back
CTIZAN AD

बेलायतमा फेरि दुई नेपालीको मृत्यु

वि.सं.२०७७ वैशाख ७ आइतवार

1.3K 

shares

७ बैशाख, बेलायत । बेलायतमा  शनिबार र आईतबार (१८ र १९ अप्रिल)  दुई नेपालीको मृत्यु भएको छ ।

जसमा कोरोना संक्रमणका कारण  साउथ इस्ट लंडनका चार्टड एकाउन्टेन ध्रुव कुमार श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक श्रेष्ठ पोखरा बगाले टोलका चित्र श्रेष्ठका छोरा रहेको बताइएको छ । उच्च ज्वरो र श्वास प्रस्वासमा समस्या भएपछि १० दिनअघि सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए । उनको शनिबार राति निधन भएको अर्का चार्टड एकाउन्टेन एलएन पाण्डेले बताएका छन् । मधुमेहको सामान्य विरामी रहेका श्रेष्ठ लन्डनमा आफ्नै एकाउन्टेन्सी फर्म संचालन गरेर बसेका थिए ।

श्रेष्ठ श्रीमती र तीन छोराछोरीसहित दक्षिणपूर्वी लन्डनको उचिलमा बस्दै आएका थिए । नेपालबाट घुमघामका लागि बेलायत पुगेका उनका बाबु आमापनि बेलायतमै रहेको बताइएको छ ।

त्यस्तै बेलायतमै पूर्व गोर्खा सैनिक म्याग्दीका गंगा बहादुर पुर्जाको पनि उपचारका क्रममा मृत्यु भएको छ ।
आर्मि नम्बर २११४९५०० रहेका पुनको आइतबार (१९ अप्रिल) मा स्वीन्डन स्थिति अस्पतालमा निधन भएको उनका आफन्तले बताएका छन् । तर, उनको मृत्युको कारण भने खुलाइएको छैन ।

हालसम्म बेलायतमा श्रेष्ठसहित  कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या १६ पुगेको छ ।

स्मरण रहोस्, बेलायतमा यसअघि कोरोना संक्रमणका कारण लिला बहादुर राई, पर्वतका चेत बहादुर गुरुङ र मेख बहादुर गुरुङ, सोलुखुम्बुका शिव श्रेष्ठ, विराटनगरकी बसन्ती राई, म्याग्दीका कुल बहादुर फगामी, चितवनका प्रशान्त अर्याल, बाग्लुङका कर्ण बहादुर क्षेत्री, स्याङजाका यम बहादुर मल्ल पोखराकी पुष्पा घले, कास्की घान्द्रुकका लक्षिन गुरुङ, स्याङजाका लक्ष्मण श्रेष्ठ, तनहुँ शुक्लागण्डकीका हस्तवीर गुरुङ, धनकुटाका गोम्देन तामाङ, गोरखाका बुद्धबल गुरुङ, र ध्रुव कुमार श्रेष्ठ सहित १६ जनाको मृत्यु भएको समाचार संसारन्युजले प्राप्त गरेको छ ।

बेलायतमा कोरोना संक्रमणका कारण गोर्खाका गुरुङको पनि मृत्यु

वि.सं.२०७७ वैशाख ७ आइतवार २०:२८ मा प्रकाशित

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च अमेरिका महादेशको अध्यक्षमा यमुना भट्टराई निर्वाचित

प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिका महादेश कमिटीको अध्यक्षमा यमुना भट्टराई...

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटनमा नेपाल फेस्टिभल २०२६ सम्पन्न, १० हजारभन्दा बढी दर्शककाे उपस्थिति

ब्राम्पटन, ओन्टारियो । क्यानडाको ब्राम्पटनमा जुलाई २५, २०२६ मा आयोजना...

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति अमेरिकाको अध्यक्षमा गौतम दाहालको उम्मेदवारी

नेपाली जनसम्पर्क समिति, अमेरिकाको आगामी अध्यक्षका लागि मेरिल्याण्ड निवासी गौतम...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

एनआरएनए अध्यक्ष डा शर्माले सार्वजनिक गरे व्यक्तिगत खर्चको विवरण? ४ महिनामा ३३ लाख बढी खर्च

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा। हेमराज...