back
CTIZAN AD

लकडाउन र सेयर कारोबार : एक्सपेरिमेन्टको नाममा हामी बलीको बोको किन बन्ने ?

वि.सं.२०७७ वैशाख ७ आइतवार

948 

shares

मुलुक लकडाउन सँगै बन्द भएको सेयर कारोबार खोल्नुपर्छ र बन्द गर्नुपर्छ भन्ने दुई धारहरु देखिएका छन्। यस सम्बन्धमा ईन्सुरेन्स खबर डटकमले SHARE BAZAR  (सेयर बजार बिचार हजार) फोरममा गरेको सर्वेक्षणमा ८० प्रतिशतले लक डाउन भर सेयर कारोबार खुल्ला गर्नु हुँदैन भनेर मत दिनु भएको छ भने २० प्रतिशतले खोल्नु पर्छ भनेर मत दिनुभएको छ।

कतिपय नाम चलेका लगानिकर्ता तथा बजारका जानकारहरु पनि कारोबार खोल्नु पर्छ भन्ने पक्षमा देखिएका छन् उनिहरुको भाव बुझ्दा, ‘यो समय बजार खुल्ला गर्ने हो भने अनलाईन प्रणालीमा रहेको समस्या उजागर भै पुर्ण अनलाईनको लागी दवाव सृजना हुने हुँदा कारोबार खोल्नु जरुरी छ’ भन्ने आशय रहेको पाईयो।

यो बिषयमा एउटा भूमिका बाँध्न चाहें, एउटा बसमा १०० जना यात्रु सवार छन्, यात्राको क्रममा बाटोमा एउटा भड्खालो आउँछ, गाडी रोकिन्छ। गाडीमा सवार मद्धे ८० जनाले ‘देख्दा देख्दै भड्खालो नपुरीकन अब गाडी अगाडी बढाउनु हुन्न’ भन्ने मत राख्दछन् भने २० जनाले ‘यात्रा रोक्ने हैन, अवरोध पार गर्न अघी बढ्नै पर्छ, अगाडी बढेपछी मात्र कस्तो समस्या हो थाहा हुन्छ अनि सरोकारवाला निकायहरु समस्या समाधानतर्फ लाग्नेछन्’ भन्ने तर्क राख्दछन्।

यदि यो अवस्थामा जानाजान अगाडी बढ्दा घाटा कसलाई ?
अवश्य पनि दुर्घटना हुँदा घाटा गाडी र त्यसमा सवार यात्रीहरुलाई नै हो। यातायात (अर्थ मन्त्रालय), रोड बिभाग (धितोपत्र बोर्ड), ठेकेदार (नेप्से) लाई यो दुर्घटनाले कुनै फरक पार्दैन। यस्ता दुर्घटना भनेको उनिहरुको लागी झिना मसिना कुराहरु हुन्। भोली दुर्घटनाको दोष सवारी चालक र यात्रुहरुकै टाउकोमा थोपरिने निश्चित छ।

तथ्यहरु :
– ब्रोकर, बैंक र डिम्याट खाताको ईन्टिग्रेसन नहुँदा नेपालको सेयर बजार पुर्ण अनलाईन भईनसकेको साथै कारोबारको लागी बैंक र ब्रोकर कहाँ पुग्नै पर्ने बाध्यता छ।

– घरमै बसेर अनलाईनबाट आफैले खरिद बिक्री गर्नु मात्र सेयर कारोबार हैन। यो त फोन गरेर ब्रोकरलाई खरिद र बिक्री आदेश दिनुको बिकल्प मात्र हो । म्यानुअल रुपमा हुँदै आएको सेटलमेण्टको लागी ब्रोकर कार्यालय र बैंक खुल्नु जरुरी छ जुन लकडाउनमा सँभव छैन।

– अहिले बजार अझै घटोस् र किन्नु पर्छ भन्ने दाउमा एकथरि त छँदैछन्। अर्कोथरि लगानिकर्तालाई सेयर खरिद भन्दा पनि बिक्री गर्न नपाउँदा समस्या भएको हुन सक्छ। अहिलेको अवस्थामा सबैभन्दा ठुलो नोक्सानी त सरकारलाई नै भएको छ। यदि कुनै उपाय लाग्थ्यो भने सुती सुती लगानिकर्ताबाट कर तथा बिभिन्न शिर्षकमा शुल्क असुल्न पाउने सरकार, धितोपत्र बोर्ड, नेप्से सिडिएस पक्कै पनि कारोबार बन्दको पक्षमा हुने थिएनन्।

– सम्बन्धित निकायको असक्षमताको कारण लाचार भएर कारोबार बन्द गर्नु परेको तथ्य जग जाहेर नै छ। यो जती ठुलो दवाब के चाहियो ? अनी प्रयोग (Experiment) गर्न को लागी हामी भँड्खालोमा जाकिएर बलीको बोको किन बन्ने ? हामी सँग यदि चुस्त त दुरुस्त प्रणाली हुँदो हो त सबै आर्थीक कृयाकलाप बन्द हुँदा हुँदै पनि अन्य मुलुकमा जस्तो दोस्रो बजारको सेयर कारोबार मज्जाले खुल्ला गर्न सकिन्थ्यो।

– पहिलो कुरा त अहिलेको अवस्थामा सेयर कारोबारको लागी सर्वप्रथम लकडाउनको बिकल्प आवश्यक छ। पुर्ण अनलाईन कारोबार प्रणाली दोस्रो कुरा हो, जसको लागी सम्बन्धित निकायसँग नैतकता छ भने अहिलेको कारोबार स्थगनले भारी पुग्ने गरी नैतिक दवाब परीसकेको छ ।

वि.सं.२०७७ वैशाख ७ आइतवार २०:२५ मा प्रकाशित

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...