back
CTIZAN AD

बेलायतमा कोरोना संक्रमणका कारण गोर्खाका गुरुङको पनि मृत्यु

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

813 

shares

५ बैशाख, बेलायत । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण गोर्खाका बुद्धबल गुरुङको पनि मृत्यु भएको समाचार प्राप्त भएको छ ।

गोरखाको सिरान्चोक गाउँपालिका ७ काप्रे घर भई बेलायतको फार्नबरो निवासी बुद्धबल गुरुङको फ्रेम्ली पार्क अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा बुधबार निधन भएको हो ।

गोखा जिल्ला गुरुङ समाज बेलायतका आजीवन सदस्य समेत रहेका गुरुङको उपचारका क्रममा निधन भएको समाजका सल्लाहकार गणेश गुरुङले बताएका छन् ।
नौ वर्षदेखि बेलायतमा बस्दै आएका गुरुङ आर्मी नम्बर २११४१२६८ रहेको छ । उनको बुधबार १०ः४५ बजे निधन भएको हो ।

केही समयदेखि बिरामी भएपछि अस्पताल भर्ना गरिएको परीक्षणका क्रममा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

गोरखा गुरुङ समाजका अध्यक्ष फडक जित गुरुङले समाजका अग्रज व्यक्तित्वलाई कोरोना संक्रमणका कारण गुमाउनु परेको भन्दै दुःख व्यक्त गरेका छन् ।
गुरुङकी श्रीमती पनि अस्पतालमा उपचारपछि घर फर्किएको बताइएको छ । उनका बेलायतमा दुई छोरा, बुहारी र छोरीज्वाई छन् ।

गुरुङसहित बेलायतमा बुधबार मात्रै ५ नेपालीको मृत्यु भएको समाचार संसारन्युजलाई प्राप्त भएको छ ।  जसमा पाल्पाका धनबीर गुरुङ, स्याङजाका लक्ष्मण श्रेष्ठ, तनहुँका हस्तवीर गुरुङ र धनकुटाका गोम्देन तामाङको मृत्युको समाचार यसअघि नै अपडेट गरेका छौं ।

बुधबार मृत्यु भएका पाँचैजना पूर्वगोर्खा सैनिक हुन् । बुधबार मृत्यु भएका यी पाँचैजनासहित बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १६ पुगेको छ । यीमध्ये १३ जना पूर्वगोर्खा सैनिक भएको बताइएको छ ।

बेलायतमा बुधबार मात्रै कोरोनाका कारण ४ नेपालीको मृत्यु,संक्रमणबाट मृत्युहुनेको संख्या १५ पुग्यो

वि.सं.२०७७ वैशाख ५ शुक्रवार १६:३८ मा प्रकाशित

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

ओएनएफ कतारको अध्यक्षमा अफसर अली खान सर्वसम्मत

प्रवासी नेपाली मञ्च (ओएनएफ) कतारको आठौँ अधिवेशनबाट अफसर अली खान...