back
CTIZAN AD

लक डाउनको सदुपयोग यसरी पनि गर्न सकिन्छ

वि.सं.२०७७ वैशाख ७ आइतवार

894 

shares

शिक्षाविद् डा. मनप्रसाद वाग्ले लकडाउनको समयलाई विभिन्न तरिकाले सदुपयोग गरिरहने व्यक्तित्व हुन् । उनले यसैबीच उनले लकडाउनको सदुपयोग गर्दै आफूले अभिभावकहरुसँग प्रश्नावली गरेको र अभिभावक प्रतिनिधित्वमुलुक उत्तर प्राप्त भएको जानकारी गराउँदै सामाजिक सञ्जालमा राखेका छन् ।
लक डाउनको सदुपयोग यसरी पनि भन्दै उनले लेखेका छन् :

“Rapid Survey: के अभिभावक आफ्ना सन्तान विद्यालय पठाउन तयार छन् ?

काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ का २३ जना अभिभावकसँग (उद्देश्यमूलक छनौट) सम्पर्क गरेर (फोन मार्फत) एउटा प्रश्न गरियो । यो काम २०७७ साल बैशाख ३ गतेदेखि ७ गते सम्ममा पुरा भयो । उहाँहरुलाई आफ्ना सन्तान विद्यालय पठाउन कत्तिको तयार रहेको विषयमा यौटा प्रश्न सोधियो । एक जनासँग सरदर ५ मिनेट कुरा गरियो । सवै अभिभावक विद्यालय तहसँग सम्बन्धित थिए ।

किन २३ जना मात्रै भन्ने प्रश्न उठ्न सक्छ । मेरो सम्पर्कमा भएका र मसँग भएको उनीहरूको सम्पर्क नम्बरमा मात्रै सिमित भएकोले यसो भएको हो । वडा छनौटको बिषयमा भने म आफैं यो वडाको बासिन्दा भएकोले आफ्नै वडामा किन नगर्ने भनेर सोच पलाएको हो ।
प्रश्न : वैशाख १५ पछि विद्यालय खुल्यो भने केटाकेटी पठाउन तयार हुनुहुन्छ ?
यो खुला प्रश्न थियो र कुनै बिकल्प दिइएको थिएन । जवाफ यस्तो आयो (जस्ताको त्यस्तै)
पठाउँछु . १
सुरक्षाको प्रत्याभूति भए मात्रै पठाउँछु . १८
तत्काल पठाउनु खतरा छ, पर्खौं र हेरौं . ४
सुरक्षाको प्रत्याभूति खोज्ने १८ अभिभावकलाई यो भनेको के हो भनी प्रष्ट्याउन आग्रह गर्दा समग्रमा यस्तो जवाफ आयो । उनीहरुले भनेका सवै कुराको सूची बनाउँदा
१) गेटमै ज्वरो नापेर मात्र भित्र पठाउने (४)
२) सफा ट्वाइलेट (६)
३) सेनिटैजरको व्यवस्था (११)
४) हात धुने व्यवस्था (१५)
५) केही महिना कक्षा भित्रै दूरी (७)
६) कोही विरामी भए स्कूल भित्रै क्वारेन्टाइन (२)
७ं) पञ्जा र मास्कको अनिवार्यता (१४)
८) अभिभावकको दैनिक प्रत्यक्ष सम्पर्कमा विद्यालय प्रशासन (३)
(समग्रमा १८ जनालाई सोधिएको भएता पनि एकजनाले एक भन्दा बढी प्रतिक्रिया दिएकाले यो संख्या बढेको देखिएको हो ।)

यो तथ्यांकबाट धेरै अभिभावक हात धुने व्यवस्था, सेनिटैजरको व्यवस्था र पञ्जा र मास्कको अनिवार्यता भए विद्यालय पठाउने मनस्थितिमा देखिए ।

निष्कर्ष :
१) विद्यालय खुले पनि अभिभावक आफ्ना केटाकेटी विद्यालय पठाउन तयार देखिंदैनन् ।
२) अभिभावक आफ्ना सन्तानको पूर्ण सुरक्षाको सुनिश्चितता विना विद्यालय पठाउने कुरामा सहमत छैनन् ।

अध्ययन सानै भएपनि
१) यो अध्ययनले विद्यालय व्यवस्थापनमा स्वास्थ्यको योजना अनिवार्य गराउन बल पु¥याउँछ ।
२) पहिलाकै अवस्थामा विद्यालय चल्न नसक्ने भएकोले शिक्षासँग सम्बद्ध निकायलाई अतिरिक्त तयारीको लागि सचेत गराउँछ ।
३) शिक्षामा विकल्प खोज्नुपर्ने देखाउँछ ।

(विश्वविद्यालयका प्राध्यापकहरूले यसै गरी आफ्नो वडामा द्रूत सर्भे गरी यो अध्ययनमा आलोचनात्मक रसमालोचनात्मक टिप्पणी गर्न सक्नुहुनेछ ।)”

वि.सं.२०७७ वैशाख ७ आइतवार २०:४५ मा प्रकाशित

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती

काठमाडौँ । विश्वमा तीव्र गतिको आरोहणमा विशिष्ट पहिचान बनाउन सफल...