जो कोहीलाइ पनि ५,४०० डलर सम्मको जरिमाना गर्नेभएको छ ।

(६) मेक्सिकोको अदालतले बन्दी गृह (Detention Center)  मा रहेका आप्रबासी बन्दीहरू कोरोना संक्रमनको उच्च जोखिममा रहेको ठहर गर्दै जोखिम न्युनिकरण गर्न उच्च जोखिममा रहेकाहरूलाइ अस्थाइ आवासीय अनुमति दिइ स्वास्थ्य सुविधा र सुरक्षा प्रदान गर्नुपर्ने र बन्दिगृह भित्रै पनि अन्य नागरिक सरहको स्वास्थ्य सुविधा दिन आदेश दिएको छ ।

(७) भारतले पर्सी मंगलबार बिशेष बिमानबाट २ लाख क्याप्सुल हाइड्रोक्सिक्लोरोक्विन सहितका औषधी सामाग्रीहरू सहयोग स्वरूप नेपाललाइ प्रदान गर्दैछ । मलेरियाको औषधीका रूपमा प्रख्यात यो औषधी अहिले बिश्वभरी धेरै मुलुकहरूमा कोरोनाको उपचारमा पनि प्रयोग गरिदैछ । न्युयोर्क शहरमा मात्रै हाल १,५०० संक्रमितहरूलाइ यो औषधी चलाइएको छ । भारत यसको उत्पादक तथा निर्यातकर्ता मुलुक हो ।

(८) चिनले मानव जातिको रक्षा र भावी सह अस्तित्वका लागि बिश्व समुदायलाइ कोरोना बिरूद्धको लडाइमा सामञ्जश्यतापुर्ण ऐक्यबद्धता र सहकार्यका लागि आह्वान गरेको छ, यसमा सबै खाले सहयोग पुर्याउन आफ्नो देश सदैव तयार रहेको जनाएको छ ।

वि.सं.२०७७ वैशाख ७ आइतवार २१:०५ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...